Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Sunday, January 20, 2019

गोविन्दराज जोशीलाई निस्काशन गर्ने बिषयमा देउवा र कोइराला तनहुँको सभामै टकराए

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टीबाट निस्काशन गरेपछि सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला सार्वजनिक सभामै टकराएका छन् । सभापति देउवा र महामन्त्री कोइरालाको मत तनहुँको सभामा बाझिएको छ ।
महामन्त्री कोइराला जोशीलाई पार्टीबाट निस्काशन गर्ने निर्णय सच्याउनु पर्ने पक्षमा उभिए भने पार्टीको अनुशासन तोड्नेलाई कारवाही गरेरै छाड्ने पक्षमा देउवा उभिएका छन् । जोशीको गृहजिल्ला जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा देउवा र कोइराला दुवै उपस्थिति थिएँ ।
‘इतिहाँस बोकेका जोशीजीलाई कारवाही गरेर पार्टी एकढिक्का हुँदैन, उहाँहरुसँग बसेर छफल गर्न आवश्यक छ’ तनहुँको सभामा महामन्त्री कोइरालाले भने ‘अब पनि पार्टी एकढिक्का भएन भने कम्यूनिष्टहरुको बर्चश्व कायम रहन्छ ।’ गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्धार वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेद्धार बनेको भन्दै तनहुँ कांग्रेसले ५ बर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो । जिल्ला पार्टीको निर्णयप्रति महामन्त्री कोइरालाले असहमति जनाएका छन् । छलफल गरेर उनीहरुलाई पनि पार्टीको काममा लगाउनु पर्ने तर्क कोइरालाले गरेका छन् ।
महामन्त्री कोइरालाको तर्कप्रति सभापति देउवाले असहमति जनाए । ‘मतभेद सबै ठाउँमा हुन्छ, केही गुनासा र नमिलेका कुरा छन् भने पार्टीभित्र राख्नु पर्‍यो, सवै बिषयमा छलफल हुन्छ’, देउवाले भने, ‘तर, विधि र विधानभन्दा बाहिर गएर गरिने गतिविधि कुनै पनि हालतमा मान्य हुँदैन र त्यस्तो गतिविधि गर्‍यो त्यस्तै कारवाही हुन्छ ।’ देउवाले पार्टीको अनशासन उलंघन गर्नेलाई कारवाही गरेरै छोड्ने अडान राखे । जोशीको गृहजिल्लामै पुगेर उनले छाडातन्त्र अन्त्य गर्नका लागि पार्टीभित्र अनुशासन समिति बनाउने पनि बताए ।
पार्टीबाट निस्कासित भएपछि जोशी समुहले विशेष महाधिबेशनको तयारी गरेको छ । तर देउवाले विशेष अधिबेशनको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गरे । विशेष अधिबेशनमा लाग्ने कार्यकर्तालाई कारवाहीको चेतावनी पनि दिए ।

Continue Reading…

ग्लोबल आइएमई बैंक र डाएगोनस्टिक एण्ड हेल्थकेयर बिराटनगरबीच सम्झौता

काठमाण्डाै । ग्लोबल आइएमई बैंक र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर बिराटनगरबीच उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । केयरले उपलव्ध गराउने विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा सेन्टरका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र बैंकका शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे । सम्झौता अनुसार सो सेन्टरमा उपचार गराउँदा बैंकका कार्डधनीले १५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले हेल्थकेयरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । बैंकले ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याईरहेको छ ।

Continue Reading…

वाइडबडीका दोषिलाई कारवाही गरेर गुमेको विश्वास फिर्ता गर्ने अख्तियारसँग मौका छ-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले वाइडबडी विमान खरिद प्रकरणमा जोडिएका ब्यक्तिमाथी कडा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । खरिद प्रकरणमा देशकै ठुला ब्यक्तिहरुको संलग्न रहेको आरोप लागिरहेका थापाले दवाव र प्रभावमा नपरी संबैधानिक निकायको कर्तब्य निभाउन अख्तियारलाई आग्रह गरेका छन् । वाइडबडी विमान खरिदमा बाहिरिरुपमा बहालवालासहित तीन मन्त्री, दुई सचिवसहित ३८ जनालाई दोषि देखाइएको छ । तर भित्रीरुमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नाम आउन थालेको छ ।

‘भ्रष्टाचारमा संलग्न भएको कसैलाई पनि छाडिन्न भन्ने कुरा स्थापित गर्ने बेला पनि यही नै हो’ अख्तियारप्रति लक्षित गर्दै थापाले भने ‘पूर्व प्रधानमन्त्रीहरु प्रायः सबैको नाम मुछिएर आएको छ । यत्रो ठूलो प्रकरण भइसकेपछि दूधको दूध पानीको पानी हुनुपर्छ ।’ थापाले समितिले प्रतिवेदन तयार पारेर सम्बन्धित निकायलाई बुझाइसकेको भन्दै थप अनुसन्धान गर्न र आफुलाई सावित गर्न संबैधानिक निकायलाई आग्रह गरेका छन् ।

उनले कांग्रेस सभापति देउवा दोषि भएपनि कारवाही गर्न अख्तियारलाई आग्रह गरेका छन् । ‘नेपालमा कानुनभन्दा माथि कोही छैन भन्ने मान्यता स्थापित गराउने यो एउटा मौका हो’ थापाले भने ‘संवैधानिक निकायले आफ्नो स्वायत्ततालाई कायम गरेर यसको निष्पक्ष छानबिन गर्नु पर्छ । त्यो छानबिन गरेर दोषी आउँदै गर्दा मेरै पार्टीका सभापति आए पनि वा जोसुकै आए पनि नेपालमा कानुनभन्दा माथि कोही छैन भन्ने स्थापित गराउनु पर्छ । यस्ता भ्रष्टाचारमा संलग्न भएको कसैलाई पनि छाडिन्न भन्ने कुरा स्थापित गर्ने बेला पनि यही नै हो । नेपालको संवैधानिक निकाय अख्तियारको गुमेको विश्वास स्थापित गर्ने बेला आएको छ ।’ एउटाले अर्कोलाई आरोप लाउने अनि तैँ चुप मै चुप गरेर बस्न नुहँने तर्क थापाले राखेका छन् । ‘

Continue Reading…

५ नम्वर प्रदेशमा गाडी खरिद प्रकरणको छानविन समितिले भन्यो–नियतमा खोट देखियो

बुटवल । गाडी खरिद प्रकरणमा भएको भ्रष्टाचारमा छानविन गर्न बनेको छानविन समितिले ५ नम्वर प्रदेशको सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ । गाडी खरिद प्रकरणमा अनिमितता भएको पाइएपछि लेखा समितिले छानविन उपसमिति बनाएको थियो । छानविन उपसमितिले आइतवार आफ्नो प्रतिबेदन बुझाएको छ ।
समितिले पूर्णतया छानविन नै नगरी प्रतिबेदन बुझाएको छ । अध्ययन पूरा नै नगरी प्रतिवेदन दिएको समितिका सदस्यहरुले नै बताएका छन् । ५ नम्बर प्रदेशका मन्त्रालय र प्रदेश सभामा नयाँ खरिद भएका गाडीमा अनियमितता भएको आशंकामा उपसमितिले छानबिन सुरु गरेको थियो। मन्त्रालय र प्रदेश सभाले खरिद गरेका १५ वटा टाटा स्ट्रोम गाडी बजारमुल्यभन्दा करिब साढे चार लाख बढी रुपैयाँमा खरिद गरिएको छ ।
उपसमितिले खरिद ऐन प्रक्रियामुखी, झण्झटिलो र चलखेलका अवसर रहेकाले त्यसमा सुधार हुनुपर्ने सुझाव दिएको भएपनि खरिद प्रक्रियाको अनिमिततामा मौन रहेको छ । ‘खरिद नियममा खास त्रुटि छैन, यो प्रारम्भिक अध्ययन मात्रै हो’, उप–समितिका संयोजक कुलप्रसाद पोख्रेलले भने, ‘नियतमा केही खोट देखिन्छ, हामी प्राविधिक रुपमा त्यसको अध्ययन गर्छौ।’

Continue Reading…

Saturday, January 19, 2019

गलबन्दीको गहिरो प्रेममा केकी अधिकारी

काठमाडौं । झापाको उर्लाबारीमा लामो समयदेखि बस्दै आएका भूटानी शरणार्थीको प्रेम कहानीमा आधारित फिल्म गलबन्दी निर्माण हुने भएको छ । नेपाली चलचित्रकी स्टार अभिनेत्री केकी अधिकारी र अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका चलचित्र निर्माण हुन लागेको हो ।

भूटानी शरणार्थीको शिविरमा रहेका केटा र बाहिर रहेकी केटीबीचको प्रेम कहानी गलबन्दीमा राखिएको छ । अनिष थापाले गलबन्दीको निर्देशन गर्न लागेका छन् । चलचित्र निर्माणको घोषणा उर्लाबारीमा गरिएको छ । चलचित्रको छायांकन आगमी शनिबारबाट सुरु हुने बताइएको छ ।
नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेका छन् । चलचित्रमा वुद्दि तामाङ, रमेश वुढाथोकी, अर्जुन गुरुङ, यज्ञवहादुर कटुवाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहने भएको छ । गाउँ र शहरको परिवेश मिलाएर बनाउन लागिएको यो फिल्म प्रेम कहानीमा आधारित छ । बिगत केही समययता नेपाली चलचित्रमा गहिरो प्रेमको कहानी भेटिदैन्थ्यो । बढि मात्रामा हास्य क्षेत्रमा जोड दिँदै आइएको थियो । तर गलबन्दीमा भने गहिरो प्रेमको कहानी रहेको छ ।

Continue Reading…

डाइरेक्टरले म माथी यौन हिंसा गरेका ८ बर्षपछि थाहा पाएँ–अभिनेत्री स्वरा भास्कर

एजेन्सी । भारतीय चर्चित अभिनेत्री स्वरा भास्करले सुटिङ स्थलमा आफुमाथी फिल्मका डाइरेक्टरले यौन शोषण गरेको बताएकी छिन् । डाइरेक्टरले यौन शोषण गर्दा त्यो बेला आफुमा प्रतिवाद गर्ने क्षमता नभएको बताएकी छिन् ।

मी टू अभियानमा चुपचाप बसेकी भास्करले एक डाइरेक्टरले आफुमाथी यौन उत्पीडन गरेको बताएकी छिन् । ‘केही समय पहिले एक महिलाले यौन हिंसाका बारेमा बताएपछि म माथीपनि यौन हिंसा भएको थाहा पाएँ’ भास्करले भनिन् ‘डाइरेक्टरले म माथी गरेको ब्यवहार यौन हिंसा हो भन्ने कुरा बुझन मलाई ८ बर्ष लाग्यो ।’
त्यति बेलाका डाइरेक्टर बेबकुफ र र सातिर भएको बताएकी छिन् । ‘मलाई सेक्सुअल हैरेसमेन्ट गर्न खोजेका थिए’ स्वाराले भनेकी छिन् ‘त्यो बेला मैले उनको ब्यवहार बुझन सकिन किनकी हाम्रो समाजमा केटीहरुलाई केटाहरुको ब्यवहारका बारेमा जानकारी दिइदैन ।’ उनले केटीहरुलाई यौन उत्पीडनका बारेमा शिक्षा दिन जरुरी भएको बताएकी छिन् । केटीहरुले यौन शिक्षा लिएपछि मात्र आफुमाथी भएको हिंसाका बिरुद्ध उत्रिन सक्ने हुन्छन्’ स्वाराले भनिन् ।

Continue Reading…

मन्त्रीबाट कुटिएका सचिवको अर्काे बयानः मलाई मध्यरातमा फेरी थप्पड हानियो

काठमाडौं । मन्त्रीबाट कुटाई खाएका २ नम्वर प्रदेश वन तथा तथा वातावरण मन्त्रालयका सचिव बिद्यानाथ झाले आफुमाथी मध्यरातमा थप्पड परेको बताएका छन् । ‘आज मध्यरातमा फेरी अर्को थप्पड खाइयो। चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गई रहेको छु’ सामाजिक सञ्जाल फेसबुकमा आफुमाथी फेरी थप्पड हानिएको बताउँदै उनले अन्तिम साससम्म मन्त्रीकाबिरुद्ध लड्ने बताएका छन् ।
२ नम्वर प्रदेशका अर्थमामिला मन्त्री बिजय यादवले आफ्नै कार्यकक्षमा सचिव यादवमाथी हातपात गरेका थिए । त्यसपछि कर्मचारीहरु दुई दिन आन्दोलित पनि भएका थिए । कुटपिटको घटना अन्तिम निस्कर्षमा नपुग्दै कर्मचारीले आन्दोलन छोडेका छन् । कर्मचारीले आन्दोलन छोडेपछि सचिव बिद्यानाथ आक्रोसित पनि बनेका छन् ।

कर्मचारीले निकालेको विज्ञप्तीप्रति असन्तुष्टी जनाउँदै सचिव बिद्यानाथले लेखेका छन् ‘ बिज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईहरु प्रति रहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्रीबीच भएको घटना तपाईहरुको बिज्ञप्तीसँग मेल खाँदैन । आधिकारिक धनुषाका साथिहरुले के का लागि आन्दोलन उठान गर्नुभएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो ।

कर्मचारीलेबीचमै आन्दोलन रोकेपछि उनी आक्रोसित बनेका छन् । प्रदेश सरकारले बनाएको छानविन समितिले आज प्रतिवेदन दिँदैछ । तर सचिव झा भने अन्तिमसम्म लड्ने उद्घोष गरिरहेका छन् । ‘दुइ तिन दिन पेन डाउन गरेर नाटक गर्नु भयो र शक्तिका अगाडी घुडा टेक्नु भो। तर भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको सत्य र सदाचार हार्नु हो। मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडी टिक्नु हुन्न भने मलाई उतिबेला पनि राम्ररी थाहा थियो’ फेसबुकमा झाले लेखेका छन् ।

Continue Reading…

नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा भर्ना

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहाल पुत्र प्रकाश दाहालको निधनपछि निकै तनावमा परेकी थिइन । प्रकाशको निधनपछि उनी अझै तंग्रिन सकेकी छैनन् ।
केही दिनयता निरन्तर ज्वरो र खोकी लागेपछि उनलाई आइतवार विहान अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । घरमा पनि उनको उपचार गरिएको थियो । तर ज्वरो र खोकी नियन्त्रणमा नआएपछि अस्पतालमा भर्ना गरिएको छ ।
सीता दाहाललाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ । दाहालको डा. युवराज शर्माको टोलीले उपचार गरिरहेको छ । लामो समयदेखि सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । उनको उपचार भारतदेखि सिंगापुरका अस्पतालमा उपचार गरिएको थियो ।

Continue Reading…

कांग्रेस नेता गाउँ-शहरमा ब्यस्त, नेकपा नेता धुम्वाराही र सिंहदरवारमा मस्त !

काठमाडौं । प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेस महासमितिको बैठकपछि गाउँ शहरमा प्रशिक्षण र सभामा ब्यस्त छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रभावशाली नेताहरु राजधानी बाहिर ब्यस्त छन् । तर प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भने पार्टी मुख्यालय धुम्वाराहीमा बन्धक बनेको छ ।

निर्मला हत्या प्रकरण, वाइडबडी जहाज खरिद, डा. गोविन्द केसी नेकपाबिरुद्ध प्रहार गर्ने कांग्रेसका हतियार हुन् । कांग्रेसका प्रभावशाली नेताहरु गाउँदेखि सहरसम्म पार्टी सुदृढिकरणमा लागेका छन् । केन्द्रीय स्तरका नेता जिल्ला, प्रदेश र जिल्ला नेताहरु गाउँ र नगरपालिकामा यतिबेला ब्यस्त छन् । देउवा पत्नी आरजुले शनिवार धनगढीमा प्रशिक्षण प्रोजेक्टरसहित कार्यकर्ता प्रशिक्षण चलाइन भने पोखरा पुगेर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

पछिल्लो दिनहरुमा बरिष्ठ नेता रामचन्द्र पौडेल पनि जिल्ला यात्रामा छन् । कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला प्रदेश नम्वर १ र २ मा बढि क्रियासिल छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले ७ नम्वर प्रदेशलाई बढि प्राथकिता दिएका छन् । उनीहरु सवैले पार्टी एकढिक्का भएको संदेश एकातिर दिन खोजेका छन् भने अर्काेतिर भावी महाधिबेशनको तयारी पनि गरेका छन् ।

कांग्रेस नेताहरुले वाइडबडी, निर्मला हत्या प्रकरण र डा. केसीसँग भएको सम्झौतालाई लिएर एकतर्फी सरकारमाथी आक्रमण गरिरहेका छन् । तर प्रतिरक्षा गर्ने नेकपाका नेताहरु भने राजधानी काठमाडौं र पार्टी मुख्यालय धुम्वाराहीमा घाम तापेर बसिरहेका छन् । पार्टीको मुल नेतृत्वले एकता टुंगो नपुरयाएका कारण नेता र कार्यकर्ता निस्कृय बनेका छन् । जनतामा जान एजेन्डा चाहिन्छ, तर एजेन्डा विहीन भएर कसरी जनतामा जाने ? नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले भने एकीकरणको काम नसकिएसम्म पार्टी क्रियासिल हुने छाँट छैन ।

पार्टी एकता सम्बन्धी अन्तिम खाका बनाउन गठित ९ सदस्यीय कार्यदल पनि विवादमा फसेको छ । कार्यदलभित्रको एक समुहले प्रदेश कमिटीका सदस्यहरु हेरफेर गर्नुपर्ने अडान राखेको छ भने अर्काे पक्षले प्रदेश कमिटी चलाउन नमिल्ने तर्क गरेको छ । यही बिवादका कारण कार्यदलले आफ्नो कार्य अगाडी बढाउन सकेको छैन । कार्यदलले एकताको अन्तिम खाका नदिँदा स्थायी कमिटीको बैठक पनि बस्न सकेको छैन ।

पार्टीले योजना नदिएपछि काम विहीन बनेका नेकपा नेताहरु पार्टी कार्यालयमा घाम तापेर दिन कटाइरहेका छन् भने कतिपय नेताहरु सिंहदरवारमा मन्त्रीसँग चियाको चुस्कि लिइरहेका भेटिन्छन् । पार्टीले कुनै जिम्मेवारी नदिएपछि उनीहरु पूर्णतया फुर्सदिला बनेका छन् ।

Continue Reading…

पीएसजीको जीतमा एम्बाप्पे र काभानीको ह्याट्रिक,गुईनग्याम्पको पोष्टमा ९ गोल

काठमाण्डौ । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले गोलको वर्षा गर्दै शानदार जीत दर्ता गराएको छ । गएराति भएको खेलमा पीएसजीले गुईनग्याम्पलाई ९–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा केलियन एम्बाप्पे र ईडिन्सन काभानीले ह्याट्रिक पुरा गरेका थिए । दुई गोल नेयमारको नाममा रह्यो । अर्को एक गोल थोमस मुनिरले गरे । जितसंगै पीएसजीले फ्रेन्च कपमा ब्यहोरेको हारको बदला समेत लिएको छ । दश दिन अघि भएको खेलमा गुईनग्याम्पसंग २–१ ले पराजित हुँदै पीएसजी फ्रेन्च कपबाट बाहिरिएको थियो । तर ९–० गोल अन्तरले पराजित गर्दै पीएसजीले हारको बदला लिन सफल भएको छ ।

खेलको ११ औ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३७ र ४५ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाएका थिए । काभानीले ५९, ६६ र ७५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६८ औ मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल थपे । ८० औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरे । मुनिरले ८३ औ मिनेटमा गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । जीतसंगै शीर्ष स्थानको पीएसजीले १९ खेलबाट ५३ अंक जोडेको छ । दोस्रो स्थानको लिली भन्दा पीएसजी १३ अंकले अगाडी छ । पराजित गुईनग्याम्प १४ अंक सहित तालिकाको पुछारमा छ ।

Continue Reading…

चेल्सीलाई हराउँदै आर्सनल पुनः पाँचौ स्थानमा उक्लियो

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा आर्सनलले जीत निकालेको छ । गएराति आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई २–० गोल अन्तरले पराजित भएको हो । जीतसंगै आर्सनलले प्रिमियर लीगको शीर्ष चार भित्रको दौडमा आफुलाई कायम राखेको छ ।

घरेलु मैदानमा आर्सनलले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि आर्सनलले महत्वपूर्ण जीत हात पारेको हो ।

खेलको १४ औ मिनेटमा एलेकजेन्डर लाकाजेट्टीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । ३९ औ मिनेटमा लाउरेन्ट कोस्सिल्नीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । गोलका प्रशस्त अवसर सिर्जना गरेपनि चेल्सी गोल गर्न असफल रह्यो । आर्सनल ४४ अंक सहित पाँचौ स्थानमा छ । चौथो स्थानको चेल्सी ४७ अंक सहित आर्सनल भन्दा मात्र ३ अंकले अगाडी छ ।

Continue Reading…

आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृति

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आजदेखि श्रम स्वीकृति सेवा सुरु हुने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति दिने भएको छ ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालय श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको मन्त्रालयले जनाएको छ । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णालीवासीले हजारौं खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

कर्णालीमा सेवा शुरु भएसँगै त्यहाँका सेवाग्राहीको खर्चमा कमी आउनुका साथै समयको बचत हुने भएकाले उनीहरुलाई राहत पुग्नेछ । सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । यसअघि दैनिक एक हजारको सङ्ख्यामा युवा श्रम स्वीकृतिका लागि श्रम कार्यालय पुग्ने गरेका थिए । सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत देखिएको थियो ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।

Continue Reading…

सरकारको निर्णय : अख्तियारका पदाधिकारी र कर्मचारीलाई सयप्रतिसत प्रोत्सान भत्ता !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति प्रश्न उठिरहेका बेला सरकारले त्यहाँ कार्यरत कर्मचारी र पदाधिकारीलाई सतप्रतिसत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ । सानादेखि ठुला भ्रष्टाचार काण्डमा अख्तियारले राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्र दोषी ठान्ने गरेको आरोप लागेको छ ।

विगत १० बर्षयता कुनैपनि राजनीतिक दलका नेतामाथी भ्रष्टाचारको मुद्दा चलेको छैन । राजनीतिक नेतृत्वसँग डराएको अख्तियार साना कर्मचारीमाथी कारवाही चलाइरहेको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषदको बैठकले अख्तियारमा कार्यरत पदाधिकारी र कर्मचारीलाई सयप्रतिसत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ । यसअघि पनि त्यहाँ कार्यरत कर्मचारीहरुले ७० प्रतिसत प्रोत्सान भत्ता पाउँदै आएका थिए । तर वर्तमान सरकारले प्रोत्सान भत्ता बढाएर सय प्रतिसतमा पुरयाएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले अख्तियारका प्रस्तावमा माघ १ देखि लागू हुने गरी पदाधिकारी र कर्मचारीलाई मासिक खाइपाई आएको तलव बराबर प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सरकार गठन भएलगतै फजुल खर्चमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको थियो । तर आफ्नै प्रतिबद्धता विपरित कर्मचारीलाई प्रोत्सान भत्ता दिन थालेको छ । तर दिनभर सडकमा बसेर डिउटी गर्ने प्रहरीहरुले भने प्रोत्सान भत्ता पाउँदैनन् । अख्तियारका कर्मचारीलाई मात्र बर्षेनी प्रोत्सान भत्ता दिन गरिएको छ । अख्तियारमा १० हजारभन्दा बढि भ्रष्टाचारका उजुरी छन् । बर्षाै पहिलेदेखि परेका उजुरीमाथी कुनै कारवाही अगाडी बढाएको छैन । तरपनि त्यहाँ काम गर्ने कर्मचारी र पदाधिकारीलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

Continue Reading…

सेभिल्लालाई हराउँदै रियल मड्रिड लीगको तेस्रो स्थानमा उक्लियो

काठमाण्डौ । स्पेनिस ला लिगामा रियल मड्रिडले जीत दर्ता गराएको छ । शनिबार भएको खेलमा सेभिल्लालाई २–० गोल अन्तरले हराउँदै रियलले तालिकामा तीन अंक जोड्न सफल भयो ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रोहाफमा रियलले २ गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा क्यास्मिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने खेलको अतिरिक्त समयमा लुका मोड्रिचले गोल गर्दै समग्रमा रियलले २–० को जीत निकालेको छ । जीतसंगै रियल सेभिल्लालाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । रियलको २० खेलबाट ३६ अंक भएको छ भने सेभिल्लाको समान खेलबाट ३३ अंक रहेको छ ।

Continue Reading…

सोल्सायर प्रशिक्षकमा आएपछि म्यान्चेष्टर युनाइटेडको लगातार सातौं जीत

काठमाण्डौ । इंग्लिश प्रिमियर लीगमा म्यान्चेष्टर युनाइटेडले जीत निकालेको छ । शनिबार भएको खेलमा म्यान्चेष्टरले ब्राइटनलाई २–१ गोल अन्तरले हराएको हो ।

म्यान्चेष्टरको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली विरुद्ध खेलको २७ औं मिनेटमा पेनाल्टी मार्फत पाउल पोग्बाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । त्यसैगरि खेलको ४२ औ मिनेटमा म्यान्यूका लागि मार्कस राष्फोर्डले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ २–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा ब्राइटनका पास्कल ग्रोसले खेलको ७२ औ मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।

नयाँ प्रशिक्षकमा गुनर सोल्सायर आएपछि युनाइटेडको यो लगातार सातौं जीत हो । जीतसंगै युनाइटेड २३ खेलबाट ४४ अंक बनाउँदै लीगको पाँचौ स्थानमा उक्लिएको छ भने खेल हारेको ब्राइटन २३ खेलबाट २६ अंक सहित १३ औं स्थानमा रहेको छ । आजै भएको खेलमा न्युक्यासलले कार्डिफ सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । साउथह्याम्टनले एर्भटनलाई २–१ गोल अन्तरले नै पराजित गरेको छ । वाटफोर्ड र बर्नलीले गोल रहित बराबरी खेलेका छन् ।

Continue Reading…

लिभरपुलको संघर्षपूर्ण जीत,सिटीसंगको दुरी ७ अंक

काठमाण्डौ । इंग्लिश प्रिमियर लीगमा शीर्ष स्थानमा रहेको लिभरपुलले जीत हात पारेको छ । शनिबार भएको खेलमा क्रिष्टल प्यालेसलाई ४–२ गोल अन्तरले हराउँदै लिभरपुलले जीत दर्ता गराएको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा क्रिष्टलले एन्डोस टाउनसेण्डको गोलको मद्दतले अग्रता बनाएको थियो । तर,खेलको दोस्रो हाफमा लिभरपुलले ३ गोल गर्न सफल भयो र पाहुना टोलीलाई असफल तुल्याउँदै शीर्ष स्थानको अंकदुरी फराकिलो बनाउन लिभरपुल सफल भयो । खेलको ४६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने लगतै ५३ औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याएका थिए ।

तर खेलको ६५ औं मिनेटमा प्यालेसका लागि जेम्स टोम्किन्सले गोल फर्काएर खेललाई २–२ को बराबरीमा ल्याएका थिए । खेलको ७५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–२ को स्थितिमा पुर्याएका थिए । खेलकाे अन्तिम समयमा साडियाे मानेले गाेल गर्दै ४–२ काे जीत दिलाएका थिए । जीतसंगै  २३ खेलबाट ६० अंक बनाएको छ भने प्यालेसको समान खेलबाट २२ अंक सहित १४ औं स्थान रहेको छ ।

Continue Reading…

घरेलु मैदानमा उल्भ्सह्याम्टनले बाजी मार्यो,लेष्टर सिटी पराजित

काठमाण्डौ । इंग्लिश प्रिमियर लीगमा उल्भ्सह्याम्टनले लेष्टर सिटीलाई पराजित गरेको छ । शनिबार भएको खेलमा उल्भ्सले लेष्टरलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा उल्भ्सकालागि डायगो जोटाले ह्याट्रिक पुरा गरेका थिए । खेलको चौंथो मिनेट मै जोटाको गोलमा उल्भ्सले अग्रता बनाएको थियो । त्यसपछि १२ औं मिनेटमा रायन बेन्नेटले दोस्रो गोल गरेका थिए । पहिलो हाफ २–० को स्थितिमा सकिएको थियो । खेलको दोस्रो हाफमा लेष्टर फर्कने कोशिषमा थियो । खेलको ४७ औं मिनेटमा डेमाराइ ग्रेले लेष्टरका लागि पहिलो गोल फर्काए त्यसपछि ५१ औं मिनेटमा लेष्टरले आत्माघाती गोल उपहार पाएको थियो र खेल २–२ गोलको बराबरीमा थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ६४ औ मिनेटमा जोटाले उल्भ्सकालागि व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्याउन सफल भए । खेलको ८७ औं मिनेटमा लेष्टरको लागि वेस मोर्गानले गोल गर्दै ३–३ को बराबरीमा ल्याउन सफल भए । अतिरिक्त समयको अन्तिम विन्दुमा जोटाले ह्याट्रिक पुरा गर्दै उल्भ्सलाई ४–३ को जीत दिलाउँदै अंक तालिकामा ३ अंक सुधारे । जीत संगै उल्भ्स २३ खेलबाट ३२ अंक सहित ९ औं स्थानमा रहेको छ भने खेल हारेको लेष्टर २३ खेलबाट ३१ अंक सहित ११ औं स्थानमा रहेको छ ।

Continue Reading…

‘Whpedia’ बाट हजारौं रोजगारी सृजना गर्दै तारा र विजय

युवाहरुको वेरोजगारी नेपालको ठूलो समस्या र चुनौती बनिरहेको छ । हरेक वर्ष लाखौंको संख्यामा नेपाली श्रमशक्ति (दक्ष, अर्धदक्ष र अदक्ष) रोजगारीको खोजीमा   खाडिलगायतका मुलुकहरुमा जाने गर्दछन् । अरुको को त के कुरा पढेका दक्ष जनशक्तिसमेत देशमा वेरोजगार छन् । रोजगार पाइहाले पनि ८ १२ घण्टा काम गर्दा पनि छाक टार्न कठिन हुन्छ ।

राजधानीमा लामो समयदेखी गरिवी, वेरोजगार र महंगीबीच ठूलो युद्ध चलिरहेको छ । धेरै युवाहरु यो सहरको महंगीसँग लड्न नसकेर खाडिमुलुक पलायन भैरहेका छन् । युवा शक्तिको विदेश पलायन यही संख्यामा भैरहने हो भने नेपाल वृद्धहरु वस्ने देश बन्ने देखिन्छ । युवाहरुको विदेश पलायन हेर्दा यस्ते लग्छ नेपाल विदेशीहरुका लागि कामदार उत्पादन गर्ने देश हो । पढेलेखेका युवाहरुको विदेश पलायन हेर्दा लाग्छ नेपालका विश्वविद्यालय वेरोजगार उत्पादन गर्ने कारखाना हुन् । तर अपवाद बनेका छन् तारा खत्री र विजय शर्मा ।

वर्दीयादेखि धेरै पढेर राम्रो जागिरे बन्ने सपना मनभरी भरेर तारा र विजय चार वर्ष पहिले राजधानी आए । घण्टाघरसँगै रहेको त्रिचन्द्र कजेलमा भर्ना भएर यी दुई युवाहरुले बिएस्सी सकिसकेका छन् ।

यी दुई भाई विगत एक वर्षदेखि वेरोजगार शिक्षित युवाहरुलाई पार्ट टाइम जवको व्यवस्था गर्ने लक्ष्यसहित अनलाइनको माध्यमबाट काम गरिरहेका छन् । अहिले उनीहरुसँग दुई हजारभन्दा बढी वेरोजगार शिक्षित युवाहरु सम्पर्कमा छन् । १६४ विद्यार्थी उपत्यकाका विभिन्न स्थानहरुमा होम ट्युसन पढिरहेका छन् । यी नै दुई युवाहरुसँग गरिएको कुराकानीको सम्पादिन अंश उनीहरुकै भाषामा ।

 

हामी त्रिचन्द्र कलेजमा पढिरहेका थियौं । विहानको पढाइका कारण दिनभर फुर्सद हुन्थ्यो । त्यो फुर्सदको समय केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । जागिर खोजेको ८ घण्टा काम गर्दा १०-१५ हजार मात्र कमाइ हुने । त्यो पनि पार्ट टाइम कामै पाइएन । फुल टाइम काम गर्न पढाइका कारण नभ्याइने ।

काम खोज्दै जाँदा एक दिन होम ट्युसन पढाउने काम भेटियो । जुन विद्यर्थीलाई पहिलो पटक होम ट्युसन पढाइयो त्यो विद्यार्थीको रिजल्ट निकै राम्रो आयो । त्यसपछि त्यो क्षेत्रमा होम ट्युसन पढ्ने थुप्रै विद्यार्थी भेटियो । हामी दुई जनाले मात्रै पढाउनै भ्याएनौं । साथीहरुलाई पनि हामीले काम मिलाइदिन थाल्यौं ।

हामीले यो क्षेत्रमा धेरै सम्भावना देख्यौं । हामीले अध्ययन गर्दा के पायौं भने  विद्यालयको पढाइमा ७० प्रतिशत विद्यार्थीको ध्यान अन्तै जाने कारणले राम्रो रिजल्ट नआएको पाइयो । अर्को कुरा कुनै विद्यार्थीलाई अलग्गै एउटा शिक्षकले शिक्षण गर्दा १० जना विद्यार्थीमा गरिएको परिक्षणमा ९ जना विद्यार्थीको रिजल्ट राम्रो भएको पाइयो । हामी यो निष्कर्षमा पुग्यौं कि यो क्षेत्रमा केही गर्नु पर्छ । हाम्रो खाँचो छ ।

हाम्रो एक वर्षको अध्ययनले भन्यो राजधानीमा हजारौं अभिभावकहरु छोराछोरीका शैक्षिक गुणस्तर सुधार गर्न दक्ष शिक्षक खोजीरहेका छन् तर पाइरहेका छैनन् । हामीले यहि क्षेत्रमा काम गर्नुपर्छ भन्ने हठोट गर्यौं । हामीले सोच्यौं कुनै विद्यार्थी आर्थीक समस्याले राम्रो पढाइ गर्नबाट बञ्चित नबनुन् ।

हामीलाई दुई कुराले निकै छेएको थियो । कलेज पढिरहेका दक्ष जनशक्ति जो पार्ट टाइम काम गर्न चाहेर पनि पाइरहेका छैनन् । अर्को कुरा बजारमा छोराछोरीलाई घरमै पढाउन दक्ष शिक्षक खोज्दा नपाइरहेकाहरु थुप्रै भेटियो । हामीले राम्रो पढाउन सक्ने शिक्षक पनि खोजिदियौं र उहाँहरुलाई विद्यार्थी पनि खोजिदयौं ।

अहिले हामीसँग २००० भन्दा धेरै शिक्षकहरु सम्पर्कमा छन् र राजधानीमा मात्रै १६४ विद्यार्थी होम ट्युसन पढिरहेका छन् । हामीसँग एकजना शिक्षक हुनुहुन्छ जो विहान र वेलुका एक एक घण्टा पढाएर मासिक २२ हजार पाँच सय कमाउनुहुन्छ ।

राजधानीमा मात्रै ‍२५ वटा विद्यालयको एसईई परिक्षाको नतिजा शून्य आएको पाइएको छ । हामी ती विद्यालयका विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाउने उद्देश्यले स्वयंसेवक शिक्षकहरुको सञ्जाल बनाउँदै छौं । त्यो दिनको केही समय दिन सक्ने कमाइको अन्य स्रोत भएका शिक्षकहरुको सञ्जाल हुनेछ । त्यसैगरी अपाङ्गता भएकाहरुका लागि पनि निशूल्क सीपमूलक तालिम दिने अर्को काम पनि हामी गरिरहेका छौं । जो जहाँ हुनुहुन्छ त्यही यी सबै काम गरी संयन्त्र बनाइरहेका छौं । यो सबै काम गर्न हामीलाई अभिभाकहरुले पनि विस्वास र हौंसला प्रदान गरिरहनुभएको छ । उपत्यकाका १५३ स्टेशसनरीहरुले पनि प्रत्येक्ष हाम्रो यो कामलाई सहयोग गरिरहनुभएको छ ।

अहिले हामीले Whpedia नामक वेवसाइट बनाएका छौं । अब मोबाइल एप्स पनि बनाउँदै छौं । हामी यो एप्सबाट होम ट्युसन मात्र होइन चित्रकाला, संगीत आईटी व्युटी पार्लर लगाएतका थुप्रै ज्ञान भएकारहरुका लागि पनि सक्ने विद्यार्थीहरु खोजिरहेका छौं ।

हाम्रो वेयवसाइट www.whpedia.org मा गएर अहिले पनि अनलाइनमार्फत शिक्षक विद्यार्थीहरु हाम्रो यो अभियानमा जोडिन सक्नुहुन्छ । तपाई राम्रो पढाउन सक्नुहुन्छ तर काम पाइरहनुभएको छैन भने पनि whpedia जोडिनुस् । तपाईलाई दक्ष शिक्षक चाहिएको छ भने पनि whpedia मा जोडिनुस् । तपाईले पढाउने विद्यार्थी पनि पाउनुहुने छ र दक्ष शिक्षक पनि पाउनुहुने छ ।

अहिलेसम्म त हामीले राजधानीमा मात्र यो काम गरिरहेका छौं । तर अब उपत्यका बाहिर पोखरा, विराटनगर,  बुटवलगायतका शहरहरुमा पनि यो काम गर्ने तयारी भैरहेको छ ।

 सोंच बदालौं दुनियाँ आफै बदलिंन्छ ।

Continue Reading…

अब छिट्टै नेपाल तीब्र रुपमा आर्थिक विकास गर्ने देशको सूचिमा पर्ने प्रधानमन्त्रीको दावी

काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही समय भित्रै नेपालले सबैभन्दा तीव्र रुपमा आर्थिक विकास गर्ने राष्टहरुको सूचीमा आफ्नो स्थान बनाउँदा अचम्म नमान्न आग्रह गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कांग्रेस चितवनका नेता तथा पूर्वसांसद तीर्थराज भुषाललाई नेकपामा स्वागत गर्दै प्रधानमन्त्री ओलीले देश तीब्र आर्थिक विकासको बाटोमा अगाडि बढीसकेको दावी गरेका थिए । नेपालीको प्रतिव्यक्ति आयलाई हेर्न अनुरोध गर्दै अध्यक्ष ओलीले तथ्यगत कुरा गर्दा आफूलाई तथ्यांकमा खेल्ने गरेको आरोप लाग्ने गरेको बताए। उनले आफूलाई तथ्यमा खेल्ने कुनै शोख नरहेको समेत प्रष्ट पारेका छन् । उनले राजनीतिको लामो यात्रा पूरा गरेको भन्दै अबको यात्रा विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने दावी गरे।

उनले आफूहरुले कसैलाई अनावश्यक र झुठो आरोप नलगाउँने र आफूले गरेका कामको अनावश्यक प्रचार गरेर आत्मरति पनि नलिने बताए। उनले सरकार संघीयताको व्यवस्थापनमा लागेको र हरेक काम शून्यबाट सुरु गर्नुपर्ने भएका कारण कामको रफ्तार नदेखिए पनि अब व्यवस्थापको काम सकिएको र सरकार नयाँ गतिका साथ अगाडि बढ्ने दावी समेत गरे।

अबको केही समयमै पार्टी एकता टुंगिइसक्ने बताउँदै उनले पार्टी्भित्र कुनै समस्या नरहेको समेत स्पष्ट पारे। नेकपा लोकतान्त्रि पार्टी भएको भन्दै उनले छलफलमा स्वतन्त्रता भए पनि निर्णयको बेला एकजुट हुने र त्यसलाई कार्यान्ययनमा लैजाने बताए। ‘बाहिर फरक फरक देखिए पनि नेकपाको सर्वसम्मत निर्णय गरेको देखेर दुनियाँ छक्क परेका छन्’, उनले भने, ‘किनभने लोकतान्त्रिक अभ्यास, सहिष्णुता, लचकता फराकिलोपन नेकपामा छ।’ मातहतका कमिटी एकतामा केही ढिलाई भएको छ त्यो स्वीकार्दै अध्यक्ष ओलीले अब केही दिन भित्रै एकताको काम सकिने दावी समेत गरेका छन् ।

उनले नेकपासँग यतिबेला सबै डराइरहेको र यसमाथि आक्रमण सरु भएको बताए। ‘कोही हसियाँ हथौडासँग डराउछन् त कोही समाजवाद शब्दसँग, उहाँ त्यो दुबै बुझेर नेकपामा प्रवेश गर्नु भएको हो’, नेता भुसालतर्फ संकेत गर्दे प्रधानमन्त्री ओलीले भने।कांग्रेस नेता भुसाललाई स्वागत गर्दै उनले पार्टीमा उपयुक्त स्थान दिने समेत बताए।

हामीले सोचेको रफ्तारमा नलाग्नुका कारण व्यवस्थापनका काममा लाग्नु भएको भन्दै उनले अब सरकारले गति लिने दावी गरे।नवप्रवेशी भुसालले आफू देशको विकास र समृद्धिका लागि नेकपामा प्रवेश गरेको बताए। उनले आफू जहाँ लाग्दा पनि इमान्दारितापूर्वक लागेको भन्दै देशको विकास र समृद्धिको यात्रा नेकपाबाटै पूरा हुने देखेर लामो समय संघर्षको गरेको नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको बताए।

Continue Reading…

समाजवादी बहसका लागि दर्शन सम्बन्धी १२ प्रश्न  

लेखक: रामदिप आचार्य केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(प्रधानमन्त्री केपी शर्मा ओलीले समतामूलक समृद्धि वास्तविकतामै ल्याउने घोषणा गरिरहनु भएको छ । त्यतिमात्रै होइन नेपालको आर्थिक विकासदरलाई विश्वकै उच्च बनाउने सपना पनि उहाँले देख्नुभएको छ । यहि समयमा नेकपा कै वैचारिक युवा नेता रामदिप आचार्यले समाजवादी मूल्यमान्यता बाहिर नेकपा जाने हो कि भन्ने चिन्ता मात्रै  गर्नुभएको छैन युवाहरुलाई नेपालबाट समाजवादी व्यवस्थाकाे शुरुवात गर्न सकिन्छ भनेर समाजवाद निर्माणका लागि वैचारिक धरातल बलियाे बनाउन बहस र अध्ययनमा सहभागि हुन आह्वान पनि गर्नुभएकाे छ । उहाँले बहसकाे शुरुवात दर्शनबारे १२ प्रश्न र त्यसको सटिक उत्तर दिएर गर्नुभएको छ ।)

१. दर्शन के हो ?

अंग्रेजी (philosophy) शब्द philo को अर्थ प्रेम र sophia को अर्थ विवेक जस्ता शब्दको मिलनबाट विवेक प्रेम वा विद्यानुराग हुन्छ ।ज्ञान प्रतिको पे्रमलाई दर्शनशास्त्र भनिन्छ । अर्को शब्दमा दर्शन भनेको विश्वलाई हेर्ने साधारण (आम) तरीका हो ।

२. दर्शन शब्दको पहिलो प्रयोगकर्ता को हुन ?

प्राचिन युनानी दार्शनिक पाइथागोरस ।

३. दर्शनशास्त्रको मौलिक प्रश्न के हो ?

“समग्र दर्शनको र विशेषत ;नयाँ दर्शनको महान मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । ’’ एंगेल्स “मानिसको चेतनाले त्यसको अस्तीत्वलाई निर्धारीत गर्दैन, अपितु यसको उल्टो, त्यसको सामाजिक अस्तित्वले त्यसको चेतानालाई निर्धारीत गर्छ । ” -माक्र्स

४. भौतिकवाद के हो ?

जुन सिद्धान्तमा ईश्वर वा कुनैपनि सृष्टिकर्ताको निषेध गर्दै सत्ता अर्थात, विश्व, अर्थात प्रकृती, पदार्थ वा वस्तुगत संसारलाई प्राथामिक दर्जामा राख्ने र त्यसैवाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरीन्छ,त्यसको नाम भौतिकवाद हो । पदार्थ (matter)लाई प्राथामीक दर्जामा राखेको ले त्यसको नाम भौतिकवाद(Materialism) रहन गयो । “माक्र्सवादी दर्शन भौतिकवादी हो ।” – लेनिन

५. आदर्शवाद के हो ?

आर्दशवाद एक यस्तो दार्शनिक सिद्धान्त हो जस्को चेतना,आत्मा,संकल्प,विचार वा ईश्वर लाई प्राथामिक मान्दै त्यसैवाट विश्व,पर्दाथ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ । विचार,आत्मा वा आदर्श ( Ideal) जस्तो अभौतिक तत्वलाई प्राथामिक मानेकोले त्यस सिद्धान्तको नाम आदर्शवाद (Idealism) रहन गयो ।

६. द्धैतवाद के हो ?

चिन्तन र सत्ता,आत्मा र प्रकृति,चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथामिक मान्ने,तिनमा समन्वय कायम गर्ने वा आफुलाई तटस्थ देखाउने गर्छन् तिनको दार्शनिक सिद्धान्तलाई द्धैतवाद (म्गबष्किm), समन्वयवाद वा तटस्थवाद भनिन्छ । द्धैतवादले आदर्शवाद तर्फ जाने ढोका खुल्ला गर्दछ ।

७. दर्शनशास्त्रको पद्धती के हो ?

विश्वको विकास प्रक्रीया र त्यसको नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शन शास्त्रको पद्धती भनिन्छ । दर्शनशास्त्रको इतिहासमा विश्व दृष्टिकोणका दुई आधारभुत पद्धती रहिआएका छन, ति हुन द्धन्दवाद र अधिभुतवाद ।

८. द्धन्दवाद के हो ?

द्धन्दवाद प्राचिन युनानी (Dialog) पदावलीबाट विकसीत भएको हो । यसको अर्थ हो बहसको कला ।

९. अधिभूतवाद भनेको के हो ?

अधिभुतवाद पनि प्राचिन युनानी (Meta-Physica(उजथकष्अब) पदावलीबाट विकसीत भएको हो । यसले भौतिक विज्ञान भन्दा पर भन्ने अर्थ बुझाउछ । द्धन्दवाद (Dialectics ) र अधिभुतवाद (Meta-Physica) परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन ।

१०. के दर्शन वर्गीय हुन्छ ?

हो । वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ । दर्शन शास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्धन्दवाद र अधिभुतवाद बिच जुन संघर्ष चल्दै आएको छ ,त्यो यसै वर्गीय वैचारीक संघर्षको प्रतिवीम्वन हो । हरेक दर्शनले आफ्नो वर्गहित, विचार र राजनितीक उदश्यको सेवा गर्दछ । द्धन्दात्मक भौतिकवाद माक्र्सवादी दर्शन हो । यसले श्रमजिवी सर्बहारा वर्गको सेवा गर्दछ भने अधिभुतवादी आर्दशवादले पुँजीपती वर्गको सेवा गर्दछ ।

११. दर्शनशास्त्रको विषयवस्तु के हो ?

प्रकृति,समाज र चिन्तनका सामान्य विषयको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु हो ।

१२ दार्शनिक प्रणालिका तिन तत्व के के हुन ?

(क) वर्गीय पक्षधरता,(ख) सिद्धान्त र (ग) पद्धती ।

(माथि लेखिएका विषयमा विस्तृत रुपमा व्याख्यासहित अर्काे अ‌ंकमा प्रकाशित गरिने छ । समाजवादी अध्ययन प्रतिष्ठानले समाजवादबारे विहंगम बहस शरु गरेको छ । जो कोहि पनि यो बहसमा सहभागी हुनसक्नुहुनेछ । )

याे पनि पढ्नुहोस्

‘विज्ञान-प्रविधिको लागि उपयुक्त व्यवस्था समाजवाद हो’ : रमेश सुनुवार

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog