Showing posts with label nepal news. Show all posts
Showing posts with label nepal news. Show all posts

Saturday, September 22, 2018

कार्डिफमाथि म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले कार्डिफलाई ५–० गोल अन्तरले हराएको हो ।

कार्डिफको घरेलु मैदानमा भएको खेलमा सिटीले ३२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाछ अग्रता लिएको थियो । त्यसका तीन मिनेटपछि नै बर्नान्डो सिल्भाले गोल गरे ।

खेलको ४४ औं मिनेटमा गुन्डोगनले गोल गरेपछि पहिलो हाफमा सिटी ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा भने रियाद महरेज चम्किए ।

खेलको ६१ औं मिनेटमा एग्युरोको स्थानमा मैदान प्रवेश गरेका उनले ६७ र ८९ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै म्यानचेष्टर सिटी ६ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

०००

प्रिमियर लिगमा लिभरपुलको अर्को जित
६ असोज, काठमाडौं । साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हराएको हो ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले अग्रता भने उपहार गोलबाट लिएको थियो । राकिरीको क्रस शेन लङ हुँदै वेस्ले होड्टसँग ठोक्किएर आत्मघाती गोल बन्यो ।
खेलको २१ औं मिनेटमा जोन माटिपले लिभरपुलले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा मोहम्मद सहालले गोल गरे ।
दोस्रो हाफमा भने साउथह्याम्पटनले सुधारिएको खेल प्रदर्शन ग¥यो तर, घरेलु टोलीविरुद्ध गोल फर्काउन सकेन ।
जितसँगै लिभरपुल १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Continue Reading…

प्रिमियर लिगमा लिभरपुलको अर्को जित

६ असोज, काठमाडौं । साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हराएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले अग्रता भने उपहार गोलबाट लिएको थियो । राकिरीको क्रस शेन लङ हुँदै वेस्ले होड्टसँग ठोक्किएर आत्मघाती गोल बन्यो ।

खेलको २१ औं मिनेटमा जोन माटिपले लिभरपुलले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा मोहम्मद सहालले गोल गरे ।

दोस्रो हाफमा भने साउथह्याम्पटनले सुधारिएको खेल प्रदर्शन गर्‍यो तर, घरेलु टोलीविरुद्ध गोल फर्काउन सकेन ।

जितसँगै लिभरपुल १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Continue Reading…

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, राष्ट्रसंघ महासभालार्इ सम्बोधन गर्ने

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं: शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ २ असोजबाट ७३ औं महासभा शुरु भइसकेको छ । विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीको सहभागिता रहने महासभालार्इ प्रधानमन्त्री ११ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्ने तय भएको छ । ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

असोज ९ गते राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा पनि ओली सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि भेटघाट गर्ने तयारी छ ।

ओलीले स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेट, क्याम्बोडियाका प्रधानमन्त्री सामदेकलगायतसँग भेटघाट गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Continue Reading…

भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो

७ असोज, बुटवल । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका एक निजी विद्यालयका प्रिन्सिपलका आफन्तले नियोजित रुपमा आरोपीलाई फसाउन खोजिएको गुनासो गरेका छन् ।

कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २३ दिनदेखि थुनामा छन् ।

यौन दुर्व्यवहार भएको भनिएकी छात्राका आफन्तले विद्यालयमा नारा जुलुश र प्रदर्शन गरेपछि स्थानीय जनप्रतिनिधिकै उपस्थितमा विद्यालय सुचारु गर्ने र अदालतको फैसला नआउदासम्म विद्यालय र घटनालाई प्रभाव गर्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको थियो ।

तर, छात्राका आफन्तले पौडेललाई दोषी करार गर्दै संघर्ष समिति गठन, प्रदर्शन लगायतका गतिविधिलाई निरन्तरता दिएपछि प्रिन्सिपलका आफन्तले भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो गरेका छन् ।

आरोपीबाट दुर्व्यवहार भए छानविन गरेर सत्य, तथ्य र प्रमाणका आधारमा कानुन अनुसार कारवाही हुनुपर्ने तर, घटनालाई अतिरन्जित गरेर विद्यालय र व्यक्तिलाई नै सिध्याउने गरी गतिविधि गर्न हुँदैन’ पौडेलका दाजु नुरदेवले भने ।

प्रिन्सिपल पौडेललाई रिहा नगर्न दबाव दिने भन्दै संघर्ष समिति नै बनेको छ, जसमा विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता छन् ।

संघर्षमा समितिले प्रर्दशन गर्दै आएको छ । संघर्ष समितिकी संयोजक होमाया गुरुङले भने मुद्दालाई कमजोर बनाउने काम हुन्छ कि भन्ने आशंकाले दबाव दिइएको बताइन् ।

Continue Reading…

ओल्ड ट्रार्फड फर्किए फर्गुसन

काठमाडौं । म्यानचेष्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसन ब्रेन सर्जरीपछि पहिलो पटक ओल्ड ट्रार्फड आएका छन् । ७६ वर्षीय फर्गुसनको गत मेमा ब्रेन सर्जरी गरिएको थियो ।

शनिबार म्यानेचष्टर युनाइटेडले वोल्भ्ससँग खेल्दा फर्गुसन ओल्ड ट्रार्फडमा आएका हुन् । दर्शकले आफ्नो स्थानबाट उठेर सम्मान प्रकट गरे । खेलको २७ औं मिनेटमा दर्शकले ताजी बजाए, यसको अर्थ फर्गुसनले युनाइटेडमा विताएको २७ वर्ष थियो ।

Continue Reading…

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

६ असोज, काठमाडौं । सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । दशैंको अगि्रम टिकट बुकिङ नै नखोलेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो ।

हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोखेका थिए ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।

शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अगि्रम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।

Continue Reading…

किन फुटाइँदैछ नागरिक उड्डयन प्रधिकरणलाई ?

६ आसेज, काठमाडौं । नेपाली हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजित हुने भएको छ । यस सम्बन्धी व्यवस्था गर्न बन्ने ऐन तर्जुमा गर्न मन्त्रिपरिषदले पर्यटन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

अहिले प्राधिकरण आफैंले उड्डयन क्षेत्रको नियमन र सञ्चालन गर्दै आएको छ । यसले गर्दा सुरक्षा मामिलामा सम्झौता हुने गरेको गुनासा आउने गरेका छन् । अब प्राधिकरणलाई टुक्र्याउने गरी नयाँ ऐन ल्याइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईआकाओ)ले झण्डै एक दशकअघि नै प्राधिकरणलाई नियमन र सञ्चालनको दुबै अधिकार नदिन सुझाव दिएको थियो । यी दुई पाटालाई अलग गर्दा मात्रै हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित हुने तर्क विज्ञहरुले पनि गर्दै आएका छन् ।

यो ऐनको कार्यान्वयनपछि निकै संवेदनशील मानिने हवाई क्षेत्रको सुरक्षात्मक पाटोलाई विश्वसनीय बनाउन निकै सहयोग पुग्ने पर्यटन मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

‘नियमन पनि आफैंले गर्ने र विमानस्थलसहित उड्डयन पूर्वाधारहरुको सञ्चालन पनि आफैंले गर्ने गर्दा हवाई क्षेत्रमाथि अविश्वास सँधै रहिरहने नै भयो,’ उनले भने,’त्यसलाई चिर्ने गरी नै हामीले प्राधिकरणलाई फुटाउने निर्णय गरेका हौं ।’

अन्तर्राष्ट्रिय अभ्यासहरुमा पनि यस्तो अवस्थाहरु नदेखिएकाले अव्यवहारिक हिसावले प्राधिकरण सञ्चालन गर्न नहुने निश्कर्षमा सरकार पुगेको हो । हवाई क्षेत्र सुधारका बारेमा सरकारले अध्ययन पनि गरेको थियो । जुन प्रतिवेदनमा  सरकारलाई प्राधिकरणको नियमन र सञ्चालनको अधिकारलाई बाँडफाँट गर्न सुझाव दिइएको छ ।

त्यसैअनुसार यो ऐनको प्रारम्भिक मस्यौदा तयार भइसकेको छ । तर, अब यसबारे सरकारले सरोकारवालाहरुसँग छलफल गर्नेछ । त्यसपछि यसलाई संसदमा विधेयकमा रुपमा पेश गरिनेछ । विभिन्न चरणमा अध्ययनहरु गरेरै मस्यौदा तयार भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

Continue Reading…

न्युयोर्कमा नेपाल-अमेरिकन बिजनेश एक्स्पो

न्युयोर्क । पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्य दुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन -द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

दी ग्रेटर न्युयोर्क च्याप्टर अफ कर्मससंगको साझेदारीमा आयोजित यस एक्स्पोमा १५० भन्दा बढी प्रदर्शनीहरु रहेका थिए भने ३५ सयभन्दा बढी आगन्तुकहरुको उपस्थिति थियो ।

अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले यस किसिमका एक्सपोले दुई देशबीचको व्यापार साझेदारीमा महत्वपूर्ण योगदान मिल्ने बताए । ‘व्यापार र पर्यटन प्रवर्दनका निम्ति यस्ता कार्यक्रम निकै नै महत्वपूर्ण हुन्छ,’ राजदुत कार्कीले भने ।

नेपाल उद्योग तथा वाणिज्य मन्त्रालय अन्र्तगत टे्रड एन्ड एक्सपोर्ट प्रमोशन सेन्टर र नेपाल टुरिजम बोर्डको समेतको सहभागिता रहको कार्यक्रम निकै सफल भएको एक्सपोका कार्यकारी निर्देशक अमित शाहले बताए ।

‘हामीले यस एक्सपोमा ३ कुरामा जोड दिएका थियांै,’ शाहले भने । ‘पहिलो नेपाल अमेरिकाबीच व्यापार प्रवर्द्धन, दोस्रो यहाँ भएको बिज्नेश अन्टरप्रनरहरुलाई अगाडी ल्याउने र तेस्रो यहां रहेका नेपाली व्यापारीलाई अमेरिकी व्यापारीहरुसँग सम्बन्ध विस्तार गर्ने मौका प्रदान गर्ने । ‘

एक्सपोमा ग्रेटर न्युयोर्क च्याप्टरका अध्यक्ष मार्क जेफले आफ्नो संस्था नेपाली उधोगीलाई सक्दो सहयोग गर्ने तयार रहेको बताए ।

नेपाली अमेरिकनले पहिलोपटक यति ठूलो एक्सपो आयोजना गरेको भन्दै अधिकांश वक्ताले बधाइ दिएका थिए । त्यस्तै, अमेरिकामा रहेका साना बिजेनेशका प्रतिनिधि पिटर फेनल, न्युयोर्क मेयर अफिसका ग्रेग बिसप लगायतले एक्सपोको निरन्तरतामा जोड दिएका थिए ।

Continue Reading…

फुलहमले वाटफोर्डलाई बराबरीमा रोक्यो

काठमाडौं । एलेक्साडर मिट्रोभिकको गोलसँगै फुलहमलले पि्रमियर लिगमा वाटफोर्डलाई बराबरीमा रोकेको छ ।

शनिबार राति भएको खेलमा फुलहमले वाटफोर्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

फुलहमको घरेलु मैदानमा भएको खेलमा वाटफोर्डले दोस्रो मिनेटमा नै आन्द्रे ग्रेको गोलबाट अग्रता लिएको थियो । यो सिजन सुरुवाती चार खेल जितेको वाटफोर्ड पहिलो हाफमा घरेलु टोलीमाथि निकै हावी भएको थियो ।

ग्रेको प्रहार फुलहमका गोलरक्षकले रोकेका थिए । त्यसको मूल्य वाटफोर्डले दोस्रो हाफमा चुकाउनु पर्‍यो । ७८ औं मिनेटमा मिट्रोभिकले बराबरी गोल गरे ।

Continue Reading…

विद्युत प्राधिकरणले नै पायो ‘सस्तो तर उत्कृष्ट’ माथिल्लो अरुण

६ असोज, काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने बाटो खुलेको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिरकणको सहायक कम्पनी अरुण हाइड्रो इलेक्टि्रक कम्पनीलाई माथिल्लो अरुण दिने निर्णय गरेको छ ।

यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला यो आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय भएको थियो । तर, कम्पनी मोडलमा जान नमिल्ने गरी निर्णय भएकाले आयोजना निर्माणको मोडालिटीमा अन्योल थियो । त्यही मौका छोपेर यो आयोजना हात पार्न चलखेलहरु भएका थिए । तर, उर्जामन्त्री वर्षमान पुनको विशेष प्रयासमा शुक्रबारको निर्णयले आयोजना विद्युत प्राधिकरणकै सहायक कम्पनीले पाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजना प्राधिकरणकै सहायक कम्पनीलाई दिने गरी भएको निर्णय निकै सकारात्मक भएको बताउँछन् ।

‘यो निर्णयले लगानी र विजुली उत्पादनका हिसावले सबैभन्दा राम्रो हाइड्रो प्रोजेक्टमा जनताको लगानी सुनिश्चित भएको छ’ घिसिङ भन्छन्, ‘हामीले करिब ३ हजार मेगावाट बराबरको आयोजनाका तत्कालै जनताको लगानीमा बनाउने भनेका थियौं । त्यसभित्र यो प्रोजेक्ट पनि राखिएको थियो । अब माथिल्लो अरुणलाई हामीले चाहेअनुसार अघि बढाउने बाटो खुलेको छ ।’

यसअघि यो आयोजना ३७० मेगावाटको हुने अनुमान थियो । तर, विद्युत प्राधिकरणले भने यसलाई बढाएर १ हजार मेगावाटभन्दा ठूलो बनाउन सकिने बताएको छ ।

आयोजनाको डिटेल डिजाइन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि अघि बढेको छ । आयोजनासम्म पुग्ने २४ किलोमिटरको पहुँचमार्ग निर्माणको प्रक्रिया पनि सुरु भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘समानान्तर रुपमा सबै काम अघि बढेका छन् । केही समयमै प्रक्रियाहरु टुंग्याएर टेण्डरमा जान्छौं’ उनले भने, ‘यो आयोजना अहिलेसम्मकै ठूलो, सस्तो र आकर्षक हो ।’

माथिल्लो अरुण ‘पिकिङ रन अफ दि रिभर’ आयोजना हुनेछ । यसका लागि करिब १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसबाट करिब ५ हजार गिगावाट प्रतिघण्टा अर्थात् अहिले देशरभर खपत हुने बराबरको बिजुली उत्पादन हुन्छ ।

‘यो तामाकोशीभन्दा पनि राम्रो प्रोजेक्ट हो । विश्व बैंकले लगानी गर्न सहमति जनाएको छ । लोकल फण्डिङ एजेन्सीहरु कर्मचारी सञ्चय कोष लगायतबाट ऋण लिएर आयोजना बनाउँछौं’ घिसिङले भने, ‘सर्वसाधरणको पनि सेयर रहन्छ ।’

विद्युत प्राधिकरणले माथिल्लो अरुणलाई अहिलेसम्मकै सबैभन्दा सस्तोमा बन्ने र उत्कृष्ट परिमाणमा बिजुलीको उत्पादन दिन सक्ने प्रोजेक्ट भनेको छ । २२ वर्षअघि गरिएको सम्भाव्यता अध्ययनको प्राधिकरण आफैंले पुनरावलोकन गर्दा आयोजनाको प्रतियुनिट लागत २ रुपैयाँ १० पैसा पर्ने देखाएको थियो । क्षमता बढाएर निर्माण गर्दा कति सस्तो हुन्छ भन्ने टुंगो लागिसकेको छैन ।

आयोजना बनाउने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत इक्विटी रहनेछ । यो आयोजना निर्माण सुरु भएको ५ वर्षमा बनाउन सकिने घिसिङ बताउँछन् ।

यो कम्पनीले ३० मेगावाटको इखुवा खेाल जलविद्युत आयोजना निर्माण गर्न लाइसेन्स पाइसकेको छ ।

Continue Reading…

न्यायालयमा सरकारको दबाव र प्रभाव पार्नु हुन्नः सुशीला कार्की

६ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाव’ पर्न नदिन नहुने बताएकी छिन् ।

कार्यपालिकाको दबाव र प्रभाव परे न्यायालय कमजोर हुने उनले बताइन् । ‘न्यायपालिका कमजोर भए लोकतन्त्रको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ’ शनिबार आफ्नो पुस्तक ‘न्याय’ सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायपालिकामा सरकारको हस्तक्षेप हुने हो भने प्रजातन्त्रको खम्बाको रुपमा रहेको शक्ति सन्तुलनको सिद्धान्तमा प्रतिकुल प्रभाव पर्छ । एकतन्त्रीय शासन शैली बन्न जान्छ ।’

चिकित्सक गोविन्द केसीले कार्कीलाई साहसी प्रधानन्यायाधिशको रुपमा चित्रण गरे । कार्की प्रधानन्यायाधिश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उनको विश्लेषण थियो ।

पुस्तकमा कार्कीले प्रधानन्यायाधिशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामबारे चर्चा गरिएको छ ।

Continue Reading…

साहित्य-सन्दर्भ र कालचेती प्रश्न

कला यथार्थको प्रतिच्छायाँ देखाउने ऐना होइन, यो त यथार्थलाई आकार दिने टुकटुके होः ब्रतोल्त ब्रेख्त

साहित्य समाजको प्रतिबिम्ब मात्रै होइन, यो नयाँ समाज र सभ्यता निर्माणको समानान्तर दुनियाँ हो । यसले यथार्थको छायाँरूप मात्रै देखाउँदैन, संस्कृतिको अभिन्न अङ्गका रूपमा इतिहासको ज्यानलाई मुहार दिन्छ, व्यवस्थाको लम्बाइलाई गति दिन्छ । साहित्य आफैमा इतिहास त होइन, तर इतिहासको सच्चाइ नढाँटी बोल्ने कलात्मक दस्तावेज साहित्य नै हो । ब्रेख्तको भाकामा भन्दा हर समयको शक्तिशाली साहित्यले इतिहासलाई अभिलेखीकरण मात्रै गर्दैन, आफ्नो समयको अर्थ–राजनीतिलाई आकार दिने सामथ्र्य पनि राख्छ ।

साहित्यमा समय–चेतनासम्बन्धी विमर्शको अन्तर्य पनि यही हो– हामी कुन समय र परिस्थितिका बीचमा छौँ, त्यसको सही बोध हुनु लेखकका लागि अनिवार्य छ । अनि हामीले इतिहासलाई कुन शैलीमा कुँद्न र कुन आकारमा ढाल्न चाहन्छौँ भन्ने दार्शनिक प्रस्थापनाको रूपरेखा पनि हामीसँग हुनैपर्छ । हामीसँग अर्थात् लेखक, साहित्यकार, कलाकार, पत्रकार र बौद्धिक जगत्सँग । इतिहासबोध, वर्तमानचेत र भविष्यस्वप्न लेखक–कलाकार र बौद्धिक जगत्का लागि अपरिहार्य पूर्वशर्त हुन् । विगतप्रति अरुचि देखाउने व्यक्ति जसरी कुशल इतिहासकार बन्न सक्दैन, वर्तमानको सङ्कट वा सामाजिक द्वन्द्वमा चासो नराख्ने (अनुपस्थित) लेखक त्यसरी नै निम्छरो सावित हुन्छ ।

साहित्यमा युगबोध अर्थात् समय–चेतना बहसको लामो विरासत छ । संसारभरि र नेपालमा पनि साहित्य रचनालाई युगबोधको कसीमा राखेर मूल्याङ्कन गर्ने प्रचलन छ । यस पत्रमार्फत् भने समकालीन नेपाली साहित्यको प्रवृत्तिगत सन्दर्भमा आजका केही ज्वलन्त प्रश्नहरूबारे छलफल–प्रस्ताव गर्न खोजिएको छ । यसले आजका पुस्तक, लेखक र तिनको समीक्षा चाहिँ गर्दैन ।

आजका केही ज्वलन्त प्रश्न

साहित्य वा लेखनका सन्दर्भमा आजका बौद्धिक–संस्कृतिकर्मीहरूका सामू खास समय उपस्थिति छ । खास समयले खास–खास प्रश्नहरू छिचोल्ने कार्यभार सुम्पन्छ । यो समयलाई मूर्त–अमूर्त भाषामा कतिले एक्काइसौं शताब्दी भनेका छन्, कतिले पुँजीवादी युग भनेका छन्, कतिले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था भनेका छन्, कतिले विज्ञान–प्रविधिको जमाना भनेका छन् । केहीले यसलाई लेनिनले सय वर्षअघि संश्लेषण गरेकै शब्दमा ‘साम्राज्यवादको चरम चरण तथा सर्वहारा क्रान्तिको युग’ पनि भनेका छन् । एउटै समय र उस्तै परिस्थितिलाई फरक समूह र फरक व्यक्तिले फरक परिभाषामा अथ्र्याएका छन् । त्यस्तो नै किन भनिइन्छ भन्नेतिर सचेत लेखक वा बौद्धिकले आफ्नो टाउको घुसाउनु पर्छ नै ।

विश्वको राजनीतिक मानचित्रमा नेपाल त्यस्तो विशिष्ट स्थानमा छ, मानौं ऊ फारुतिनो बाटाखर्च बोकेर दुई सँगातीसँग कहिले अँगालो मार्दै र कहिले दुई कुहिना ठोक्दै अगलबगल हिंडिरहेको सहयात्री हो । उसका सँगाती भने (भारत र चीन) धन र ज्यान दुवैले बलिया छन् । यो यथार्थ ऊ बेलाबेला बिर्सिदिन्छ र शिर उठाउँछ, हरबखत त्यही सम्झाइन्छ÷सम्झन्छ र गति अवरुद्धता खेप्छ । नेपाल आज त्यो ऐतिहासिक चरणमा छ, जसले लोकतान्त्रिक क्रान्तिका तीन–चारवटा अधकल्चा घुम्ती छिचोलिसक्यो । संविधानतः ‘क्रान्ति सम्पन्न’ भइसक्यो तर व्यवाहरतः लोकतान्त्रिक क्रान्ति अझै अधुरो छ तर समाजवादी क्रान्तिको सपना देख्ने राजनीतिक भूमि फैलिएको छ ।

साहित्य लेखनका सन्दर्भमा विश्वव्यापी प्रवृत्तिहरूको प्रभाव र प्रवेशपछि मात्रै नेपाली साहित्यले आधुनिक युग देखेको हो । (नत्र कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र लेखिरहेका बेला समकालीन भानुभक्त बधुशिक्षा वा रामायण लेखेर बस्ने थिएनन् ।) रुसमा समाजवादी क्रान्ति भइसकेपछि संसारभरि फैलिएको माक्र्सवादी विचारधारा नेपालसम्म आउनुअघि यहाँ लेखनाथ पौड्यालका उपदेश कविता र मोतीराम भट्टका शृङ्गारिक गजल नै साहित्यको मूलधारमा थिए । रुसी क्रान्तिको पनि २०–३० वर्षपछि नेपाली राजनीति र साहित्यमा माक्र्सवादी विचारले प्रवेश पाएको हो । र, साहित्यमा आधुनिक प्रवृत्तिहरूको प्रवर्तन पनि त्यससँगसँगै भयो ।

सन् १९५० को दशकयता राजनीतिक आन्दोलनका अनेक उतारचढावसँगै नेपाली कलासाहित्य जगतले पनि आफ्ना घुम्तीहरू मोड्यो, अनुभवहरू सँगाल्यो । प्रगतिशील धाराकै मसिहाहरू दरबार पसे, सत्ताले अनेक परियोजना बनाएर साहित्य–संस्कृतिलाई सत्ताङ्गी बनायो । विद्यालय, विश्वविद्यालय, पाठ्यपुस्तक, रेडियो, गोरखापत्र आदि प्रयोग गरेर एक भाषा, एक भेष, एक संस्कृति, एक धर्मलाई साहित्यका माध्यमबाट समाजमा स्थापित गर्‍याे । यसको समानान्तरमा जुधारु लेखकहरू विचारमा प्रतिबद्ध, आन्दोलनमा सङ्गठित भएर लडि पनि रहे । कतिले जीवन त्यसैमा बिताए, कतिले ज्यान त्यसैमा गुमाए । कति अस्तित्ववादी शून्यवादी धाराबाट फर्केर माक्र्सवादी भए । कति आफ्नो सुविधाको जिन्दगी र सफलताका प्रमाणपत्र त्यागेर समाज बदल्ने अभियानमा सहभागी भए । त्यसको सात दशकको लामो यात्रा तय गरेर अहिले हामी गणतान्त्रिक प्रणालीमा छौं, लोकतन्त्र छ, संविधानतः ‘समाजवादोन्मुख व्यवस्था’ छ । कम्युनिस्ट राजनीतिक शक्तिहरूले माथि चर्चा गरेझैं अनेक शब्दावलीमा आजको समयको नामाकरण गरेकै छन् ।

त्यही अनेक भनिएको एक युगमा हामी छौं, त्यस्तो युग जहाँ कम्युनिस्ट राष्ट्रपति देवधाम धाउँछिन्, त्यहीं पानी छोइएकोमा दलित कुटिन्छ, मारिन्छ । त्यस्तो युगमा हामी छौँ, जहाँ सामन्तले सम्मान दिने कवि र कम्युनिस्टले गुरु थाप्ने पण्डित एउटै छन् । सामन्त (राणा र पञ्चायत) ले दिएका उपाधि, पदवी र सम्मानलाई कम्युनिस्ट सरकारले पनि लालमोहर लगाउँछ । जहाँ बजारले प्रोनोग्राफी बेच्छ, शासकले बधुशिक्षा बाँड्छ । जहाँ गणतान्त्रिक सरकारको प्राज्ञिक संस्थामा कम्युनिस्ट पार्टीकै प्रतिनिधिहरू निर्णायक भूमिकामा पठाइन्छन् र उनीहरूकै अगुवाइमा राजाको जन्मजयन्तीमा रथयात्रा निकालिन्छ । हामी त्यस्तो समयमा छौं, जहाँ राजनीतिक नेतृत्व जनतासँग ‘हामी कम्युनिस्ट हौं’ भनेर मत माग्छ र पत्रकारसँग ‘हामी कम्युनिस्ट होइनौं’ भनेर अन्तर्वार्ता दिन्छ । अनि यतिखेर शासकहरू कविताको प्रदेशमा यसरी प्रवेश गरिरहेका छन्, मानौं फूलबारीमा कोही मूर्ख बन्चरो र आरा लिएर पसिरहेको छ ।

प्लेखानोभले भनेजस्तै ‘जिउँदो मान्छे नै जिउँदा प्रश्नहरूमाथि सोच्छ’ । र, यो बेलाका जिउँदा बौद्धिक लेखक–संस्कृतिकर्मीले आफ्ना सामुन्नेका यी प्रश्नसँग आँखा जुधाएर संवाद गर्न आवश्यक छ । छलफलका लागि म यहाँ त्यस्ता केही प्रश्नहरूतिर ध्यानाकर्षण गर्न चाहन्छु ।

१. के बहुसङ्ख्यक लेखक सत्ताङ्गी छन् ?

विश्वव्यवस्था अर्थात् विश्व पुँजीवादका मूलभूत मूल्यभित्रै नेपाल चलिरहेको छ । तेस्रो विश्वमा पुँजीको बेरोकतोक फैलावट तर श्रम र स्रोत–साधनको दोहन एक्काइसौँ शताब्दीको साम्राज्यवादको पनि मूल चरित्र हो । र, सँगसँगै संसारभरि अनुदारवादी र दक्षिणपन्थी शासकहरू झन् बलिया हुँदै गएको परिदृश्य छ । नेपालमा समेत राज्यको असहिष्णुता, दलहरूभित्रको अलोकतान्त्रिक अभ्यास, राजनीतिक नेतृत्वमा हावी निरङ्कुशता, चरम विचारधारात्मक विचलन, विश्वपरिस्थितिकै अनुकूलतामा छ । नवउदारवादी अर्थ–राजनीतिक प्रणालीले एकातिर साम्राज्यवादी शक्तिलाई मैदान दिएको छ, अर्कोतिर जनताको तहसम्म धनी–गरिबको खाडल बढाउने, बेरोजगारको सङ्ख्या बढाउने र श्रमिक आप्रवासन वृद्धि गर्ने काम गरिरहेको छ । यस परिस्थितिलाई नेपाली साहित्यमा न लेखनले गम्भीरतापूर्वक अभिव्यक्ति दिएको छ, न कुनै अभियान वा सांस्कृतिक आन्दोलनले नै ।

साहित्यको राजनीति हुन्छ र साहित्यले पनि राजनीति गर्छ भन्ने सत्यलाई दार्शनिक र विचारधारात्मक तहमा बुझ्न नसक्नु आजको समयलाई नबुझ्नु हो । नेपाली साहित्य क्षेत्रमा बहस गर्नेहरूले पार्टीनीति वा पार्टीसम्बद्धतालाई राजनीतिका रूपमा अथ्र्याएका बेलाबेला सुन्न पाइन्छ । पार्टीनीतिभन्दा राजनीति धेरै व्यापक र धेरै गम्भीर विषय हो । पार्टीनीतिलाई नै राजनीति बुझ्नेहरू राजनीति नगर्ने नाममा चालू व्यवस्थाका आङ्गिक लेखक हुन पुग्छन् । त्यस्ता सत्ता अहिले मूलतः दुईथरी छन् (समग्रमा एउटै हो) । एउटा नेपालभित्रैको राज्यसत्ता, जो नेपालका राजनीतिक दलहरूले चलाउँछन् । अर्को छ– बजारसत्ता (विश्व पुँजीवाद र साम्राज्यवादको अङ्ग) । नेपाली समकालीन लेखकहरूमध्ये प्रतिभावानहरूको ठूलो सङ्ख्या बजारसत्ताको अङ्ग हुन अभिशप्त देखिन्छ, केही सोही सत्ताको अङ्ग हुन तँछाडमछाड गरिरहेका छन् । सानो सङ्ख्या मात्रै राज्यसत्तामा भाग पाउन दौडधूप गर्छ । रमाइलो प्रसङ्ग त के छ भने एउटा सत्ताको प्रिय बन्ने मुसे कुदाइमा संलग्न लेखक अर्को सत्ताको भाउ खोज्दै गरेको लेखकलाई आलोचना गरिरहेको हुन्छ । सानो सङ्ख्यामा पार्टीसत्तामै परिलुप्त हुने लेखक पनि छन्, जसको सिर्जनात्मक शक्तिले पाठकार्जन गर्नै सकेको छैन । सम्पूर्ण वा समग्र पुँजीवादी सत्तासँग प्रतिरोध गर्न तयार लेखकहरू चाहिँ कति छन् ? के बहुसङ्ख्यक लेखक यो वा त्यो सत्ताको अङ्ग भएको बेला हो यो ?

२. के आज लेखकीय प्रतिबद्धता सबैभन्दा कमजोर छ ?

प्रतिबद्धताको प्रश्नमा प्रष्ट नहुने बहुसङ्ख्यक लेखक यथासत्ताकै घेराभित्र रमाइरहेका छन् । उनीहरूको लेखनमा कि त कुनै शक्ति नै पैदा हुँदैन, कि त्यसले यथासत्तालाई प्रत्यक्ष–अप्रत्यक्ष सघाउ पुर्‍याइरहेको हुन्छ । प्रतिबद्धता प्रश्न कुनै खास राजनीतिक पार्टी वा सङ्गठनमा हुनु र नहुनुसँग होइन, बरु विचारप्रति प्रष्ट हुनु र नहुनुसँग छ । लेखनको उद्देश्यप्रति सङ्कल्पित हुनु वा नहुनुले लेखकको प्रतिबद्धता प्रस्ट्याउँछ । दर्शन, विचारधारा र सिद्धान्तमा प्रष्ट नहुँदा लेखन पनि त्यत्तिकै अस्पष्ट हुन्छ । अहिले धेरै लेखकहरू त्यस्तै अस्पष्टतासहित एजेन्डा उठाइरहेका छन् । कतिको त लेखनको अन्तर्निहित उद्देश्य नै आफूलाई चिनाउनु, बिकाउनु र टिकाउनु रहेको देखिन्छ । बिक्री हुन्छ भनेपछि लेखकहरू युद्धका सामलतामल पनि बोकेर हिंडेका देखिन्छन्, उत्पीडितका कहानीलाई पनि किताबभित्र ल्याएर पछार्छन् । तर तत्–तत् मुद्दाप्रति उनीहरूले ठीक व्यवहार गर्न सक्दैनन् । अहिले धेरै लेखकको अवस्था त्यस्तै देखिएको छ ।

प्रतिबद्धताले सत्ताइतर सङ्घर्ष र प्रतिरोधका लागि तयार हुन आह्वान गर्छ । प्राधिकारहरूसँग वैचारिक प्रतिवाद गर्ने शक्तिलाई प्रतिबद्धता भन्न सकिन्छ । सरकारका निर्णय वा समाजका घटनामाथि प्रतिक्रिया दिने वा एकसरो विरोध गर्न सजिलो मान्ने लेखक त छन् । तर सरकारमाथि पनि शासन गरिरहेका डब्ल्युटीओ, आईएमएफ, युएन, वल्र्ड बैङ्क र ठूल्ठूला कर्पोरेट कम्पनीका गलत नीति र तिनका नीतिले निम्त्याएको मानवीय सङ्कटबारे साहित्य लेखन त झण्डै शून्य छ, टिप्पणी र सामयिक निबन्ध समेत निकै कम लेखिएका छन् ।

प्रतिबद्धताले त्यागको माग गर्छ । दुःख झेल्न तयार नहुने र अवसर मात्रैको खोजीमा हुने लेखक प्रतिबद्ध हुन सम्भव छैन । बजारमा अलोकप्रिय हुन तयार यतिखेर कोही छैन । कथित असफलताको बाटो तय गर्न कोही अघि सर्दैन । सफल हुन चाहिने बनिबनाऊ मापदण्डअनुसार बहुसङ्ख्यक लेखक आफूलाई ‘फिट’ गर्न अभ्यासरत छन् । के प्रतिबद्धता सबैभन्दा कमजोर भएको र लोकप्रियतावाद हावी भएको बेला हो यो ?

३. वर्गसङ्घर्ष र वर्गातिरिक्त (भहतचब अबिकक) प्रतिरोधको सम्बन्धमा किन भ्रम छ ?

नेपाली कम्युनिस्ट आन्दोलनमा झैं नेपाली साहित्यका क्षेत्रमा पनि वर्ग र वर्गातिरिक्त सम्बन्ध बुझ्ने सम्बन्धमा भ्रम यथावत् छ । सबै सामाजिक सम्बन्ध र सबै उत्पीडनका आयामलाई वर्गको शास्त्रीय सुत्रभित्रैबाट समाधान खोज्नु एकप्रकारको कर्मकाण्डीय तरिका हो । नेपाली समाजमा १) आधारभूत रूपमा वर्गकै स्थानमा रहेको दलित प्रश्न, २) वर्ग सरह महत्वको रहेको महिला मुक्तिको प्रश्न, ३) भाषिक–सांस्कृतिक तथा राष्ट्रियताको स्थानमा रहेको जनजातिको प्रश्न र ४) सभ्यताभिन्न र क्षेत्रीय उत्पीडनमा रहेको मधेसको प्रश्न विशिष्ट छन् । ती प्रश्नले मुक्तिका भिन्दाभिन्दै उत्तर खोज्छन् । गरिब, किसान, श्रमिक (वा माक्र्सका शब्दमा सर्वहारा)को आन्दोलन अर्थात् कम्युनिस्ट आन्दोलनले उत्पीडनका यी विशिष्ट समस्या÷प्रश्नलाई सही ढङ्गले आत्मसात् गर्न नसक्दा नेपाली लोकतन्त्र उकल्चिएको घाउजस्तो भएको छ ।

श्रमिक वर्गको आन्दोलन वा क्रान्ति सम्झौतामा गएसँगै वर्गातिरिक्त उत्पीडनविरोधी आन्दोलन झण्डै निस्तेज भयो । नवउदारवादी संसदीय लोकतन्त्रकै निरन्तरतामा नेपालको कम्युनिस्ट आन्दोलन (मूलतः माओवादी विद्रोह)ले जब सम्पूर्णतः आफूलाई समर्पित गर्‍याे, त्यससँगसँगै वर्गातिरिक्त उत्पीडनविरोधी आन्दोलन (जसलाई नेपालमा पहिचानको आन्दोलन भनियो) पनि थला परेको देखियो । जनजाति, मधेस, दलित, महिलाको स्वर पनि मत्थर हुँदैहुँदै गयो । साहित्यमा पनि यसको टड्कारो प्रभाव देखियो । ०६० को दशकमा उत्पीडित समुदायलाई केन्द्रमा राखेर लेख्ने प्रवृत्ति बलियो थियो । सबै विधामा दलित, महिला, जनजाति, मधेस, कर्णालीजस्ता विषय उठे । त्यसको महत्तम अन्तर्कहानी र आधार माओवादी युद्धसँग जोडिन्छ (त्यसको चर्चा यस छलफलको मूल विषय होइन) । वर्गीय आन्दोलनमा आएको विचलनसँगै साहित्यमा पहिचानको स्वर प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । कवितालाई साक्ष्य लिने हो भने यतिखेर साम्राज्यवादी राजनीति, उपभोक्तावादी संस्कृति र वर्गीय विभेदविरुद्ध लेखिएका रचना सबैभन्दा पाठकप्रिय भएका छन् । यसको पृष्ठकारण पुँजीवादी–नवउदारवादी व्यवस्थाबाट मान्छे सबैभन्दा बढी प्रताडित हुनु पनि हो ।

सम्पूर्ण सत्ता र संरचना नफेरिई वर्गातिरिक्त प्रतिरोध पूर्णतः सफल हुँदैन । यतिखेर सत्ता–संरचनाबारे नबोल्ने वा त्यसबाट निकास नखोज्ने तर भिन्नभिन्न पहिचानको मुक्ति खोज्ने अधुरो प्रवृत्ति फेरि मुखर हुँदैछ । यस्तो प्रवृत्ति नतिजाबारे बोल्छ, कारणतिर प्रवेश गर्दैन । जस्तोः यौन चेतना, यौन सम्बन्धको सामाजिक मूल्य र पितृसत्तात्मक राज्य (समाज) प्रणालीबारे कुरै नगर्नु तर बलात्कारीविरुद्ध मात्रै बोल्नु झिङ्गाको मात्रै विरोध गर्नु तर फोहोरको डङ्गुरबारे मौन धारण गर्नुजस्तै हो । वर्ग चेतना र वर्गातिरिक्त प्रतिरोधी चेतनाबीचको अन्तर्सम्बन्धमा भ्रमपूर्ण बुझाइ किन छ ?

जरुरी महत्वका थप प्रश्न

क. विकास र समृद्धिका नाममा विश्व पुँजीवाद प्रकृति विनाश, पर्यावरण विनाश, पृथ्वीको सम्पूर्ण स्रोत दोहनमा छ, हामी पर्यावरण आन्दोलन वा पृथ्वी–संरक्षणलाई आफ्नो मुद्दा किन बनाउन सकिरहेका छैनौं ?

ख. कम्युनिस्ट आन्दोलनमा चरम विचारहीनता र व्यक्तिवादको दबदबा छ । सबै दलहरू निजी कम्पनीझैं चलिरहेका छन् र राज्य अटेरी भइरहेको छ । यस्तो बेला लोकतन्त्रबारे पुनर्बहस हामी किन उठाउँदैनौं ?

ग. नेपाली समाजको गतिको नाभी भूराजनीतिक सम्बन्धसँग जोडिएको छ । चीन र भारतसँगको सम्बन्धले जनजीवनसम्मै परेका वा पर्ने प्रभावबारे हाम्रो साहित्य खोई ? हाम्रो छलफल खोई ?

घ. नवउदारवाद वा बजारवाद, निजीकरण, पुँजीवादी भूमण्डलीकरण र त्यसैले निम्त्याएको श्रमिक आप्रवासन देशको सबैभन्दा ठूलो सङ्कटका रूपमा छ । हामी यसलाई छलफलको प्राथमिक बुँदामा किन राख्दैनौँ ?

एक आत्मप्रश्नः एक प्रस्ताव

माइकल ए. लेबोइत्जले आफ्नो पुस्तक ‘बिल्ड इट नाउः सोसियलिजम फर द ट्वान्टी फस्र्ट सेन्चुरी’मा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको नारा उद्धृत गरेका छन्ः समाजवाद भविष्य हो, बनाऊ आजै (Socialism is the future, built it now.) हामी आजको पुँजीवादी–साम्राज्यवादी रीतिथितिको विकल्प चाहन्छौँ, हामी कलासाहित्यका क्षेत्रमा नयाँ युग देख्न चाहन्छौं भने आमन्त्रण, आह्वान र सङ्कल्पले मात्रै पुग्दैन । त्यो भोलिको त हो तर बनाउन आजै थाल्नु पर्छ । कम्तीमा डिजाइन त बनाउनैपर्छ ।

संविधान यसै समाजवादोन्मुख छ अनि अनेकानेक सुखद् व्याख्या गर्न मिल्ने सुविधा पनि दिएकै छ । तर, हामी त्यस्तो देशकालमा बाँचिरहेका छौँ, जहाँ नानीहरूको जीउमाथि बाउ र हजुरबाउहरूले जबर्जस्ती गरिरहेका छन् । दिदीबहिनीहरूको जिन्दगीमाथि छिमेकी र आफन्तहरूले अपमान, दुव्र्यवहार र पाशविक आक्रमण दोहोर्‍याइरहेका छन् । फिरौतीको दुःस्वप्न देखेर चिनेजानेका मान्छेले नै स्कुले केटाकेटीको ज्यान लिइरहेका छन् । हामी त्यस्तो देशकालमा बाँचिरहेका छौं, जहाँ पानी भर्न जाने एउटा मान्छेलाई अर्को मान्छेले कतै कुटपिट गरिरहेको छ, कतै ज्यानै लिएको छ । लाखौं बच्चाबच्ची स्कुलको पर्खालभन्दा बाहिर छन् । हामी यस्तो देशकालमा बाँचिरहेका छौँ, जहाँ सरकारले समृद्धिको शङ्ख–घण्ट फुकेर सत्यनारायण पूजा लगाइरहेको छ, अनि कवि–लेखकको एउटा ठूलो झुण्ड पुण्य प्राप्ति होला कि भनेर प्रसादी खान सिंहदरबारतिर हात पसारिरहेका छन् । अनौठो बिडम्बना यही छ, सरकारी झ्यालढोकातिर फर्केर सत्तोसराप गर्ने कति लेखकहरू कर्पोरेट कम्पनी, विदेशी दातृनिकाय वा बजारसत्ताका अनुशासित अनुचर हुन अभिशप्त छन् ।

गोर्कीले भनेका छन्– ‘श्रम–संसार क्रान्तिको आवश्यकताको चेतनासम्म पुगिसकेको छ । साहित्यको कर्तव्य उसैलाई सघाउ पुर्‍याउनु हो, जसले विद्रोहको झण्डा उठाएको छ ।’ यो देशदृश्य देख्नेहरूको साझा र प्रतिबद्ध कोशिस जति सुव्यवस्थित र जति छिटो हुन सक्छ, गोर्कीकै शब्दमा यो ‘डगमगाउँदो व्यवस्था’ त्यति नै छिटो पतन हुन सम्भव छ । हाम्रो चिन्तन र विमर्श कर्ममा रूपान्तरण हुँदा आजको विभेदी विधि–विधान फेरिन कत्तिबेर लाग्दैन । वैचारिक छलफलहरूले क्रिन्यावित हुन मौका पाएनन् भने ती बौद्धिक भोग–विलासमा परिणत हुन पनि बेरै लाग्दैन ।

हामी समयबोधी छौं भने, हामी सम्पूर्ण मानवजातिको हितार्थ आफ्नो जीवनको एकांश लेखनमार्फत् लगाउन तयार छौं भने र हामीसँग त्यसका लागि आवश्यक ठोस विचार बिउ पनि छ भने साझा प्रयत्नका लागि सोच्नु समयप्रतिको हाम्रो कर्तव्य बन्न जान्छ । सोचौं । विचार–बिउलाई जमिन दिऊँ । बिउ रोपिएपछि मात्रै त्यसले नवजीवन पाउँछ । एउटै र सानै (साझा) असल प्रयत्न पनि हजारौं खराबीका लागि चुनौती हो । प्रत्येकको स्वहितको शर्तभित्रै रहेर सबैको स्वतन्त्र हितका लागि के हामी त्यस्तो साझा ठाउँमा उभिन सकौंला ? सकौंला भने सुरुवातका लागि ढिला गर्नै नहुने हाम्रो काल (time) यही हो, यही नै हो । हाम्रा लागि त्यो देश (space) यही हो, यही नै हो । आजको सङ्कटपूर्ण यथार्थलाई आकार दिने टुकटुकेले हाम्रो हात खोजिरहेको छ ।

( शुक्रबार नगरकोटमा सम्पन्न समय चेतना विषयक गाेष्ठीमा  ‘साहित्य -सन्दर्भ र कालचेती प्रश्न’ शीर्षकमा प्रस्तुत छलफलपत्र)

Continue Reading…

पाकिस्तानी कप्तानले गरे अफगान टिमको प्रशंसा

काठमाडौं । पाकिस्तानका कप्तान सर्फराज अहमदले अफगानिस्तानी क्रिकेट टिमको प्रशंसा गरेका छन् । साथै एसिया कपको सुपर फोरमा ३ विकेटको जित हात पार्ने क्रममा आफ्नो टिम हल्लिसकेको स्वीकार गरेका छन् ।

२५८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम तीन बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो । शोएब मल्लिकले विस्फोटक ब्याटिङ गर्दै ५१ रन बनाएपछि पाकिस्तानको जित सम्भव भएको थियो ।

‘आज हामी हल्लिकसेका थियौं’ अहमदले भने, ‘इमाम, बाबर र एशोबले शानदार प्रदर्शन गरे । विश्वकै उत्कृष्ट मानिएको अफगानिस्तानका स्पीनरसामू २५० को लक्ष्य हासिल गर्न साँच्चै राम्रो ब्याटिङ गर्नुपर्छ ।’

खेलका क्रममा एक समय पाकिस्तानलाई प्रत्येक ओभरमा १० रन बनाउनुपर्ने दबाव थियो । उनले भने, ‘मैले आफैंलाई भनेको कि अन्तिमसम्म ब्याटिङ गर्नुपर्छ किनभने हामीसँग बिग हिटर छन् ।’

Continue Reading…

क्लब क्रिकेटमा फर्किए स्मिथ र वार्नर

काठमाडौं । प्रतिबन्धपछि क्लब क्रिकेटमा फर्किएका डेभिड वार्नरले शतक बनाउादा स्टिभ स्मिथले ८५ रनको पारी खेलेका छन्

अष्टे्रलिष्याका पूर्वकप्तान स्मिथ र उपकप्तान वार्नर गत मार्चमा बल टेम्परिङ विवादमा परेका थिए । उनीहरुमाथि अन्तराष्ट्रिय क्रिकेट खेल्न एक वर्षको प्रतिबन्ध लागेको छ ।

प्रतिबन्धपछि दुबैले क्लब क्रिकेट खेलेका छन् । सिड्नीमा रान्डविक पिटरसनले सेन्ट जर्जलाई हराउँदा वार्नरले नटआउट १५५ रन बनाए । ओपनिङ ब्याट्सम्यान वार्नरले ९८ बलमा शतक पुरा गरेका थिए ।

सदरल्याण्डबाट खेलेको स्मिथले भने ९२ बलमा छ चौका र एक छक्काको मदतमा ८५ रनको पारी खेलेका छन् । तर, उनको टिम भने मोसम्यानसँग ३ विकेटले पराजित भएको छ ।

Continue Reading…

मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड

६ असोज, सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ ।

रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । लडेर बेहोस भएको परिवारको भनाइ थियो । चिकित्सकले भने बच्चाको मृत्यु भइसकको भन्दै पोष्टमार्टममा पठाएका थिए ।

तर, शनिबार विहान बच्चाले आँखा खोलेको र र्‍याल निकालिरहेको देखेको भन्दै अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षको झ्यालका सिसाहरु फुटेको छ भने अन्य उपकरणहरुमा क्षति पुगेको छ ।

उनीहरुले बच्चालाई रेडक्रसको एम्बुलेन्समा राखेर सिरहाको चोहर्बास्थित नेपाली सेनाकोसर्पदंश उपचार केन्द्रमा पुर्‍याए । तर, त्यहाँ पनि मृत घोषणा गरेका छन् । ‘हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने, ‘पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दा बच्चा मृत्यु भइसकेको थियो ।’

उनले बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै पोष्टमार्टम गराइदिन प्रहरीमा जाहेरी दिएपछि पोष्टमार्टम कक्षमा लगिएको जानकारी दिए ।

लापरवाही आफ्नै

बच्चाको आफन्त तथा गाउँलेहरुको भनाइ मान्ने हो भने शुक्रबार दिउँसो अरब लडेका थिए । त्यसक्रममा रगत आएपछि डिटोल लगाइएको थियो तर, एक छिनमा अरब बेहोस भए । शुक्रबारै साँझ ७ बजेतिर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले इसिजी जाँच गरे र बालकको मृत्यु भइरहेको जानकारी गराए । तर, अभिभावकले बच्चाको शरीरबाट कसरी रगत आयो भन्ने ठम्याउन सकेका थिएनन् । स्थानीयले भने बालक लडेको ठाउँमा सर्प देखेको बताएका छन् । त्यो सर्पलाई स्थानीयबासीले एउटा डिब्बामा बन्द गरेका छन् ।

बच्चा लडेको ठाउँमा सर्प देखापरेपछि मात्र आफन्तले सर्पले टोकेको थाहा पाएका छन् । ‘समयमै उनलाई अस्पताल ल्याइएको भए बचाउन सकिन्थ्यो’ अस्पताल प्रमुख डा. दासले भने, ‘आफैं लापर्वाही गर्नु, अनि अस्पतालमा दिनरात मिहिनेत गरिरहेका स्वास्थ्यकर्मीको मनोवललाई गिराउनु कतिसम्म उचित हो ।’

Continue Reading…

बलात्कार रोक्न महिलालाई आत्मरक्षा तालिम

६ असोज, कैलाली । महिला हिंसा, बलात्कार जस्ता घटना न्यूनकरण गर्न महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइने भएको छ ।

राष्ट्रिय गोजुरियो कराते-दो संघले ओरेक नेपाल लगायतका संघसंस्थाको सहयोगमा तालिम दिन लागिएको हो । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार असोज २० गतेबाट शुरु हुने तालिममा प्रदेश ७ का करिब एक हजार महिलाको सहभागिता रहनेछ ।

‘हामी लड्न होइन, किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउँछौं’ संघका महासचिव प्रकाश चन्दले भने, ‘कसैले महिलामाथि नराम्रो व्यवहार गर्न खोजे त्यसबाट बच्न सक्ने बनाउँछौं ।’

तालिममा सहभागी हुन शुल्क लाग्दैन । सहभागी एक हजारबाट उत्कृष्ट १०० जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र स्थानीय तहसँग सहकार्य गरेर तालिम सञ्चालन गर्ने योजना छ ।

ओरेक नेपालका संयोजक विनु रानाले यसलाई अन्य प्रदेशमा पनि सञ्चालन गरिने जानकारी दिइन् । उनका अनुसार प्रदेश ७ बाट सुरु गरिने आत्मरक्षा सम्बन्धी तालिम प्रदेश एकको बिर्तामोडमा समापन हुनेछ ।

Continue Reading…

असुरक्षित यौन सम्पर्कले बढाउन सक्छ, यौन रोगको जोखिम

असुरक्षित यौन सम्बन्धका कारण व्यक्तिमा यौन रोगको जोखिम बढ्ने गर्छ । तर, कहिलेकाहीँ यस्ता रोगले शरीरमा संक्रमण गर्दा समेत व्यक्तिमा कुनै लक्षण देखा पर्दैन । यसले के जनाउँछ भने यौन सम्बन्धमा बढी सक्रिय हुने व्यक्तिमा यस्ता समस्या पहिलेदेखि नै हुनसक्छ, जसको बारेमा थाहा नहुनसक्छ । के छन् त त्यस्ता समस्या ?

गोनोरिया

असुरक्षित यौन सम्पर्कका कारण मानिसमा  गोनोरियाको संक्रमण हुनसक्छ  । यो संक्रमण व्याक्टेरियाका कारण हुने गर्छ । जसका कारण जेनिटल अंग रेक्टममा संक्रमण हुनसक्छ । महिलाहरूमा प्रायः यस रोगको लक्षण देखिदैन र देखिहालेको खण्डमा पनि धेरै कम तथा व्लाडरको संक्रमण हुने गर्छ ।

हर्पिज

हर्पिज सिम्प्लैक्स टाइप १ले मुखलाई प्रभावित पार्न सक्छ । जसमा मुखको वरिपरि छाला पर्ने गर्छ । जब कि हर्पिज सिम्प्लैक्स टाइप २ मा यसले यौनाङ्गलाई प्रभावित पार्दछ । यौन सम्बन्ध राख्ने क्रममा यो संक्रमण पार्टनरमा  समेत  सर्नसक्छ, जसको लक्षण सजिलै देख्न सकिदैन ।

क्लेमाइडिया

क्लेमाइडिया एक साधारण प्रकारको यौन सञ्चारित रोग हो, जसको कुनै लक्षण देखिदैन । असामान्य रूपमा  यौनाङ्गबाट तरल पदार्थ निस्कनु तथा पिसाब गर्दा पिसाब पोल्नु नै यसको प्रमुख संकेत हो । यो संकेत यौन सम्पर्क गरेको केही समयपश्चात महसुस हुनसक्छ । विशेषगरी, यस्ता संक्रमण मुत्रनलीबाट शरीरमा फैलिनसक्ने भएकाले क्लेमाइडिया भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श लिनुपर्छ ।

ह्युमन पेपिलोमा भाइरस

ह्युमन पेपिलोमा भाइरसले पनि शरीरलाई दुई प्रकारले प्रभावित पार्न सक्छ । यसको प्रभाव कम भएमा यौनाङ्गबाट पानी निस्कन थाल्छ भने यसको प्रभाव बढी भएमो गम्भीर समस्या निम्त्याउन सक्छ । तथापि धेरैजसो अवस्थामा यसको लक्षण नदेखिने र यौनाङ्गबाट पानी पनि नबग्ने हुँदा यस्ता समस्या भएको शंका लागे चिकित्सकसँग परामर्श लिन जरुरी छ ।

Continue Reading…

चौध क्लबले खेलाडी दर्ता गराए

६ असोज, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् ।

एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् ।

एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो ।

खेलाडीको दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौतापत्रसमेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले शुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो । तर क्लबले तयारी नपुगको भन्दै समय मागेपछि एकसाता समय थप गरिएको थियो ।

शुक्रबारसम्म सहभागी १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाइन र हार्डकपी बुझाएका छन् । क्लबले दर्ता गरेको खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सञ्जीव मिश्रले एक दुई दिनमै खेलाडीको नामावली सार्वजनिक गर्ने बताए ।

सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हाडकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दीले अनलाइनबाट मात्र नाम दर्ता गराएका छन् । लिग सञ्चालनका समयमा समेत क्लबलले आवश्यक परेको अवस्थामा खेलाडी दर्ता गर्न पाउने एन्फाले जनाएको छ ।

असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

Continue Reading…

‘यता ब्ल्याकमा टिकट विक्री, उता टिकट नपाएर दर्शकको तछाडमछाड

धेरै बर्ष पहिले नेपाली चलचित्र हेर्दा ब्ल्याकमा टिकट विक्री भएका खबर खुबै सुनिन्थ्यो । दर्शकले टिकट पाउन मुश्किल भएपछि हलमा ब्ल्याकमा टिकट विक्री गरेर पैसा कमाउन केही मानिसहरु सलबलाउथ्य । तर, पछिल्लो समयमा ब्ल्याकमा टिकट विक्री भएको खबर सुन्न कमै मात्र पाइन्छ । तर, शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा पुग्दा अचम्मको दृश्य देखियो । जसको बारेमा चलचित्र बनाउनेदेखि हल संचालकहरुले सोच्न आवश्यक छ ।

काठमाण्डौको गोपिकृष्ण मुभिजमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ हेर्नका लागि दर्शकको भीड बाक्लो थियो । झन्, त्यसमा कलाकार समेत हलमा पुगेपछि भीड बाक्लो हुनु स्वभाविक नै हो । चलचित्रका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरेर र्फकदै गर्दा टिकट काट्ने झ्यालमा तछाड र मछाड गर्दै टिकट काट्नेको लाइन थियो । गोपिकृष्णको ७ पर्दा मध्ये गोपि सबैभन्दा ठूलो हो । यो हलमा बक्स अफिस लागू भैसकेको छ भने यसलाई मल्टिप्लेक्सको दर्जा समेत दिइएको छ । तर, दर्शकको भीड, अव्यवस्थित लाइन, महिला र केटाकेटी समेत भीडमा कोचिएर टिकट काट्नुपर्ने वाध्यता हेर्दा लाग्दैनथ्यो यो कुनै मल्टिप्लेक्स हो ।

२ जना बढी कर्मचारी थपेर व्यवस्थित लाइनमा टिकट काट्ने व्यवस्था गर्न हल संचालकलाई खै किन समस्या परेको हो, वुझ्न गाह्रो थियो । मल्टिप्लेक्स हल भनेर चिनिएका बीग मुभिज, क्यूएफएक्स लगायतका हलमा यस्तो हरिविजोग दृश्य कहिल्यै देखिदैन ।

ब्ल्याकमा टिकट विक्री
यही क्रममा अर्को अजिबको दृश्य पनि देखियो । एकजना हरियो चेक सर्ट लगाएका व्यक्ति भीडमा कोचिएर टिकट काट्न नसक्नेहरुलाई ब्ल्याकमा टिकट विक्री गर्दै थिए । मिडियाको क्यामेरा सोझिएपछि उनी केही हच्किए ।
उनले ३ यूवतीसँग गरेको संवाद यस्तो थियोः

टिकट विक्री गर्नेः बहिनी टिकट लिने हो ? यस्तो भीडमा त टिकट पाउन मुश्किल छ ।
टिकट किन्नेः कति हो एउटा टिकटको ?
टिकट विक्री गर्नेः तपाईहरु ३ जना हुनुहुन्छ । ६ सय रुपैयाँ दिनुहोस् ।

उनले बेच्न लागेको टिकटको हल टिकट दर सय थियो । जबकी उनी एक जनाबाट सोझै सय रुपैयाँ नाफा खान खोज्दै थिए । ती व्यक्तिलाई साथ दिन अर्का एक व्यक्ति पनि तयार थिए । उनको हातमा ठूलो मात्रामा टिकटको बन्डल थियो । दर्शकले भने टिकट नपाएर कोचिएर लाइनमा कराउनु परेको थियो ।

हलको सिट र पर्दा मात्र फेरिएर हुँदैन । हल बाहिर हुने यस्ता खालका गतिविधीमा पनि ध्यान दिन आवश्यक छ । केही समय अगाडि गोपिकृष्ण हलमा एउटा चलचित्रको रिपोटिङका लागि हामी पुग्दा, एक दर्शक आफ्नो मोबाइल चोरी भएको गुनासो प्रहरी समक्ष गर्दै थिए । यस्ता गुनासो शनिबार प्राय सुनिने गर्छन् ।

यसैले, हलमा सिसी क्यामेरा, लाइन व्यवस्थापन, व्यवस्थित तरिकाले टिकट काट्ने व्यवस्था गर्ने कि नगर्ने ? यस्तो भीड हुने हलमा महिला, केटाकेटीका लागि सजिलोसँग टिकट लिने व्यवस्था गर्न अझै आवश्यकता छ । गोपिकृष्णका एक कर्मचारी भन्दैथिए-‘यो भीडमा कसले पकेट मार्छ । कसले ब्ल्याकमा टिकट विक्री गर्छ कसरी थाहा पाउनु । सिसी क्यामेरा राख्नका लागि हामीले धेरै पटक भनिसक्यौ । तर, हलको व्यवस्थापनले सुन्दै सुन्दैन ।’ आशा गरौ, हलमा हुने गरेका यस्ता गतिविधी सुधारिनेछन् ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog