Showing posts with label नेपाली खबर. Show all posts
Showing posts with label नेपाली खबर. Show all posts

Saturday, June 15, 2019

आज सातै प्रदेशले बजेट ल्याउँदै (कुन प्रदेशको कति बजेट ?)

काठमाडौं । संबैधानिक ब्यवस्था अनुसार आज (आइतवार) देशका सातवटै प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेका छन् । आर्थिक वर्ष २०७६/ ७७ को बजेट ल्याउन सात प्रदेशले तयारी अन्तिम चरणमा पुरयाएका छन् । सात प्रदेशले कूल २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने प्रारभीक अनुमान गरिएको छ ।

अघिल्ला बर्षभन्दा केही ठुलो आकारमा प्रदेशले बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदूरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने अनुमान गरिएको छ । अघिकाँस प्रदेशले बजेटमा सडकलाई पहिलो प्राथमिकता दिएका छन् । सडकसँगै कृषि, पर्यटन, खानेपानी र उद्यमलाई प्राथमिकतामा राख्ने तयारी गरेका छन् । प्रदेश १ सरकारले चालू आर्थिक वर्षको भन्दा १५ देखि २० प्रतिशत ठूलो बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश २ सरकारले करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । अघिल्लो बर्ष २९ अर्बको बजेट ल्याएको थियो । प्रदेश नम्बर ३ सरकारले सुरुङमार्ग, चक्रपथ, स्वास्थ्य प्रतिष्ठान र विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेर करिब ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरको छ।

प्रदेश ५ सरकारले दीर्घकालीन महत्वका रणनीतिक योजना समेटेर चालू आवका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश ५ सरकारले गत आवमा ३५ अर्ब बराबरको बजेट ल्याएको थियो।

कर्णाली प्रदेश सरकारले ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि करिब २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ।

Continue Reading…

युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओली यही जेठ २५ गते स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन्। उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए। फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन–आइएलओको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको थियो । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन समेत गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका हुन ।

राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत सहभागी थिए ।

Continue Reading…

गुठी विधेयकः धर्म र संस्कृति राजनीतिक दाउपेजका बिषय होइनन् -पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । राजधानी काठमाडौंमा गुठी विधयेकको तिव्र विरोध भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म र संस्कृतिमाथी राजनीति नगर्न गुठीयार र सरकारलाई आग्रह गरेका छन् । दुई दिनअघि मात्र गुठीका नाममा धर्म संस्कृतिमाथीको आक्रमण सह्य हुन नसक्ने बताएका पूर्वराजाले संवादबाट गुठीको विवाद मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीको विवादलाई राजनीतिक दाउपेज नबनाउन आफु निकटका ब्यक्तिसँग आग्रह गरेका छन् । गुठी आन्दोलनलाई समर्थन गर्दै आएका दल र समुहका प्रमुखहरुलाई सम्वादको बाटोबाट समास्या सामधान गर्न उनले आग्रह गरेको उनी निकट स्रोतले बताएको छ ।

सरकारका निर्णय र राजनीतिक दलका क्रियाकलापमा कुनै प्रतिक्रिया नदिने पूर्वराजाले गुठी विधेयक र गुठीयारको आन्दोलनप्रति गहिरो चासो देखाएका छन् । थाइल्याण्डबाट उनले केही ब्यक्तिलाई टेलिफोन गरी वार्ताबाट समस्याको सामधान खोज्न आग्रह गरेको उनले बताए । -धर्म, संस्कृति, रिति रिवाजमाथी राजनीति गर्नुहुँदैन, आस्थाका धरोहरहरु खलबलिए देश नै डुब्छ,- पूर्वराजाको भनाईलाई उर्दृद गर्दै ति ब्यक्तिले भने -सरकारसँग सम्वाद थाल्न उहाँले आफु निकटका ब्यक्तिहरुलाई आग्रह गर्नुभएको छ ।

पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन यसअघि आग्रह गरेका थिए । मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्यूनिष्ट सरकारलाई उनले आग्रह गरेका छन् ।

पछिल्लो समय धर्म र संस्कृतिका पक्षमा खुलेरै वकालत गर्दै आएका पूर्वराजाले गुठीका बिषयमा धेरै चासो देखाएका छन् । नेपाल बाहिर भएपनि उनले गुठीले बोकेको धार्मिक संस्कारका बिषयमा गहिरो चासो देखाइरहेका छन् । तर सरकारले संसदमा दर्ता भएको गुठी विधेयक सच्याउने तयारी गरेको छैन । ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

देशभर ५ लाख ६० हजार रोपनी गुठी जमिन रहेको छ । गुठी जमिनलाई ब्यवस्थित गर्न सरकारले विधेयक ल्याएको छ । राजधानी काठमाडौंमा विधेयकको विरोध भएपनि बाहिर जिल्लामा भने समर्थन हुँदै आएको छ ।

Continue Reading…

कोपा अमेरिका फुटवलमा कोलम्बियाद्धारा मेस्सीको अर्जेन्टिना २–० ले स्तब्ध

काठमाडौं । कोपा अमेरिका फुटवलमा कोलम्बियाले शक्तिशाली राष्ट अर्जेन्टिनालाई २–० ले पराजित गरेको छ । लियोनल मेस्सी कप्तानीमा उत्रेको अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिता खराब सुरुवात गरेको छ । समूह चरण अन्तर्गत खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो ।

मेस्सीको अर्जेन्टिना कोलम्बियाभन्दा बलियो टोली हो । तर शनिवार राति भएको खेलमा मेस्सीको अर्जेन्टिना कमजोर सावित भएको छ । हामेस रोड्रिग्वेजसहित मैदानमा उत्रेको कोलम्बियाले अर्जेन्टिनालाई स्तब्ध बनाएको छ ।

खेलको ७० औँ मिनेटसम्म दुवै देश गोररहित थिए । त्यसपछिको २० मिनेट समय अर्जेन्टिनाका लागि निकै खराव रह्यो । ७१ औँ मिनेटमा रोजर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए भने ८६ औँ मिनेटमा डुवन जापाताले गोल गर्दै अग्रता दोब्बर पारे ।

कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।

Continue Reading…

Friday, June 14, 2019

अस्ट्रेलियासँग २४ वर्षयताको निरन्तर पराजित श्रीलंका बदला लिन मैदानमा

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको २० औं खेल लन्डनको केनिंगटन ओभलमा अस्ट्रेलिया र श्रीलंकाबीच हुँदै छ। त्यस्तै, दोस्रो खेल कार्डिफको सोफिया गार्डेन्समा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुनेछ। अंक तालिकामा अस्ट्रेलिया दोस्रो, श्रीलंका पाँचौँ र दक्षिण अफ्रिका नवौं र अफगानिस्तान दशौं नम्बरमा रहेका छन्।

श्रीलंका र अस्ट्रेलिया विश्वकपमा ११ औं पटक मैदानमा आमुन्नेसामुन्ने हुँदै छन्। कंगारु टिमविरुद्ध श्रीलंकाले पछिल्लो जित १९९६ मा विश्वकपको फाइनलमा हात पारेको थियो। पहिलोपटक श्रीलंकाले उपाधि उचाल्दा अस्ट्रेलियालाई पराजित गरेको थियो।

त्यसपछिका पाँच खेलमा भने लगतार हार ब्यहोर्न श्रीलंका बाध्य भयो। श्रीलंका २००७ को फाइनलसमेत गुमाउन पुगेको थियो। त्यसैले पनि श्रीलंका विश्वकपमा पछिल्लो २४ वर्षयताको निरन्तर हारको यात्रालाई अन्त गर्न मैदानमा उत्रनेछ। यी दुई टिमबीच अहिलेसम्म कुल ९६ खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६० खेलमा जित निकाल्दा श्रीलंका ३२ खेलमा जित आत्मासाथ गर्न सफल भयो। ४ खेल नतिजाविहीन भएको छ । विश्वकपमा भने यी दुई टिमबीच १० पटक प्रतिष्पर्धा भएको छ। जसमा अस्ट्रेलियाले ७ पटक जित निकाल्दा २ पटक श्रीलंका विजयी भएको छ। १ खेल नतिजाविहीन भएको छ।

Continue Reading…

कानुन मन्त्रालयका कार्मचारीले धुलिखेलमा मच्चाएको हंगमाकाे उप सचिवद्वारा खण्डन

काठमाडौं । कानुन मन्त्रालयका  कर्मचारीहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेको समाचारको कानुन मन्त्रालयका उप-सचिव विनोद भट्टराईले खण्डन गरेका छन् । एसकाठमाडौंसँगको कुराकानीमा धुलिखेको अरनिको होटलमा कानुन मन्त्रालयका सचिव उपसचिवहरुले मादक पदार्थ सेवन गरेर नसाको तालमा हंगमा गरेको भन्ने समाचारको खण्डन गरेका हुन् ।

कानुन मन्त्रालयअन्तर्गतको कानुन सम्बन्धी दुई दिने इन्टेन्सीभ गोष्टीमा प्रमुख अथितिका रुपमा कानुन मन्त्री भानुभक्त ढकाल पुगेका थिए । कार्यक्रम यहि शुक्रबारदेखि शनिवारसम्म हुने उप सचिव भट्टराईले जानकारी दिए ।

उनले भने, ‘हामी खाना खाएर साथिहरु कुराकानी गरेर वेलुकी एघार वजेतिर सुतेको हो । त्यस्तो केही भएकै छैन् । कसरी समाचार आयो । होटलबालाले प्रहरीमा पनि त्यस्तो केही रिपोर्ट छ कि भने बुझ्नु हुँदा त्यहाँ पनि केही रिपोर्ट नभएको बताएको भनेको छ । उनले मादक पदार्थ खाएर हंगमा गरेको समाचार सुनेर आफुहरु अचम्ममा परेको भन्दै यस्तो गलत समाचार लेख्नेहरुलाई घटनाको पुष्टि गर्न चुनौति समेत दिए ।’

होटल अरनीको संचालक रत्नबहादुर कार्कीले होटलमा त्यस्तो कुनै लफडा नभएको जानकारी दिएका छन् । मेरो स्टाफहरुले राती केही फुटेको आवाज आएको जानकारी भने गएका थिए । ‘सरसफाइ गर्दा केही फुटाएछन् कि भनेर सोचेको थिए त्यो पनि होइन रहेछ ।’ उनले भने, ‘पत्रकारहरु सुतेकै विल्डीङको दोस्रो तलामा रहेको फ्रिजमा एक पत्रकार आफैले नियोजित रुपमा लात्तले हानेर फुटाएर समाचार लेखेको रहेछ । होटलमा झगडा भएको र होटलवालाले प्रहरी ल्याएर मिलाएको भन्ने पनि सुने । प्रहरीलाई होटल अरनिको नाममा कुनै रिपोर्ट छ कि भनेर पनि सोधें । प्रहरीले त्यस्तो कुनै रिपोर्ट नआएको बताएको छ ।’

उक्त गाेष्टिमा करिव ५० जनाकाे संख्यामा कानुनसँग सम्बन्धित उपसचिव, सहसचिव, सचिवहरु र अन्यकर्मचारीकाे उपस्थिति रहेकाे हाेटलका संचालकले जानकारी दिए ।

 

Continue Reading…

फेरी ४० हजार शिक्षक दरवबन्दी शिर्जना गर्ने तयारी, राहत शिक्षकलाई प्राथमिकता

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा ४० हजार शिक्षक दरवन्दी शिर्जना गर्ने भएको छ । बिद्यार्थीका अनुपातमा शिक्षक अपुग रहेका बिद्यालयका लागि सरकारले शिक्षक दरवन्दी शिर्जना गर्न लागेको हो ।

अस्थायी शिक्षकहरुलाई मौका र सुविधा दिएर विदा गरेपछि राहत दरबन्दीका शिक्षकलाई पनि मौका दिनेगरी दरवन्दी शिर्जना गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

२०५९ सालमा राजनीतिक आस्था र शिक्षामन्त्रालयको तजविजका आधारमा धेरै राहत दरवन्दी वितरण गरिएको थियो । बिद्यालयको आवश्यकताभन्दा ब्यक्तिको रुचिमा वितरण गरिएका राहत दरवन्दी मिलान गर्ने र राहत शिक्षकलाई परीक्षामा बिशेष मौका दिने मन्त्रालयले तयारी गरेको छ ।

केही समयअघि अस्थायी शिक्षकका लागि मौका दिएको थियो भने नयाँलाई पनि मौका दिएको थियो । कपितय बिषयको परिक्षाफल प्रकाशित भइसकेको छ भने कतिपयको परीक्षाफल प्रकाशित हुन बाँकी नै छ ।

Continue Reading…

गुठीलाई चलाएर नेपाली संस्कृति र धर्ममाथीको प्रहार मलाई सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । गुठी विधयेकले राजधानी काठमाडौंमा तरंग पैदा गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीभित्रको धर्म सस्कृतिलाई नस्ट गरी धार्मिक संस्कार नस्ट नगर्न चेतावनी दिएका छन् ।

थाइल्याण्डमा रहेका नेपालीहरुसँगको भेटमा पूर्वराजाले गुठीका बिषयमा गम्भिर भएर सोच्न सरकारलाई आग्रह गरेका छन् । गुठीका बिषयमा गहिरो चिन्ता राख्दै उनले धर्म संस्कृतिमाथी प्रहार भएको बताएका छन् ।

पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन आग्रह गरेका छन् । मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्यूनिष्ट सरकारलाई उनले आग्रह गरेका छन् । संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जन गर्दा राज्यले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।

केही दिनअघि सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष भएको बताएका थिए । मन्त्री बास्कोटालाई जवाफ दिँदै पूर्वराजाले संस्कारमाथीको प्रहार सह्य नहुँने चेतावनी दिएका छनु । ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

Continue Reading…

Thursday, June 13, 2019

रामेछापकाे भष्मेडाँडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरे ।

उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । डीएसपी भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली चढेको बताइए पनि को–को घाइते छन् भन्ने नखुलेको डीएसपी भट्टराईले जानकारी दिए ।

‘बसमा औषधिसहितको स्वास्थ्यकर्मी चढेको पाइएको छ । तर, को–को चढ्नु भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन, यसबारे हामी खोजखबर गरिरहेका छौं ’, डीएसपी भट्टराईले अनलाइनखबरसँग भने ।

चिकित्सकको टोली भोलि र पर्सि हुने स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएका थिए । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए ।

Continue Reading…

पूर्वशिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण निधन

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए।

चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान ५३ वर्षीको उमेरमा उनको निधन भएको हो। शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई उपचारका लागि बगौडा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदासम्म उनको मृत्यु भैसकेको स्रोतले जनाएको छ ।

माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । आज बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन तल्लीन थिए । त्यही क्रममा उनका एक साथी त्यहाँ आइपुगे । उनीसित गफिँदै गर्दा अचानक पौडेल ढल्न पुगेका थिए । त्यसपछि तुरुन्तै उनलाई बगौडा अस्पताल पुर्‍याइएको थियो ।

पौडेलका दुई छोरी र श्रीमती छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।

पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन जादैछन् ।

Continue Reading…

प्रधानमन्त्री विदेश जाँदा नेपालमा काण्डै काण्ड, कर्मको फलकी षड्यन्त्र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विदेश पुगेका बेला नेपालमा एउटा न एउटा काण्ड मच्चिएकै हुन्छ । अघिल्ला भ्रमणमा नेकपाभित्रैबाट काण्ड मच्चिदै आएको थियो भने यसपटक सरकारी निकायबाट काण्ड मच्चिएको छ । प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेका बेला र सडक आन्दोलन तात्तिएका बेला सार्वजनिक सवारी साधनको भाडा बृद्धि गरियो ।

सार्वजनिक सवारी साधनमा एक्कासी भाडा बढाएपछि सरकारको चौतर्फी आलोचना मात्र भएन प्रधानमन्त्री ओलीले युरोपबाट टेलिफोन गरी भाडाबृद्धि गर्ने निर्णय तत्काल स्थगित गर्न निर्देशन समेत दिनुपरयो ।

प्रधानमन्त्रीको निर्देशनपछि भाडा बृद्धिको निर्णय पाँच घण्टापछि सच्चिएको छ । गुठी विधेयक र लोकसेवाको बिज्ञापनलाई लिएर सडक आन्दोलन चलिरहेका बेला भाडा बृद्धिको निर्णय भएको थियो । सरकारमाथी आन्दोलन गर्ने थप हतियार सरकारबाट तयार भएपछि प्रधानमन्त्री ओलीले युरोपबाट निर्देशन दिन बाध्य भएका थिए ।

युरोप भ्रमणभन्दा पहिले प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारत पुगेका थिए । उनी भारत पुगेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता आलोपालोको कुरा उठाएर प्रधानमन्त्री ओलीलाई अप्ठेरो पारेका थिए ।

प्रधानमन्त्री विदेश पुगेका बेला उनी केही समयका लागि मात्र प्रधानमन्त्री हुने अभिब्यक्तिले नेपालको अस्थिर राजनीतिक चरित्र अन्तराष्टिय बजारमा छताछुल्ला भएको थियो । प्रधानमन्त्री ओलीले पनि आफु विदेशमा भएका बेला यस्ता काण्डहरु मच्चिने गरेको स्वीकार पनि गरेका छन् ।

त्यसअघि प्रधानमन्त्री ओली विदेश भ्रमणमा भेनेजुयला काण्ड मच्चिएको थियो । प्रचण्डले एक बिज्ञप्ती निकाली अमेरिकामाथी कडा टिप्पनी गरेका थिए । जसको सामना पनि ओलीले नै गर्नु परेको थियो ।

Continue Reading…

Wednesday, June 12, 2019

नगरपालिकाभित्र मध्यरातमा बम बिस्फोट

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिकामा मध्यरात बम विस्फोट भएको छ । बुधवार राती ९ बजे नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय क्षति नभएपनि भौतिक क्षति भने भएको छ । नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको पर्खाल भत्किएको छ।

विस्फोट बारे प्रहरीले अनुसन्धान थालेपनि अहिलेसम्म कसैलाई अनुसन्धानको दायरामा ल्याएको छैन । बम विस्फोट कस्ले किन गरायो त्यसको कारण खुल्न नसकेको धनुषाधामका प्रहरी निरीक्षक हिरण कुमार यादवले बताए ।

Continue Reading…

Tuesday, June 11, 2019

सगरमाथा नचढी चढेको दाबी

काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ ।
पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए । विभागमा उजुरी परेपछि उनीहरूमाथि छानबिन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् । ‘आरोहणको प्रमाणपत्र माग गर्दै आएको प्रतिवेदनमा उनीहरूले सगरमाथा आरोहण गरेको दाबी गरे पनि प्रमाण जुटाउन सकेनन्,’ आचार्यले भनिन् ।
झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् । पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ । यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत खटाइएको थियो । तर, रेग्मी आधार शिविरमा एक दिनमात्रै बसेर काठमाडौं फर्किएका थिए । उनले स्वास्थ्यमा समस्या आइपरेकाले आधार शिविरमा बस्न नसकेको बताए । चार विदेशी र ५ नेपाली शेर्पाले सगरमाथा आरोहण गरेको प्रतिवेदन रेग्मीले भृकुटीमण्डपस्थित विभागमा बुझाएका थिए । कान्तिपुरमा खबर छ ।

Continue Reading…

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास

काठमाडौं । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।
सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली परम्परागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए । ‘हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्‍याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो,’ मन्त्री राईले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले भवन निर्माणको तयारी गरेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

Continue Reading…

Monday, June 10, 2019

गुठी विधेयकको विरोधमा कांग्रेस एकोहोरो

काठमाडौं । सरकारले संविधानको प्रतिकूल, धर्म, संस्कृति र परम्पराको विनास गर्ने तथा गुठीको अस्तित्वलाई समाप्त पार्ने गरी गुठीसम्बन्धी विधेयक ल्याएको भन्दै कांग्रेस यसको विपक्षमा उभिएको छ । विधेयक कुनै पनि हालतमा स्वीकार गर्न नसकिने कांग्रेसको अडान छ । कांग्रेस सांसदले सोमबार प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध पारेका थिए । ‘तसर्थ, सरोकारवालाहरुको माग र जनताको चाहना विपरीत आएको विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालाहरुसँग सार्थक संवादमार्फत सहमतिका आधारमा तत्काल समाधान खोज्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता जनाएको कांग्रेसले स्पष्ट पारेको छ । ‘परम्परादेखि धर्म, संस्कृति, संरक्षण, सम्वद्र्धनका लागि गुठीको माध्यमबाट महत्वपूर्ण कार्यहरु हुँदै आएको छ । हालै सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परा माथि प्रहार गरेको छ ।’
विधेयकको विरुद्धमा शान्तिपूर्ण रुपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारले वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने र अन्धाधुन्ध बल प्रयोगका साथै पानीको फोहरासमेत प्रहार गरी दर्जनौँ प्रदर्शनकारीलाई घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

Continue Reading…

शिक्षा क्षेत्र नातागोता जागिर खुवाने थलाे बन्याे, त्यसरी गुणस्तरीय शिक्षा सम्भव छैन: मन्त्री पाेखरेल

खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताए । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिए ।

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उहाँले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताए । “सबैभन्दा राम्रा मान्छे शिक्षण पेशामा आउने हो”, उनले भने, “सक्नुहुन्छ भने शिक्षण पेशा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस् ।”

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताए । “अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ”, उनले भने, “१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेशा अँगाल्न गक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ ।”

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको भन्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताए । “पारस खड्काहरु क्रिकेट खेलेर पनि आफ्नो भविष्य बनाउन सफल भएका छन्”, उनले, “आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।”

आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उनले स्थानीय सरकारलाई आग्रह गरे । “सरकारले दक्ष शिक्षक उत्पादन गर्न शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेको छ”, उनले भने, “भोटका आधारमा र नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोला, त्यसरी भर्ना गरिएका शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव छैन ।”

देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताए ।

Continue Reading…

लोकसेवाको विज्ञापनविरुद्ध सडकमा उत्रिँदै जनजाति

काठमाडौं । लोकसेवा आयोगले खुलाएको विज्ञापन बदर हुनुपर्ने मागसहित आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको संयोजन तथा जनजातीय संगठनको आह्वानमा सडकमा उत्रिन लागेको महासंघ अध्यक्ष जगतबहादुर बरामले बताए । लोकसेवाले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो । त्यसमा आरक्षण (सकारात्मक विभेद)को व्यवस्थालाई षड्यन्त्रपूर्ण र बदनियतपूर्वक निस्तेज पार्न उद्दत देखिएको महासंघको निष्कर्ष छ । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालका अनुसार सोमबार जनजाति आन्दोलनसँग जोडिएका अगुवाको बैठक बसेको थियो । बैठकले सडक आन्दोलनलाई सशक्त निर्णय पारेको उनले बताए ।संसदीय समितिले विज्ञापन खारेज गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

Continue Reading…

गुठी विधेयकमा त्यस्तो के छ ? जसको विरोध भइरहेको छ (विधेयकसहित)

काठमाडौंं । सरकारले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक अघि सारेपछि सरोकारवाला सडक प्रदर्शनमै उत्रिएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभामा विरोध जनाइसकेको छ । सत्ता साझेदार समाजवादी पार्टीसमेत विधेयकको विपक्षमा देखिएको छ । यो विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख १७ गते संघीय संसद् सचिवालयमा दर्ता गरेको थियो । सचिवालयका अनुसार यो सामान्य छलफलका क्रममा छ ।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार विधेयकको दफा २३ मा उल्लेखित गुठीको हक र जायजेथा प्राधिकरणमा सर्ने, दफा २४ मा यो विधेयक पारित भएपछि गुठीयारको हक स्वतः समाप्त हुने, दफा २८ मा धार्मिक गुठीको सञ्चालन सरोकारवालाहरूबाट नभई सरकारले गठन गरेको व्यवस्थापन समितिबाट हुने कुरा. संविधानको व्यवस्था ‘प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल र धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक’सँग बाझिएको छ । संविधानको धारा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी मात्र संघीय कानुन बनाउन पाउने भनेकोमा प्राधिकारयुक्त राष्ट्रिय गुठी प्राधिकरण बनाउनु गुठीयारहरूको संवैधानिक हकको हनन गरी गुठीका सम्पतिहरूलाई परोक्ष रूपमा राष्ट्रियकरण गर्नु कम्युनिष्ट पार्टीद्वारा राज्य समाजवाद लाद्ने अभ्यास भएको उनको भनाइ छ । विधेयकको दफा ५३ र ५६ मा उल्लेखित भोगाधिकार तथा मोहियानी हकको कुरा गुठी जग्गा भूमाफियाहरूको हातमा पु¥याउने सरकारको षडयन्त्र भएको उनले बताए । गुठीसम्बन्धी विधेयक भूमि व्यवस्था मन्त्रालयले नभई पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष जस्तै संस्कृति मन्त्रालयबाट आउनुपर्नेमा उनको भनाइ छ ।

Continue Reading…

आनी छोइङले भित्र्याइन् स्रोत नखुलेको १८ करोड

काठमाडौं । स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् ।‘विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन्,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले भने, ‘पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने राष्ट्र बैंकले रोकिदिएको छ ।’

आनीको बैंक खातामा तीनपटक आएको रकम मात्रै रोक्का भएको हो । रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी छन् । पहिल्यै भित्र्याइसकेको रकममाथि समेत अनुसन्धान हुने राष्ट्र बैंक तथा विभाग स्रोतले जनाएको छ । विदेशबाट नेपाल रकम भित्र्याउँदा अनुमति लिनुपर्ने निकायलाई जानकारी नदिई आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिन्छ । २०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको हो । हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर ९६ करोड ४३ लाख ७७ हजार ७ सय ८० रुपैयाँ० जम्मा गरेका थिए ।

त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर ९५ करोड ९९ लाख ३७ हजार ७ सय ८० रुपैयाँ० जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० अर्थात् ५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ जम्मा भयो । अनुमति नलिई विदेशबाट भटाभट रकम आउन थालेपछि आनीको खाता रहेको मेगा बैंकले स्रोत खुलाउन भन्यो ।

आनीले स्रोत खुलाउन नसकेपछि मेगाले राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने निकाय वित्तीय जानकारी एकाइलाई खाता विवरण पठायो । ‘राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्‍यो,’ ती अधिकारीले भने, ‘त्यस आधारमा उनीमाथि अनुसन्धान सुरु भएको हो । तर दबाबका कारण एक वर्षसम्म पनि विस्तृत अनुसन्धान प्रभावकारीरूपमा अघि बढ्न सकिरहेको छैन ।’ कान्तिपुरमा खबर छ ।

Continue Reading…

विज्ञापन खारेज गर्ने निर्देशनप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन रद्द गर्न सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको छ ।


आयोगले प्रकाशित गरेको विज्ञापन असमावेशी र संविधानको मर्म एवं भावनाविपरीत भएको ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको हो । निर्देशनप्रति सत्तापक्षकै केही सांसदले असन्तुष्टि जनाएका छन् ।

तीनबुँदे निर्देशनमा हाल संघको दरबन्दीमा रहेका फाजिल र पुलका कर्मचारीलाई स्थानीय तहमा काजमा खटाउन भनिएको छ । प्रदेश एवं स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरी दरबन्दी संख्या यकिन गरेर समानुपातिक र समावेशी सिद्धान्तका आधारमा निश्चित मापदण्ड बनाएर रिक्त पदमा करारबाट पूर्ति गर्न निर्देशन दिइएको छ ।

आयोगको विज्ञापन संविधानको भावना र मर्मअनुरूप नभएकाले रद्द गर्न निर्देशन दिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् । आयोगले जेठ १५ गते ५ सय १५ स्थानीय तहका विभिन्न पदमा ९ हजार १ सय ६१ कर्मचारी मागेको थियो । विज्ञापन समावेशी नभएको भन्दै सडक र सदनमा आवाज उठेपछि समितिले छलफल सुरु गरेको थियो ।

छलफलमा सांसदले विज्ञापन रद्द गर्न सुझाव दिएका थिए । तीनपटक अवज्ञा गरेर सोमबार समिति बैठकमा उपस्थित भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले स्थानीय तहको माग र आवश्यकता हेरेर संविधान र कर्मचारी समायोजन ऐनअनुसार विज्ञापन खुलाएको दाबी गरे ।

सांसदले भने विज्ञापन समावेशी नभएको र प्रदेश एवं स्थानीय तहको अधिकार केन्द्र सरकारले खोसेको तर्क गरे । सत्तापक्षकै सांसदहरूले विज्ञापन खारेजीको माग दोहोर्‍याएपछि सांसदको भावनाअनुसार समितिले निर्णय गर्ने भन्दै सभापति श्रेष्ठले शुक्रबारै ड्राफट गरिएको निर्देशन पढेर सुनाइन् ।

श्रेष्ठले निर्देशन सुनाउँदा मन्त्री पण्डित र सचिव कोइराला बैठकमा थिएनन् । आफूले बोलिसकेपछि उनीहरू बैठकबाट बाहिरिएका थिए । सत्तापक्षीय सांसद विजय सुब्बा र झपट रावल पनि समितिको निर्णयप्रति असहमति राख्दै बैठकबाट बाहिरिएको खवर कान्तिपुर दैनिकले छापेको छ ।

सुब्बाले निर्देशनको पहिलो बुँदामा रहेको विज्ञापन रद्द गर्ने निर्णयमा आफ्नो असहमति रहेको बताए । ‘संविधानको खिलाफ जान हुँदैन भन्ने मेरो मान्यता हो तर यो विज्ञापन संविधानको खिलाफमा छैन,’ उनले भने । रावलले तत्काल विज्ञापन रोक्ने निर्णय गर्न नहुने बताए । उनले यसलाई फेरि छलफल गरेर निर्णयमा पुग्नुपर्ने तर्क गरे ।

सत्तापक्षकै नवराज सिलवालले कानुन बनाएर जतिसक्दो छिटो समस्या समाधान गर्नॅपर्ने बताए । उनले एउटाले गर्ने कामका लागि एकै ठाउँमा धेरै कर्मचारी राख्ने गरिएको दाबी गरे । उनले त्यस्ता कर्मचारीलाई प्रदेश र स्थानीय तहमाखटाएर समस्या टार्न सुझाए ।

पूर्वमाओवादी खेमाका जनार्दन शर्मा, रेखा शर्मा र पम्फा भुसालले भने विज्ञापन रद्द गर्नुपर्ने अडान राखेका थिए । कांग्रेसकी डिला संग्रौला, देवेन्द्रराज कँडेल र राजपाका रामसहायप्रसाद यादव पनि समितिले तत्काल निर्देशन दिनुपर्ने पक्षमा उभिए ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog