Showing posts with label nepalnews. Show all posts
Showing posts with label nepalnews. Show all posts

Tuesday, August 20, 2019

सुदूरपश्चिममा गौरामा सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।

गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।

Continue Reading…

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।

काँग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो । बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । ती मध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् ।

असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो । यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

Continue Reading…

नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को दरखास्त माग गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो। विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ।

त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।

सूचना:

Continue Reading…

२६ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं । चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि अझै २६ वटा स्थानीय तह बजेटविहीन छन् । तिनीहरुले नगररगाउँपालिकाको सभामा बजेट पेश गरेका छैनन् ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालीका र नगर कार्यपालीकाले आगामी आवका लागि असार महिनाको १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँर नगरसभामा पेश गरी स्वीकृत भएपछि मात्रै खर्चनुपर्ने कानुनी व्यवस्था भएपनि २६ वटा स्थानीय तहले यस विपरितका कार्य गर्दै आएका छन् ।

प्रदेश नं १ र कर्णाली प्रदेशका सबै स्थानीय तहले बजेट ल्याइसकेपनि अन्य प्रदेशका केही स्थानीय तहले बजेट ल्यान नसकेका हुन् ।

यो समाचार कारोबार दैनिकमा भगवान खनालले लेखेका छन् ।

Continue Reading…

१६ सचिवको सरूवा, ४ सहसचिवको सचिवमा बढुवा

काठमाडौँ । सरकारले १६ सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयमा रहेका सचिवहरूलाई हेरफेर गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा। हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय, जनसङ्ख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालय, पर्यटन सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ।

सरकारले सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा ल्याएको छ भने सिँचाई मन्त्रालयका सचिव डा। सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रका माधव वेल्वासेलाई खाने पानी मन्त्रालय, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालय र भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ ।

सरकारले लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरिएको छ भने उनको ठाउँमा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई ल्याएको छ ।

त्यस्तै प्रदेश ५ का प्रमुख सचिव डा। तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सरकारले रिक्त ४ सचिव पदमा वरिष्ठ सहसचिवलाई बढुवासमेत गरेको छ । बढुवा हुने सहसचिवहरूमा तोयम राय, तोयनारायण ज्ञवाली, रविन्द्र श्रेष्ठ र शिव हरी शर्मा रहेका छन् ।

सरकारका मन्त्रीहरुले केही दिन अघि मात्रै सचिवहरुसँग चालू आर्थिक वर्षका लागि कार्य सम्पादन मूल्याँकन सम्झौता गरेका थिए तर सम्झौताको मसिसमेत राम्ररी सुक्न नपाउँदै सचिवहरुको सरुवा गरिएको छ ।

Continue Reading…

त्यो बेला ओलीविरुद्ध प्रचण्ड र वामदेवको अविश्वास प्रस्ताव नेपालले रोके

काठमाडौं । ‘केपी ओलीको दादागिरी अति भयो । संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर फालिदिऊँ भन्दा माधव नेपाल मान्दैनन् । प्रचण्ड त तयार नै छन् ।’ नेकपा सचिवालय सदस्य वामदेव गौतम आफू भूमिकाविहीन हुँदा तीन महिनाअघि एक जिल्ला नेतासँग आफ्नै निवासमा यसरी गुनासिएका थिए । उनले भनेका थिए, ‘ओलीलाई दलको नेताबाट हटाउनुपर्छ । माथिदेखि तलसम्म सर्लक्क टिम बनाएर जानुपर्छ भन्ने मेरो कुरा हो । यसमा प्रचण्ड तयार छन् तर माधव नेपाल मान्दैनन् ।’

त्यस बेला ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा थिए गौतम । एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट आफैंले शक्तिशाली बनाएका ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट च्यूत गराउन चाहन्थे । ओलीले महाधिवेशनअघि गरेको वाचा पूरा नगरेको र निर्वाचनमा आफूलाई हराउन भूमिका निर्वाह गरेको भन्दै उनी आक्रोशित थिए । उनले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद ओलीले छाड्नुपर्ने फरक मतसमेत राखेका थिए ।

उनै गौतम तीन महिना नपुग्दै सर्लक्क फर्किएर ओलीका विश्वासपात्र बनेका छन् । उनलाई पदमाथि पद थपिँदै छ । उनले एक व्यक्ति एक पदको फरक मत चटक्कै बिर्सिएका छन् । उनी ओलीकै काँधमा चढेर शक्तिशाली बन्न लागेका छन् । ‘वामदेव अस्थिर नेता हुन् । व्यवहारअनुसारको गतिविधि बेला–बेला देखिन्छ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘त्यो बेला माधवसँग मिलेर ओलीलाई सिध्याउन चाहन्थे । माधवले साथ दिएनन् । यो बेला ओलीसँग मिलेर माधवलाई सिध्याउन खोजेका छन् ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीको विकल्प खोज्नुपर्नेमा सहमत थिए । संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने वामदेवको योजनामा उनको साथ थियो । प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउनुपर्ने जिकिर गर्दै उनले सार्वजनिक अभिव्यक्ति दिइरहेका थिए ।

‘ठीक त्यही बेला अविश्वासको प्रस्ताव ल्याऊँ भन्दै प्रचण्ड र वामदेव माधव नेपालकहाँ पुगेका थिए’, वरिष्ठ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘अहिले नै सरकारको विकल्प खोज्ने बेला भएको छैन, म यो कार्यमा लाग्दिनँ भन्ने जवाफ नेपालबाट आयो ।’ नेपालले साथ नदिएका कारण ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड र वामदेवको योजना विफल भएको थियो ।

जानकारका अनुसार प्रचण्ड र वामदेव अस्थिर चरित्र भएका नेता हुन् । उनीहरू जति बेला जे निर्णय पनि गर्न सक्छन् । तर, नेपाल नेपाली राजनीतिमा अरबी घोडा हुन् । उनको रफ्तार एकसाथ चल्ने गर्दछ । त्यही कारण उनले प्रचण्ड र वामदेवको योजना अस्वीकार गरे । त्यसपछि नेकपाको सम्भावित दुर्घटना टरेको थियो ।

आइतबारको सचिवालय बैठकसम्म आउँदा प्रचण्ड र गौतम ९० डिग्रीको कोणमा परिवर्तन भइसकेका छन् । ओलीको उत्तराधिकारी बन्न उनीहरू हतार देखिएका छन् । ओलीले पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिएको माधवको गुण बुझेर पनि नचिनेको चर्चा चल्न थालेको छ । प्रचण्ड र गौतमको प्रस्तावमा नेपाल सहमत भइदिएको भए नेकपा एकता भताभुंग भइसकेको हुन्थ्यो । नेकपाको एकतालाई बचाउन नेपालले ठूलो योगदान दिएको नेताहरू बताउँछन् । तर, उनलाई ‘कर्नर’ पारिएको छ । । सचिवालय बैठकले नेपाललाई वरीयतामा घटुवा गरेको छ । झलनाथ खनाललाई बढुवा गरिएको छ ।

‘वरिष्ठ नेता नेपाल कर्नर पर्नु भनेको कमजोर हुनु होइन’, नेपालनिकट एक नेताले भने, ‘नेपालका लागि शक्ति निर्माण गर्ने सुनौलो अवसर पनि आएको छ । त्यो अवसर सायद नेपालले गुमाउनु हुन्न ।’

Continue Reading…

सर्वदलिय बैठकमा प्रधानमन्त्रीको निस्कर्ष : विप्लव र राजाबादीबाट शासन प्रणालीमाथी खतरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासन प्रणालीमा प्रतिबन्धित विप्लव समुह र पूर्वराजा ज्ञानेन्द्र शाहबाट खतरा रहेको बताएका छन् । सरकार गठन भएको १८ महिनापछि पहिलो पटक सर्वदलिय बैठक बोलाएका प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता र संविधानमाथि पूर्वराजाबादी र विप्लव समुहबाट खतरा रहेको बताए । गणतन्त्र, संघीयता र संविधानमा खतरा भएका कारण प्रमुख राजनीतिक दलहरु एकतावद्ध हुनु प्रधानमन्त्री ओलीले आग्रह पनि गरेका छन् ।

‘यतिबेला दक्षिणपन्थी र उग्रबामपन्थीको स्वर चर्काे हुँदै गएको छ,  शासन प्रणालीमाथी धावा बोल्ने काम पनि हुन थालेका छन्’, ओलीले सर्वदलिय बैठकमा भने ‘गणतन्त्र, संघीयताका लागि लडेका दलहरु अब एक ठाउँमा फेरी आउनु पर्दछ ।’ सर्वदलिय बैठकमा राजावादी र नेकपा विप्लव समूहप्रति आक्रमक देखिएका प्रधानमन्त्रीले संविधानको रक्षाका लागि सवै दललाई एक ठाउँमा उभिन आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

‘प्रतिगमनकारीहरुले चर्को स्वर गरेका छन् । लोकतान्त्रिक व्यवस्थामाथि नै आक्रमण हुन थालेको छ । बढी छुट दिएर हो कि ?’ भन्दै सर्वदलिय बैठकमा आफ्ना धारणा राखेका थिए । प्रगतिगमन सन्निकट आइसक्यो भन्ने बिषयमा भने प्रधानमन्त्री नरहेको श्रेष्ठले बताए ।
बैठकमा सहभागी कांग्रेस सभापति शेरबहदुर देउवा र राजपा नेताहरुले पनि संविधानको रक्षाका लागि एकतावद्ध रहेको बताएका थिए । ‘देउवा र अरुले पनि गणतन्त्र, संघीय लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्ने प्रश्नमा एकतावद्ध छौं । यसमा प्रहार भयो भने सहन गर्दैनौं भन्ने जवाफ दिनुभयो ’ प्रवक्ता श्रेष्ठले भने ।

Continue Reading…

Monday, August 19, 2019

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताए । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उनले भने ।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएका बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौता पनि फलदायी हुने विश्वास व्यक्त गरे । सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुरा समेटिएका छन् । एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सात कार्य शर्तहरु र २२ कार्यसम्पादन लक्ष्य तथा सूचक रहेका प्रहरी महानिरीक्षक खनालले बताए ।

Continue Reading…

पेनाल्टीमा चुक्दा युनाईटेडको बराबरी

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । युनाइटेडले शुरुवाती अग्रता र पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टोली वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मार्सियलले उनले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए ।

दोस्रो हाफमा शुरुवाती समयमौ घरेलु टोलीले खेललाई बराबरीमा ल्याउन सफल भयो । ५५औं मिनेटमा रुवेन नेभेसले जाओ मौटिन्होको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा युनाइटेडले खेलमा अघि बढ्ने अवसर पाएको थियो । रायन बेन्नेटलले मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा पल पोग्वा चुकेका थिए । पोग्वाको प्रहार वल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले बचाए ।

अघिल्लो खेलमा चेल्सीलाई ४–० ले पराजित गरेर हौसिएको युनाइटेडले वल्भ्सलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा अंक बाड्न बाध्य भए ।

Continue Reading…

सिटिजन्स बैंकमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।  बैंकले मंगलबार एक सूचना प्रकाशित गरी ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेको उम्मेदवारले अगस्ट २७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सूचनामा उल्लेख गरिएको छ।

सूचना हेर्नुहोस्ः

Continue Reading…

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । लामो समयदेखि संसदमा प्रतिनिधित्व गर्ने दलहरु बीच त्तिक्ततार सम्वादविहिन भइरहेका बेला प्रधानमन्त्री ओली सर्वदलीय बैठक बोलाएका हुन् ।

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको उनको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनको सचिवालयले बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन ।

खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ । आइतबार मात्रै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताएका थिए। त्यही मन्तब्य अनुसार प्रधानमन्त्रीले अपरान्ह ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय बैठक बोलाएको बुझिएको छ ।

संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल रहेका छन् ।

Continue Reading…

कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं । निजामति कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ ।

संघीय निजामती सेवाका गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो ।
अहिले उमेर हद ५८ वर्ष रहेको छ। विधेयक संसदमा दफादार छलफलको अन्तिम अवस्थामा पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

Continue Reading…

पारसको जवाफः छोराको फेसमा प्रहरीले डण्डा देखाएपछि मेरो मुड खराव भयो

काठमाडौं । पूर्वयुवराज पारस शाहले त्रिभूवन अन्तराष्टिय विमान स्थलमा भएको घटनाका बिषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । सुरक्षा जाँचमा रहेका प्रहरीलाई पारसले दुब्र्यबहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

आफ्नो छोरालाई सुरक्षा जाँचमा रहेका प्रहरीले डण्डा देखाएपछि आफु आवेगमा आएको उनले स्वीकार गरेका छन् । ‘छोरालाई डण्डा देखाएपछि मैले प्रहरीलाई धक्का दिएको हुँ । जो मेरा लागि सह्य हुन सकेन’, उनले सामाजिक सञ्जालबाट भनेका छन् ‘मेरो आमालाई बैंकक पठाउन म विमान स्थल पुगेको थिँए, त्यहाँ मेरो छोराको फेसमै प्रहरीले डण्डा देखाए, मेरो मुड खराव भयो । मेरो ठाउँमा बसेर हेर्नुहोस्, आफ्ना बालबालिकाका लागि जे गर्नु पथ्यो मैले त्यही गरेँ, बाँकी मुल्यांकन नेपाली जनताको हातमा ।’

उनले आफ्नो छोराको फेसमै प्रहरीले डण्डा देखाएको बताएका छन् । डिउटीमा रहेका प्रहरीले डण्डा देखाएको बताएपनि भिडियो भने डण्डा देखाएको देखिदैन । जाँच गर्न लागेका बेला पारसले धक्का दिएका थिए ।

उनले आफ्नो आमा बैंकक जाने बेला आफु उनीहरुलाई पठाउन विमानस्थल पुगेको बताएका छन् । विमानस्थलमा प्रहरीले छोरोका फेसमा भण्डा देखाएपछि आफ्नो मुड खराव भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार प्रहरीलाई धकेलेको भिडियो सार्वजनिक भएपछि पारसलाई कारवाही गर्न माग गरिएको थियो । महानगरीय प्रहरीले छानविन थालेका बेला पारसले आफ्नो प्रतिक्रिया दिएका छन् ।

Continue Reading…

भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

काठमाडौं । बुद्ध जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् ।

कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ ।

यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्तिकेन्द्र रिझाउन हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तीको असर कर्मचारी चयनमा पर्ने गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा माधव ढुंगानाले लेखेका छन् ।

Continue Reading…

कृषि विकास बैकको परिक्षा तालिका सार्वजनिक, कुन पदको परिक्षा कहिले (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले कृषि विकास बैकको अन्तरिक तथा खुल्ला प्रतियोगितात्मक परिक्षाको कार्य तालिका सार्वजनिक गरेको छ ।

गएको असार ३१ गते प्रकाशित विज्ञापनको लोक सेवाबाट निर्धारण भए अनुसार नै परिक्षा सञ्चालन गरिने बैकले एक सूचना निकाल्दै जनाएको छ । परिक्षा आगामी कात्तिक १ देखि २४ गते सम्म सञ्चालन गरिने भएको छ ।

परिक्षाको परिक्षा भवन भने पछि निर्धारण गरिने सूचना उल्लेख गरिएको छ ।

सूचना:

Continue Reading…

विप्लवको आधार इलाकामा मुख्यमन्त्रीको धावा, पहिले बम विस्फोट पछि फुलको माला

कालिकोट । प्रतिबन्धित विप्लव नेकपाको आधार इलाकामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले धावा बोलेका छन् । एक सातादेखि गृहजिल्ला कालिकोटमा रहेका मुख्यमन्त्री शाही सरकार र पार्टी काममा मात्र सक्रिय छैनन, भूमिगत राजनीतिक गरिरहेका विप्लव नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश समेत गराइरहेका छन् ।

विप्लव नेकपाले मुख्यमन्त्री शाहीलाई गृहजिल्ला कालिकोट आउन प्रतिबन्ध लगाएको थियो । आफ्नो आधार इलाकामा आउँदा अनुमति लिनुपर्ने भन्दै विप्लव समुहले बम विस्फोट गराएको थियो । तर मुख्यमन्त्री शाही मोटरसाइकल चढेर कालिकोटका विकत बस्तीमा पुगे । विप्लवको आधार इलाकामा पुगेर विप्लवकै नेतालाई सत्तारुढ दल नेकपामा प्रवेश गराएका छन् । पहिले बम विस्फोट गराउने विप्लव नेताले पार्टी परित्याग गर्दै मुख्यमन्त्रीको हातबाट फुलको माला लगाउन थालेका छन् ।

मुख्यमन्त्री शाही नेकपा जिल्ला इन्चार्ज पनि हुन् । उनले पार्टी र सरकारको काम एकै पटक गरिरहेका छन् । विकत बस्तीमा पुगेर विकासका बारेमा छलफल गरिरहेका छन् भने जिल्लामा पार्टीको बैठक पनि सम्पन्न गरेका छन् । सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकमा विप्लवका जिल्ला सचिवालय सदस्य लगायतका नेताकार्यकर्तालाई प्रमुख सत्तारुढ दल नेकपामा प्रवेश गराएको उनका प्रेस सल्लाहकार धुव बुढाथोकीले बताए । विप्लव नेकपाका जिल्ला सचिवालय सदस्य कालीवहादुर महतारा, रुपेन्द्र ऐडि र राप्रपाकी मधुकुमारी शाहीले पार्टी परित्याग गरेका छन् । विप्लव र राप्रपाबाट आएकाहरुलाई क्षमताअनुसार जिम्मेवारी दिने बचन मुख्यमन्त्री शाहीले दिएका छन् ।

पार्टी प्रवेश पछि विप्लवका जिल्ला सचिवालय सदस्य कालीवहादुर महताराले हिंशात्मक राजनीतिको कुनै अर्थ नभएको भन्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्दै समाजवाद निर्माणको वाटोमा अगाडि वढ्ने प्रतिबद्धता जनाए । उनले विप्लवको राजनीतिक लाईन अस्पष्ट र दिशाहीन रहेकोले कुनै भ्रममा नपर्न आग्रह पनि गरे ।

Continue Reading…

नेकपामा नयाँ समीकरण, को कता ?

काठमाडौं । सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ।

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ।

सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्। नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ।

Continue Reading…

Sunday, August 18, 2019

भगौडा सैनिकलाई जेल हाल्दा विरोध !

काठमाडौं । सशस्त्र द्वन्द्वमा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादीमा लागेकाहरुलाई सैनिक अदालतले जेल सजाय गर्न थालेकोप्रति सत्तारुढ नेकपाले गम्भीर असन्तुष्टि जनाएको छ ।

पार्टीका प्रमुख सचेतक देव गुरुङले आइतबार प्रतिनिधिसभामा गोरखा आरुघाट ९ का शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष जेल सजाय सुनाएकामा विरोध जनाए । उनले यो कदम संविधान र शान्ति सम्झौताविपरित भएको दाबी गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog