Wednesday, October 31, 2018

संसदीय समितिले खोकना र बुङ्मतीमा फास्ट ट्रयाकको अनुगमन गर्ने

१४ कात्तिक, काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार काठमाडौं-निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताको मागको सुनुवाइ गर्न सोही क्षेत्रभित्र रहेको सो द्रुतमार्गको बुधबार स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

खोकना र बुङ्मतीका स्थानीय जनताले समितिमा उजुरी दिएपछि त्यसलाई सम्बोधन गर्न बुधबार सो द्रुतमार्गको ललितपुरस्थित पहिलोखण्ड अनुगमन गर्न जान लागिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

खोकना र बुङ्मतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए । सोही उजुरीलाई सम्बोधन गर्न आफूहरु सो क्षेत्र भित्रको द्रुतमार्गको स्थलगत अवलोकन गर्न जाने निर्णय लिइएको समितिकी सदस्य पम्फा भुसालले बताइन् ।

तर समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले भने सो द्रुतमार्गको स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा असहमति जनाएका छन् ।

उनले सो द्रुतमार्गका पीडितलाई नै समितिमै बोलाएर सुनुवाई गर्न सकिने धारणासमेत राखे । नेपाली सेनालाई नै समितिको बैठकमा बोलाएर द्रुतमार्गबारे विस्तृत जानकारी लिन सकिने समितिका सदस्य श्रेष्ठको भनाइ छ ।

नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग अन्तरगत ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताले जग्गाको उचित मुआब्जा नदिएको भन्दै सो सडकखण्ड निर्माणको काम अवरुद्ध गरिरहेका छन् । सो सम्बन्धमा स्थानीय जनताको गुनासो सुनुवाई गरी सरकारसँग सचेत गराउने समितिको योजना छ ।

Continue Reading…

उचित आहार, विहार र विचारः रोग एवं शोकबाट उन्मुत्ति पाउने तीन सूत्र

अस्पताल जाने कुराले तपाईं/हाम्रो मन थर्कमान हुन्छ । जब औषधीका गन्धहरु नाखमा ठोक्किन आइपुग्छ, अज्ञात त्रासले हामी भित्रभित्रै खुम्चन्छौं । हाम्रा शरीरबाट रगत निकाल्दा, दिसा-पिसाब-खकार जाँच गरिरहँदा, अन्य चेकअप गरिरहँदा अनेक शंका/उपशंका मनभित्र मडारिन थाल्छ ।

हामी सोचमग्न हुन्छौं, ‘कतै मलाई डरलाग्दो रोग त लागेको छैन ?’

अक्सर यस्तो आशंकाले मनको कुनामा सधै डेरा जमाएर बसेको हुन्छ । सामान्य दिनमा पनि हामीलाई बेलाबखत यही आशंकाले चिमोट्छ, ‘मलाई डरलाग्दो रोग त लागेको छैन ?’

जब रोग लाग्छ, हाम्रो शरीर गल्न थाल्छ । हामी थलिन्छौं । रोगको निदान होला नहोला ? त्यो प्रश्न एकातिर ज्यूँको त्यूँ हुन्छ । अर्कोतिर रोगले दिने पीडा । हाम्रा पूर्खाहरुले त्यसै भनेका होइनन्, ‘सबैभन्दा ठूलो सत्रू भनेकै रोग हो ।’

रोग लागेपछि न रिसाएर हुन्छ, न बदला लिएरै । चुपचाप उपचार गराउनुको विकल्प हुँदैन । यस्तो अवस्थामा कति पैसा खर्च हुन्छ, परिवारले कति मानसिक तनाव झेल्छ त्यसको कुनै लेखाजोखा हुन्न । त्यसै रोगी जीवन विताउनु जति ठूलो सजाय अरु केही हुँदैन ।

रोगी भएर बाँच्नुलाई जीवन नभई पीडाको एक अवस्थाको रुपमा लिने गरिन्छ ।

हामी किन रोगी छौं ? के हिजो हाम्रो पिता-पूर्खाहरु पनि यस्तै रोगको चंगुलमा फसेर बाँचेका थिए ?

हिजो र आजको परिस्थिती फरक छ । हिजोको हावापानी र आजको हावापानी नै फरक छ । हिजो वायुमण्डलमा शुद्ध हावा चल्थ्यो, आज वायुमण्डलमा धुलो-धूँवा मिसिएको छ । हिजो प्रांगरिक खानेकुरा उब्जाउ हुन्थ्यो, आज खानेकुरामा रासयनिक मलखाद-विषादी मिसिएको छ । हिजो शारीरिक श्रम अनिवार्य थियो, आज सुविधाभोगी जीवन बाँचिरहेका छौं ।

हामीले सास फेर्ने हावा, हामीले खाने खानेकुरा नै आज हाम्रो शरीरको लागि रोगको स्रोत बनिरहेको छ । यो जटिलताबाट कसरी उम्कने त ? रोगै-रोगको स्थितीबाट कसरी उन्मुक्ती लिने ? कसरी स्वस्थ्य जीवन विताउने ? कसरी निरोगी रहने ? कसरी तन्दुरुस्त रहने ?

स्वस्थ्य रहनका लागि संयमित र सन्तुलित दिनचर्याको खाँचो हुन्छ । आर्युवेदले निरोगी जीवनको तीन सूत्र बताएका छन् । एक, उचित आहार । दुई, उचित विहार । तीन, उचित विचार ।

उचित आहार

आहार अर्थात खानपान । हामी खान नजानेर रोगी हुन्छौं । बाँच्नका लागि खाना अनिवार्य छ । तर, कस्तो खाना ?

जिब्रोलाई लोभ्याउने खानाले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने छैन । र, स्वास्थ्यका लागि जुन खानेकुरा हितकर हुन्छ, त्यसले जिब्रोको तलतल मेट्छ भन्ने पनि छैन । त्यसैले जिब्रोको मर्जी अनुसार होइन, शरीरको आवश्यक्ता अनुसारको खानपान गर्नुपर्छ ।

–     खाना खाने तालिका नियमित हुनुपर्छ । विहानको नास्ता अर्थात ब्रेकफास्ट, मध्यन्ह, अपरान्ह र साँझ । संभव भएसम्म दिनमा पाँच पटक खाना खानु उत्तम हुन्छ । तर, बिहान धेरै र त्यसपछि क्रमस कम गर्दै जानुपर्छ ।

–     जापानी भनाई छ, बिहानको खाना आफु खानु । दिउसोको खाना साथीसँग बाढेर खानु । रातीको खाना सत्रुलाई दिनु । यसको अर्थ के भने, बिहानको खाना शरीरका लागि जति आवश्यक हुन्छ, साँझ वा रातीको खाना उत्तिकै अनावश्यक ।

–     सूर्योअस्तपछि खाना खानु राम्रो मानिदैन । त्यसपछि खाएको खानालाई विष समान मानिन्छ ।

–     खाना सुपाच्य र सात्विक हुनुपर्छ । संभव भएसम्म मासुजन्य खानेकुरा सेवन गर्नु हुँदैन । सजिलै पच्ने खानाले पाचन यन्त्रलाई बलियो बनाउँछ । कलेजो, मिर्गौला जस्ता अंगको कार्य-संचालन सहज हुन्छ ।

–     खानामा सन्तुलन आवश्यक हुन्छ । अर्थात सन्तुलित भोजन गर्नुपर्छ । आर्युवेदले खानाको स्वादलाई ६ प्रकारमा विभाजन गरेको छ । गुलियो, अमिलो, नुनिलो, पिरो, तितो, टर्रो । यी सबै स्वाद शरीरका लागि आवश्यक हुन्छ, तर सन्तुलन मिलाएर ।

–     खाना खाने भनेको जिब्रोको तलतल मेट्न, पेट भर्न वा रमाइलो गर्न होइन । बरु शरीरलाई जागा, तन्दुरुस्त, जवान, उर्जावान्, निरोगी राख्न हो । यसका लागि त्यही खाना खानुपर्छ, जसमा शरीरलाई आवश्यक पोषक तत्व पाइन्छ ।

–     कतिपय खानेकुरा आपसमा मिसाएर सेवन गर्दा थप गुणस्तरिय हुन्छ । जस्तो ग्रीन टिमा मह, दुधमा सख्खर । तर, कतिपय खाना आपसमा मिल्दैन । आपसमा नमिल्ने बिजातिय खानेकुरा सेवन गर्दा त्यो विषालु बन्छ ।

–     बासी, तारेको-भुटेको, पटक पटक पकाएको खानेकुरा सेवन गर्नु स्वास्थ्यलाई दुख दिनु हो ।

–     खानेकुरा सेवन गर्दा पलेंटी कसेर, हातले खानु राम्रो मानिन्छ । यो हाम्रो परम्परागत शैली हो । यसरी खानेकुरा सेवन गर्दा पेटलाई आवश्यक खानेकुरा खाइन्छ ।

–     खानेकुरा खाइरहँदा शान्त, कृतज्ञ र खुसी भएर खानुपर्छ । विस्तारै चपाएर खानेकुरा सेवन गर्नु राम्रो मानिन्छ ।

–     संभव भएसम्म आफैले उत्पादन गरेको खानेकुरा, आफैले पकाएर सेवन गर्नु राम्रो मानिन्छ ।

–     मौसम अनुकुल खानेकुरा खानुपर्छ, मौसमी तरकारी, फलफूल सेवन गर्नुपर्छ । बेमौसमी वा अप्राकृतिक ढंगले उत्पादन गरिएको खानेकुरा त्यती लाभदायक हुँदैन ।

उचित विहार

विहार जसले यात्रा भन्ने अर्थ लगाउँछ । यहाँ यसलाई दिनचर्या भनेर संकेत गरिएको छ । विहान उठेदेखि राती सुत्नेबेलासम्मको अवस्था र गतिविधि कस्तो हुनुपर्छ भन्ने कुरा यस अन्र्तगत पर्छ ।

स्वास्थ्य जीवनयापनका लागि आफुले कस्तो दिनचर्या अपनाइन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुन बेला उठ्ने, कुन बेला खाने, कुन बेला सुत्ने मात्र होइन, कसरी खाने, कसरी सुत्ने भन्ने कुरा पनि हाम्रो दिनचर्यामा समेटिएको हुन्छ । अतः संयमित र सन्तुलित दिनचर्याले हामीलाई निरोगी र उत्साहित जीवन बाँच्न सघाउँछ ।

-बिहान सूर्योदयअघि उठ्नु राम्रो मानिन्छ । सूर्योदयअघि उठ्दा वायुमण्डलमा सफा एवं स्वच्छ हावा चलिरहेको हुन्छ । रातभर विश्राम गरेको हामी जब यस्तो सास फेर्न पुग्छौं, त्यसले शरीरमा बेग्लै ताजगी दिन्छ ।

–     हाम्रो दिनको सुरुवात तब राम्रो हुन्छ, जब हामी सूर्योदय हेरेर आनन्दित हुन्छौं । सूर्योदयअघि वहने वायुको स्पर्श अनुभूत गर्छौ ।

–     विहान उठेपछि मनलाई एकाग्र, शान्त र सकारात्मक तुल्याउनुपर्छ । यसैका लागि मन्त्रोच्चारण गर्ने गरिन्छ ।

–     उठ्नसाथ मनतातो पानी पिउनुपर्छ, यसले शरीरभित्रको अंगलाई सक्रिय बनाउँछ । पाचन यन्त्रलाई बलियो बनाउँछ ।

–     बिहानको सूर्य स्नान अर्थात सनबाथ लिनु राम्रो मानिन्छ, यसबाट शरीरमा भिटामिन डि प्राप्त हुन्छ ।

–     पानी पिइसकेपछि अनिवार्य रुपाम शौच क्रिया गर्नुपर्छ । मनका विकार हटाए झै शरीरका विकार पनि त्याग्नुपर्छ । दिसा-पिसाब गरेर शरीर हल्का भएपछि व्यायाम गर्ने, टहल्ने, योगा गर्ने, प्राणायाम गर्ने अभ्यास गर्नुपर्छ ।

–     व्यायाम गरिसकेपछि नुहाउनुपर्छ । तर, व्यायाम गरे लगत्तै नुहाउनु राम्रो मानिदैन । केही क्षण शरीर शान्त भएपछि नुहाउनुपर्छ ।

–     नुहाउँदा टाउकोबाट सुरु गर्नु राम्रो मानिन्छ, यसले रक्त प्रवाहमा राम्रो प्रभाव पार्छ ।

–     नुहाइसकेपछि अनिवार्य नास्ता लिनुपर्छ । विहानको नास्ता पोषिलो, ताजा, सुपाच्य हुनुपर्छ । फलफूल, दुध, सलाद, ग्रीन टि, जुस आदि नास्ताको रुपमा लिन सकिन्छ ।

–     विहानको समय आफ्नो लागि खर्चिएपछि दिनभर आफ्नो पेशा, उद्यम, व्यवसाय जे छ, त्यसमा खट्नुपर्छ । भनिन्छ, उद्यम विना जसले समय विताउँछ, उसको जीवन मरेतुल्य हो । त्यसैले दिनभर केही न केही सार्थक काम गर्नुपर्छ । श्रम गर्नुपर्छ ।

–     आफ्नो कार्यथलोमा काम गरिरहँदा पानी पिउने, निश्चित समयमा केही खाने गर्नुपर्छ ।

–     लामो समयसम्म एकै स्थानमा बसेर काम गर्नु हुँदैन । पन्ध्र-बिस मिनेटको अन्तरमा उठ्ने, जिउ तन्काउने, हिँड्ने गर्नुपर्छ ।

–     काम गरिरहेकै अवस्थामा लामो एवं गहिरो सास लिने अभ्यास गरिरहनुपर्छ ।

–     काम यस्तो गरौं, जसले आफुलाई सन्तुष्ट बनाउँछ । कुकर्मले कहिले पनि सन्तोष दिदैन ।

–     अरुलाई झुक्याएर, छलेर, ढाँटेर कमाएको धनले खुसी लुट्छ । त्यसैले सकारात्मक, सार्थक काम गरौं ।

–     कुनैपनि काम थाँती नराखौं । समय र सामथ्र्यले भ्याएसम्म आफ्नो काम सम्पन्न गर्नुपर्छ ।

–     साँझ सूर्योअस्तअघि खानपान गरिसक्नुपर्छ । खाना खाएको तीन घण्टापछि सुत्नुपर्छ । सुत्नुअघि सकारात्मक भाव जगाउनुपर्छ ।

–     सुत्दा खुला वा सजिलो ढंगले सुत्नुपर्छ । कुप्रो परेर, खुम्चिएर, घोप्टिएर सुत्नु राम्रो होइन ।

उचित विचार

निरोगी, तन्दुरुस्त र खुसी हुनका लागि खानपान, दिनचर्यामा मात्र ध्यान दिएर पनि पुग्दैन । हाम्रो सोंच-चिन्तनले पनि यसमा प्रभाव पार्छ । हामी कस्तो सोच्छौं, कसरी सोच्छौं भन्ने कुराले हाम्रो शरीरलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

–     सकारात्मक सोंच, चिन्तनले हामीलाई सधै जोशिलो र उर्जावान राख्न मद्दत गर्छ ।

–     मनमा अनेक विकार हुन्छन्, जसरी शरीरमा हुन्छ । मनको विकारलाई नपखालेसम्म शरीर चंगा हुँदैन ।

–     दम्भ, लोभ, रिस, इष्र्या, ग्लानी, वासना जस्ता विकार त्याग्नुपर्छ ।

–     अपेक्षाले मनलाई दुखी बनाउँछ । कुनैपनि कुराको अपेक्षा गर्ने होइन, बरु आफुले अरुको खातिर के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।

–     अरुको कारण अफु दुखी भइएला कि भनेर होइन, आफ्नो कारले अरुलाई दुख होला कि भनेर सोच्नुपर्छ, मनमा खुसी मिल्छ ।

–     प्रकृति, वातावरण, साथीभाई, आफन्त सबै छन् र हामी बाँचेका छौं भनेर कृतज्ञ हुनुपर्छ ।

–     सकारात्मक सोंच, विनयी एवं विनम्र भावले हामीलाई कहिल्यै दुखी बन्न दिदैन ।

–     पछिल्लो समय रोगको जड बनेको छ, तनाव । तनाव त्यही कुराले पैदा हुन्छ, जो हामीभित्र विकारको रुपमा रहेको छ । दम्भ, प्रतिसोध, इष्र्या आदिले तनाव पैदा गर्छ ।

–     संसारमा जे, जति मान्छे छन्, सबैलाई तनाव हुन्छ । तर, त्यसलाई कसरी लिने भन्ने कुरा आफुमा निर्भर हुन्छ । तनावलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।

Continue Reading…

तिहारमा देशभर विजुलीको कुनै समस्या छैनः विद्यत् प्राधिकरण

१४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा विजुलीको कुनै अभाव नहुने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताए ।

‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’ उनले भने,’विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’

उनले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वास्त पारे ।

यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने बताएको छ ।

‘१२७० मेगावाटको माग पनि हामीले गरेको अधिकतम् अनुमान हो । १२ सय मेगावाट पनि कट्ला कि नकट्ला’ उनले भने,’यो वर्षको तिहार गत वर्षहरुको भन्दा निकै कम्र्फटेबल छ ।’

Continue Reading…

Kathmandu-Nijgadh Fast-track: Parliamentary committee to visit Khokana, Bungmati sections

Kathmandu, October 31

Members of Parliament’s State Affairs and Good Governance Committee are to visit the Khokana and Bungmati sections of the Kathmandu-Nijgadh Fast-track, a strategically important road that will connect Kathmandu with the Terai.

A meeting of the committee on Wednesday decided to undertake the visit to address issues raised by local residents of the two areas. According to the committee, local residents have filed complaints saying that their voices have not been heard during the construction process.

“The people of Khokana and Bungmati have said  they have not received adequate compensation for their land. We are going there to ssee what’s going on,” a member told Onlinekhabar.

Krishna Gopal Shrestha, a lawmaker from the Nepal Communist Party, has opposed the idea of visiting the sites. The local people and  officials from the Nepali Army should be invited to the committee’s office, he is learnt to have said during Wednesday’s meeting.

Continue Reading…

Pak grateful to Nepal for support in difficult times: Envoy

Kathmandu, October 31

Ambassador of Pakistan to Nepal, Mazhar Javed says that the government and people of Pakistan are grateful to Nepal for its support and cooperation in difficult times.

Javed, who was speaking at a programme at the Pakistani Embassy on ‘Jammu and Kashmir Dispute and Recent Escalation in HR Violations’, added that the ties between the two countries were strong, not only at the governmental level but also at the people’s level.

“Both Pakistan and Nepal have adopted the policy of non-interference in each other’s internal affairs,” he said.
The Pakistani ambassador reiterated that the Jammu-Kashmir dispute should be resolved by means of a referendum.

Continue Reading…

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा बुधवार पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उनले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताए ।

प्रकृति र संस्कृतिले भरिपूर्ण पोखरा वरपरका हिमशृृङ्खला, तालतलैया, गुफालगायतका सम्पदाले यहाँको पर्यटकीय आकर्षण बढाएको बताउँदै यिनीहरूको संरक्षण र उपयोगमा सरकार लाग्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारी, बोर्डको पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, आइडिया इनोभेसनका कार्यकारी प्रमुख कविराज जोशी, बोर्डको पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीपराज गैरे लगायतले पोखरा र आसपासका पर्यटकीय सम्भावना लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

Continue Reading…

जम्मु-काश्मिर समस्या समाधान गर्न जनमतसङ्ग्रह होस् : पाकिस्तानी राजदूत

काठमाडौं । भारतको नियन्त्रणमा रहेको जम्मु-काश्मिरमा भइरहेको राजनीतिक समस्या समाधान गर्नका लागि उक्त क्षेत्रमा जनमतसंग्रह हुनुपर्ने नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले माग गरेका छन्।

पाकिस्तानी राजदूतावासमा बुधबार ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा राजदूत जावेदले संयुक्त राष्ट्रसंघको निगरानीमा उक्त क्षेत्रमा जनमतसंग्रह हुनुपर्ने माग गरेका हुन्। उनले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहोर्‍याएका हुन्।

राजदूत जावेदले  कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताए। उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए। राजदूत जावेदले भने, ‘दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन्।’

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए। पत्रकार राजनसिंह कार्कीले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाउँदै काश्मिर समस्याको समाधानको निर्णय गर्ने अधिकार काश्मिरी जनतालाई नै दिनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा विश्वासमोहन आचार्यले विश्वशान्तिको कामना गर्दै कविता वाचन गरेका थिए।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog