Showing posts with label नेपाल खबर. Show all posts
Showing posts with label नेपाल खबर. Show all posts

Saturday, June 15, 2019

‘भारत’का लागि अदालतले दिएको ‘स्टे अर्डर’ खारेज

जेठको २२ गते बुधबार नै नेपालमा रिलिज भएको चलचित्र ‘भारत’का लागि जिल्ला अदालत काठमाण्डौले दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । चलचित्र विकास बोर्डले पठाएको स्पष्टिकरण पत्र पाएसँगै अदालतले भारतका लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको हो ।

यो चलचित्रको नेपाल वितरक ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै ‘भारत’ नेपालमा रिलिज गरि पाउँ भनेर अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको आधारमा अदालतले स्वतन्त्र व्यापारमा हस्तक्षेप नगर्नु भनेर चलचित्र विकास बोर्डको नाममा आदेश दिएको थियो ।

तर, चलचित्र विकास बोर्डले पठाएको स्पष्टिकरण पत्र प्राप्त गरेसँगै ‘भारत’का लागि दिएको स्टे अर्डर अदालतले खारेज गरेको हो । के अब, कुनै पनि विदेशी चलचित्र शुक्रबार बाहेक अरु दिन रिलिज हुन अब नपाउने हुन् त, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले भने–‘भारत चलचित्रका लागि अदालतले दिएको स्टे अर्डर खारेज भएको हो । अरु, चलचित्रले अदालत नै जान नपाउने भन्ने होइन । तर, अब यस्ता प्रकृतीका मुद्दालाई अदालतले दर्ता नै गर्दैन भन्ने हामीलाई विश्वास छ ।’

उनले, अहिले एउटा चलचित्रका लागि मात्र स्टे अर्डर जारी भएपनि यो मुद्दाको किनारा लाग्ने बताए । मुद्दाको किनारा लागेसँगै केही फैसला आउने भट्टराइको भनाई छ ।

Continue Reading…

यस कारण ‘गुठी’ नेवारको मात्रै होइन

विवाह अगाडि मेरो जात सिंह भण्डारी अर्थात् छेत्री। विवाह पछि मेरो जात श्रेष्ठ अर्थात् नेवार । यी दुवै जातीय संरचनाले मेरो बाल्यकाल र अहिलेको समयस्थितिमा विभिन्न किसिमबाट देन दिँदै आएका छन् । मेरा पूर्खा बाग्लुङबाट पोखरा हुँदै तराईतिर लागे र कयौँ सपना र योजना बोकेर करीब ५० वर्षअघि काठमाण्डू पसे। तराई र काठमाण्डू दुवै ठाउँसँग मेरो घनिष्ठ भावनात्मक सम्बन्ध छ।

म काठमाण्डूको ललितपुर जिल्लाको पूल्चोकमा जन्मिएँ। त्योबेलाको पुलचोक अहिल्ये जस्तो रेस्टूरेण्टहरूले होइन, मानिसको चहलपहल, धिमेबाजाको लहर, छिमेकीहरूको गफगाफ र हामी केटाकेटीहरूको होहल्लाले झकिझकाउ थियो।

स्कुलमा आफ्ना साथीहरू , बुवाका साथीहरू, ठमेलको सातघुमतीमा अवस्थित मेरो मामाघरको रहनसहन सबै नेवारी तौर तरिकाको थियो।

हरेक वर्षको मच्छिन्द्रनाथको रथ तान्ने र भोटो जात्रामा एक अर्काको हात समाती हामी ५-६ जना पुगिनै हाल्थ्यौँ। बारा, चतामरी, समय बजी खान पाउँदा गद-गद हुने म, वसन्तपुर, झोछेँ, इन्द्रचोक, असन, भेडासिंह, मंगलबजार,ग्वार्को, पाटन घुम्दै ठूली भएँ।

मीनपचासको दुई महिनाको बिदामा जनकपुर र औरही बस्दाका दिनहरूलाई लड्डु, गुड, चामलको रोटी, बच्का,ऊखुले अविस्मरणीय बनाइदिएका छन्।

मङ्गलवार र शुक्रवार लाग्ने हाटबजार भई, ट्रेक्टरमा सोना माईको दर्शन गरी, दिउँसो पराल चढेर थाकेको जीउलाई मोही र धुरीको आगोले सेकाउँदै लालटिन बालेर राती भूतको कथा भन्दै सुतेको कुरा कहिल्यै काठमाडौँ फर्केर साथीहरूलाई सुनाऊँ जस्तो लाग्थ्यो।

नाग ढुङ्गाबाट काठमाडौँ छिर्दै कलंकी पुगेपछि “ओहो! घर आइपुग्यो” जस्तो लाग्थ्यो। अहिल्यै पनि जता पुगेर आएपनि माथि आकाशमा प्लेनबाट तल काठमाडौँ देख्दा त्यस्तै अनुभव हुन्छ। “आहा घर!”

धेरै मानिसलाई काठमाडौँ भन्दा घरै घरको “कंक्रिट जङ्गल” संसारको सबैभन्दा प्रदूषित सहरहरू मध्य एक,पानीको समस्या, अव्यवस्थित भएको गुनासो छ। तर मेरो लागि काठमाडौँ “Living Museum” जीवित सङ्ग्रहालय हो।

यी मन्दिरहरूका घण्टीलाई गाडीको होर्नले छेक्न सकेको छैन, यी साना चोकहरूलाई ठुला मलहरू र सपिङ कम्प्लेक्सले थिच्न सकेको छैन। राती आँखा बन्द गरेर सुन्दा यो सहरले सास फेरिरहेको हुन्छ।

अनि, काठमाडौँलाई जीवित राख्ने यहाँको संस्कृति, यहाँको सभ्यता, यहाँको मानिस, मठ-मन्दिर र ती बिचको दरिलो सम्बन्ध।

संसारभरिका घट्नालाई विश्लेषण गर्दा कुनै पनि ठाउँ र त्यहाँ बस्ने मान्छेको अस्तित्वमा प्रहार गर्नु छ भने मुख्य दुई कुरा मेटाउनतिर लाग्नुपर्छ। एक प्राकृतिक सम्पदा र दुई सांस्कृतिक सम्पदा।

विगत कैयौँ वर्षदेखि विकास, निजीकरण र पुँजीकरणको नाममा अहिलेको सरकारले अतिक्रमणको कामलाई निरन्तरता दिइनै राखेको देखिन्छ।

अहिल्यै अगाडि ल्याइएको गुठी विधेयक सो अतिक्रमणको एक पाटो मात्र हो। गुठीयारको अधिकार स्वतः आफै समाप्त हुने, सम्बन्धित गुठीयारसँग छलफल नगरिकन अहिल्यै व्यापक रूपमा चलखेल गरिरहेको भू-माफियाहरूलाई पोस्ने, आदिवासी तथा जनजाति लगायत समुदायको पहिचानलाई नै विलुप्त बनाउने खालको विधेयकको खिलाफ अहिल्यै सडक तातेको छ। गुठी संस्था भित्र रहेको अनियमितलाई वैचारिक र सान्दर्भिक रूपमा अनुसन्धान गरी समाधान ननिकालीकन पुर्खाको नासोलाई नै समाप्त पार्ने कुरा सबैको अगाडि छरपसट भएको छ।

नेपालका अहिलेसम्मका नीति, नियम र ऐन आदिलाई पल्टाएर हेर्दा निकै वैज्ञानिक,व्यवस्थित र पी. एच. डी। गरेको विज्ञले बनाएको चिल्ला कागवहरूले सजिएका छन्। तर प्रधानमन्त्री निवासको नै जग्गा बेच्न सक्नेहरू यी सबै नियम भन्दा माथि रहेछन्।

गुठीको मर्म मानिसको आस्था र आफ्नो पुर्खाको इतिहाससँग जोडिएको छ। आफूसँग भएको सम्पत्तिको केही भाग, जग्गा वा घरलाई आफ्ना देउताका नाममा, सम्पदा जोगाउन र सामुदायिक सद्भावलाई कायम राख्न गुठीको रूपमा व्यवस्थित गरिन्छ। गुठियारको अगुवाइमा यी गुठियार समुदायले फाइदा लिए बापत ती

जग्गा, सम्पत्ति, मठ-मन्दिर र सांस्कृतिक-सामाजिक चलनको दीर्घायु सुनिश्चित गरुन्छ। तर यी विशेष परम्पराको भाव केवल गुठी प्रथाको मर्म बुझ्नेले मात्र महसुस गर्नसक्छन्। अहिल्यैको विधेयक अनुसार कर्मचारी सरकार र सरकारले नियुक्त गरेका पुजारी, महन्त, व्यक्तिको हातमा गुठिलाई सुम्पे पछि गुठिको नाममा भएको तैनाथी जग्गा धेरै नै कम मूल्यमा कसैले पनि किनबेच गर्न सक्छ।

काठमाडौँ उपत्यकामा भएका निजी गुठीहरूमा परिवारहरूले आफ्नो क्षमता अनुसार चाड-पर्व मान्दै, आफ्नै मातहतमा जीर्णोद्धार गर्दै र आफ्नो गुठीलाई सक्षम बनाउँदै पुरानो र महत्त्वपूर्ण प्राचीन सभ्यतालाई जोगाएर राखेका छन्।

चाहे इन्द्रजात्रा होस् वा मच्छिन्द्रनाथको जात्रा, गुठीले नै चलाएका र व्यवस्थित गरेका छन्। नाफामूलक प्रतिठानाको रूपमा चलाएको खण्डमा यी सबै चाड-पर्वको भविष्य अन्योलमा पुग्छ।

नाफाका लागि गुठीमा रहेको जग्गा जमिनलाई प्रयोग गर्न मिल्ने प्राववधान राखिएको यो विधेयकले भोलिको दिनमा गुठीको जग्गा र सम्पत्तिमा ठुला भवन उधोग बनाएर सांस्कृतिक महत्त्व बोकेका एतिहासिक व्यवस्थालाई नाङ्गै बनाउँछन्। विकासको नाममा खोकनाको सभ्यता, मानिसहरू र सिंकाली मन्दिरमा चलाइएको डोजरको सम्झना अहिल्यै पनि उपत्यका वासी र नेपाल भरिका नेवार समुदायको मनमा जीवित नै छ।

यो, विधेयकको दफा ३, २३, १८, ४(च), २७ र ३१ ले काठमाडौँको रैथाने माथिको नीतिगत अतिक्रमणको उदाहरण प्रस्ट पारेको छ। अक्षय कोष, प्राधिकरण, प्रतिष्ठान, आर्थिक विकास र व्यवस्थापनको नाममा लुटिन लागेको सभ्यतालाई जोगाउने समय यही हो।

यो एक विषय नेवार समुदायको मात्र होइन , यो मुद्दा एउटा निश्चित पारम्परिक सोचाइको मात्र पनि होइन। यो विषयले सबैलाई समेट्छ। बाहुनवाद र सामन्तवादले कसेर अँगालोमा बाँधिएको हाम्रो प्रशासनिक र सरकारी व्यवस्थाले जनताको सामुदायिक आस्थालाई नभई राजनैतिक विचारधारालाई समेटेको छ।

यही वैचारिक रोगका बिरामीलाई निरोगी बनाउनकोको निमित्त अहिल्ये सडक तातेको छ। यो लडाइमा सबै समुदायले एक्यबद्यता जनाउनु जरुरी छ। बाटोको भीड अझ बढ्नु जरुरी छ। काठमाण्डूको सुकेको ढूँगेधारा, फोहोरको रास संगैक मन्दिर, भात्किन लागेका पाटी पौवा, चोरिएका मूर्तीको हिसाब माग्न जरुरी छ।

म सानी हुँदा हरेक बिहीबार बिहान ४ बजे उठेर हजुरआमासँग बङ्गलामुखी जान्थे। तलेजु भवानीको गजुर हेरेर अहिल्ये पनि नतमस्तक हुन्छु। कुमारी माँजुको हातबाट टिका लाउँदा अहिल्य पनि ढुकढुकी बढ्छ,आकाश भैरवको अगाडिको भाइको एन्टिक पसलबाट  इन्द्रजात्रामा रथ तानेको हेर्दा भावविभोर भई हरेक वर्ष आँखाबाट आँसु झर्छ, करुणामयसँग आशीर्वाद लिँदा आत्मीयताको अनुभव आहिल्य पनि गर्छु।

त्यही सानो बेला बङ्गलामुखी गएर मंगलबजारबाट पेडा किनेर घर फर्किने म जस्ता लाखैंलाई आफ्नो मानेर पालेको यो काठमाण्डू सहर आहिल्य आफ्नो पहिचानका लागि लडिरहेको छ, म जस्ता लाखौंलाई प्रश्न सोधिरहेको छ, शान्त भई कुरिरहेको छ। अबचाहिँ समय भयो, जाने होइन ?

Continue Reading…

म भइनँ भने गगन थापा छन् भनेर ढुक्क लाग्छ : विश्वप्रकाश

१ असार, काठमाडौं । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता भएयता पुरातन ढर्रामा चलिरहेको पार्टीको प्रचार शैली निकै फेरिएको छ । कुनै पनि विषयमा तत्काल धारणा बनाउन सक्ने तथा स्पष्ट र तार्किक ढंगले बोल्न सक्ने क्षमता भएकाले शर्मा प्रवक्ताको भूमिकामा खुबै जमेका छन् ।

तथापि कतिपयले चाहिँ झिनामसिना कुराहरुमा पनि प्रतिक्रिया जनाउँदै हिँड्ने र सामाजिक सञ्जालमा लोकप्रियताका लागि सस्ता कुराहरु गरेर शर्माले आफूलाई हलुंगो बनाएको टिप्पणी पनि गर्छन् । जे भए पनि उनी प्रमुख प्रतिपक्षी कांग्रेसको ‘पोष्टर ब्वाई’ झैं बनेका छन् । उनलाई पार्टीभित्र ‘सानो वीपी’ पनि भन्ने गरिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवा मिडियासँग खासै नबोल्ने र बोलिहाले पनि प्रष्ट नबुझिने भएकाले मिडियाकर्मी शर्माकौ पछि लाग्न बाध्य छन् ।

त्यसो त प्रवक्ता नियुक्त हुनुभन्दा अगाडि पनि विश्वप्रकाश चर्चित नै थिए । कलात्मक भाषणशैलीका कारणले उनका प्रशंसक पार्टीभित्र मात्रै नभएर बाहिर पनि छन् । यद्यपि, संसदीय चुनावमा भने उनले झापामा लगातार दुईपटक पराजय व्यहोरे । चुनाव जित्न नसकेकाले अहिलेसम्म उनले सांसद वा मन्त्री पदको स्वाद चाख्न पाएका छैनन् ।

यिनै युवा नेता शर्मा कांग्रेस केन्द्रीय कार्यालयमा अनलाइनखबरसँग करिब दुई घन्टा गफिए । हामीले उनीसँग व्यक्तिगत तथा राजनीतिक विषयवस्तु खोतल्यौं ।

डेढ वर्षदेखि कांग्रेस प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । अरुले गर्ने मूल्यांकन आफ्नो ठाउँमा होला । तपाईं स्वयंले चैं कस्तो महसुस गरिरहनुभएको छ ?

मैले सजिलो ठानेर यो जिम्मेवारी लिएको थिइनँ । अप्ठेरो विषयको पनि अभ्यास गर्ने र आफ्नो क्षमतावृद्धि गर्दै पार्टीलाई योगदान पु¥याउने भन्ने कोणबाट नै हेरेको हुँ । मैले जिम्मेवारी लिँदा कांग्रेस प्रतिकुल अवस्थामा थियो । प्रतिकुलताको बीचबाटै अनुकुलता सिर्जना गर्ने प्रयास गर्दै इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निभाइरहेको छु ।

कस्तो प्रतिकुलताको कुरा गर्नुभएको ?

शान्ति बहाल गर्न, संविधान जारी गर्न र चुनाव गराउन सफल भएको कांग्रेस पार्टी जनमतको कसीमा भने खरो उत्रिन सकेन । भर्खर चुनाव हारेको अवस्था थियो । एउटा फुटबल म्याचमा खेल हारेर मैदानबाहिर निस्केको टिमभित्र कस्तो माहोल हुन्छ ? स्ट्राइकरले किपरलाई भन्छ, किन बल छोडिस, समातेको भए जित्ने थियौं । किपरले स्ट्राइकरलाई भन्छ, तैंले गोल मिस गर्दा हारियो । त्यस्तै खालको माहोल कांग्रेसभित्र थियो ।

त्योबेलामा फेरि टिम स्पिरिटलाई जगाएर साझा भूमिका निर्वाह गर्नु प्रवक्ताका लागि चनौतिपूर्ण हुने नै भयो । आलोचनालाई विश्वासमा बदल्ने चुनौति थियो । राजनीतिमा चुनौतिलाई सामना गर्नु नै पर्छ, जिम्मेवारी हिच्किचाउनुहुँदैन भन्ने मेरो सोच हो ।

पत्रकारहरुबाट अनेकथरी प्रश्नको सामना गर्नुपर्ने, कहिलेकाहीँ पार्टीका अलोकप्रिय निर्णयहरुको पनि बचाऊ गर्नुपर्ने अवस्थामा कत्तिको दवाब महसुस हुन्छ ?

मलाई प्रवक्ता भएर जाँदा केही साथीहरुले भन्नुहुन्थ्यो, प्रवक्ता भनेको खासमा ‘प्रतिवन्धित वक्ता’ हो है । सतर्क भएर काम गर्नू । मैले एक–दुईवटा इस्यूमा पार्टीको संस्थागत निर्णयभन्दा फरकरुपमा पनि बोलेँ । बोल्नुपर्ने भयो । त्यस्तोबेलामा अलिकति दवाब त महसुस भइहाल्छ ।

प्रवक्ताले नै पार्टी निर्णयविपरीत बोल्न मिल्छ र ?

कांग्रेसको सौन्दर्य के छ भने यहाँ फरक मतलाई पनि अवहेलना र तिरस्कार गरिँदैन । सबैका विचारलाई स्थान दिएर अगाडि बढ्ने परम्परा भएकाले प्रवक्तालाई अलिकति सजिलो पनि छ । त्यसको अर्थ म सधंै पार्टी निर्णयलाई चुनौति दिएर बोल्छु भन्ने होइन । त्यस्तो अपवादमा हुन्छ ।

एउटा व्यक्ति विश्वप्रकाश र कांग्रेस प्रवक्ता अलग–अलग हुन् । विश्वप्रकाशले बोल्दा आवेग राख्यो भने प्रवक्ताले विवेक राख्नुपर्छ । विश्वप्रकाश हतारिन्छ भने प्रवक्ताले संयमित बन्नुपर्छ । विश्वप्रकाशले कम अध्ययन गरेर बोल्यो भने प्रवक्ताले अलि अध्ययन गरेर मात्र बोल्नुपर्छ । किनभने, प्रवक्ता विश्वप्रकाशले बोलेको कुरामा सिंगो पार्टी जिम्मेवार हुन्छ ।

तपाईं कतिबेला व्यक्ति विश्वप्रकाश र कतिबेला कांग्रेस प्रवक्ताका रुपमा आफूलाई पाउनुहुन्छ ?

यदि पार्टीको आन्तरिक वैठक-छलफल छ भने त्यहाँ म कांग्रेसको केन्द्रीय सदस्य मात्रै हुन्छु । त्यस्तोमा व्यक्ति विश्वप्रकाश जागृत हुन्छ । अनि, बाहिर सार्वजनकि रुपमा आफ्नो भनाइ राख्दाचाहिँ विश्वप्रकाश गौण हुन्छ र प्रवक्ता जागृत हुन्छ ।

प्रवक्ताले हतारिएर बोल्न मिल्दैन भन्नुभयो । तर, तपाईंले कतिपय सन्दर्भमा हतारिएर प्रक्रिया जनाउँदा चिप्लिएका घटना पनि छन् । एउटा घटना सम्झनुपर्दा जब सिके राउत सरकारसित सम्झौता गरेर राजनीतिको मूलधारमा आए, त्यतिबेला तपाईंले करिब एक घन्टाको अन्तरालमा दुईवटा ट्विट लेख्नुभयो । पहिलो ट्विटमा सम्झौताको स्वागत गर्नुभयो र दोस्रोमा आलोचना गर्नुभयो । यसरी एक घन्टाभित्रै यूटर्न लिनुपर्ने अवस्था ‘हतार’कै उपज होइन ? 

ती दुवै ट्विट हतारिएर नभई सोची सम्झी गरेको हुँ । एक घन्टा होइन, २०-३० मिनेटको फरकमा होला । त्यस दिन म झापाबाट साथीको गाडीमा बाग्लुङतर्फ जाँदै थिएँ । पथलैया पुग्दा अनलाइनमा सिके राउतको समाचार पढेँ । सरसर्ती ११ बुदेँ सम्झौता पत्र पढ्दा बुँदा १ र बुँदा २ महत्वपूर्ण थिए । पहिलो बुँदालाई तपाईं विरोध गर्न सक्नुहुन्नथ्यो, किनभने त्यसमा पृथकतावादी आन्दोलन त्यागेर नेपालको संविधान र सार्वभौमिकता स्वीकार गर्ने कुरा थियो । दोस्रो बुँदा तपाईं समर्थन गर्न सक्नुहुन्नथ्यो, किनकि त्यसमा ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ बाट समस्या हल गर्ने भनिएको थियो  ।

अब एउटै ट्विटमा सिंगै लेख, निवन्ध वा विज्ञप्ति त अटाउँदैन । त्यतिबेला कतिपय नेताले पनि हतारिएर गरिस् भन्नुभएको हो । तर, पछि कार्यसमितिको निर्णय पनि मेरो ट्विटकै स्पिरिटमा आयो ।

यस्ता आकस्मिक र महत्वपूर्ण घटना हुँदा पार्टी सभापतिलाई सोधेर मात्रै टिप्पणी लेख्नुहुन्छ कि आफूखुशी ?

अधिकांश विषयमा पार्टीको स्पिरिटको जगमा उभिएर धारणा बनाउने र सार्वजनिक गर्ने काम हुन्छ । कुनै विषय चर्चामा आउँदै गर्दा पार्टीको कार्यसमिति वैठक बसेर वा सभापतिज्यूलाई सोधेर मात्र प्रतिक्रिया दिने कुरा व्यवहारिक र प्रभावकारी हुँदैन । प्रवक्ताले कहिलेकाहीँ तुरुन्तै धारणा बनाउनुपर्ने हुन्छ । आखिर विचार जनेरेट गर्ने पनि त प्रवक्ताको जिम्मेवारी हो । त्यसमा मैले हेर्ने भनेको पार्टीको विचारको जग र संविधानको स्पिरिट हो । समग्रतामा आधाभन्दा बढी आफैंले सोचविचार गरेर धारणा सार्वजनिक गर्नुपर्ने अवस्था आउँछ ।

अनि, कतिपय सन्दर्भमा विषयले पनि भूमिका खेल्छ । कुनै विषयमा सभापति भन्दा पनि विज्ञसँग सल्लाह गर्नुपर्ने अवस्था आउला । कुनै विषयमा अन्य नेताहरुको सुझाव बढि प्रभावकारी होला । त्यसैले सँधै सभापतिसित नै सोध्नुपर्छ भन्ने होइन ।

आफूलाई नसोधी महत्वपूर्ण विषयमा बाहिर बोल्दा सभापतिले चित्त दुखाउनुहुन्न ?

त्यसरी बोल्नुभन्दा अगाडि सभापतिको वा पार्टी नेतृत्वको यसमा कस्तो धारणा हुन सक्छ भन्ने खालको पूर्वानुमान पनि हुन्छ ।

विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाउँदा सभापति र तपाईंका विरोधाभाषपूर्ण अभिव्यक्ति आए । बिहान भाषण गर्दा सभापति देउवाले सरकारको निर्णय ठीक छ भन्नुभयो । दिउँसो तपाईंले पत्रकार सम्मेलन गरेर विरोध गर्नुभयो । यस्तोबेला कसको अभिव्यक्तिलाई आधिकारिक मान्ने ?

विप्लवको प्रकरणमा त्यस्तो भएको हो । तर, सभापति र प्रवक्ताले के बोल्नुभयो भन्ने एउटा विषय हुँदै गर्दा महत्वपूर्णचाहिँ अन्ततः कांग्रेसले के बोल्यो भन्ने हो । मैले जे बोलेँ, त्यो विपरीतमा त पार्टी गएन । सभापतिले सरल तरिकाले भनिदिनुभएको थियो, विप्लवले यत्रो हिंसा गरिरहेको छ, उदयपुरमा बिना कटुवालको खुट्टा काट्नुप¥यो,  नुवाकोटका नारायण कार्कीको खुट्टा काट्नुपरो । त्यसैले यसलाई प्रतिवन्ध गरौं सरकारले भन्छ भने विरोधका लागि विरोध किन गर्ने ? उहाँलाई लाग्यो होला । त्यसैले तत्कालिकरुपमा सकारात्मक प्रतिक्रिया दिनुभयो । पछि सच्याउनुभयो ।

तपाईंले पत्रकार सम्मेलन गर्दा सभापतिले यस्तो बोल्नुभएको छ भन्ने थाहा थिएन ?

थाहा थियो । सभापतिले बिराटनगरमा बिहान साढे ९ बजे बोल्नुभयो । मैले साढे ३ बजेतिर बोलेँ । थाहा भएरै बोलेको हुँ ।

सभापतिकै अभिव्यक्तिसित बाझिने गरी प्रवक्ताले बोल्दा पार्टी अनुशासन लाग्दैन ? 

विचारमा फरक मत नै कांग्रेसको सौन्दर्य हो । सभापति र प्रवक्ताको निरन्तर दुई धारणा आयो भने अनुशासनको प्रश्न उठ्ला । दुई तीन दिनपछि त पार्टीको स्पष्ट धारणा आइहाल्यो । सभापतिले बिराटनगरमा त्यो भन्नुभयो, पछि पाल्पामा गएर निषेध गर्नु हुँदैन र वार्ताले मिलाउनुपर्छ भन्नुभयो । जम्मा दुई दिन जति मात्रै अन्योल भएको हो ।

भनेपछि सभापतिलाई पनि आफ्नै लाइनमा ल्याउन सफल हुनुभयो होइन ?

आफ्नो लाइनमा ल्याएको भन्दिनँ । उहाँले जब साथीहरुबाट विश्लेषण सुन्नुभयो, त्यसपछि कन्भिन्स हुनुभयो होला । विगतमा तत्कालीन माओवादीलाई बल प्रयोगमार्फत नियन्त्रण गर्न खोज्दा सफल नभएको अनुभव उहाँसित पनि थियो ।

तपाईंलाई आलोचकहरुले प्रवक्ता होइन, खण्डनकार भन्ने गर्छन् । तपाईको आधा समय प्रधानमन्त्री ओलीको अभिव्यक्तिहरुको खण्डन गर्दैमा बित्छ भनेर विष्णु रिमालले भन्नुभएको छ । यति धेरै नकारात्मकता किन ?  

हामी सन्दर्भअनुसार आवश्यक हुने विषयमा प्रतिक्रिया दिन्छौं । म्याथको टिचरले म्याथै पढाउँछ नि । प्रवक्ताले पार्टीको नीति सिद्धान्तको वकालत गर्नुका साथै विपक्षीबाट प्रहार हुँदा बचाउ पनि गर्नुपर्छ । कांग्रेसको प्रवक्ता हुनुको नाताले त्यो मेरो जिम्मेवारी हो । कहिले कम्युनिष्ट पार्टीको नीति–सिद्धान्त र दस्तावेजलाई चिरेर बोल्नुपर्ने होला, कहिले सरकारको गलत क्रियाकलापमाथि बोल्नुपर्ने हुन्छ होला, कहिले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन पनि गर्नुपर्छ होला ।

उहाँले हामीलाई प्रहार गरिरहँदा हामी चुपचाप सहेर बस्ने त ? प्रधानमन्त्रीज्यूले ‘कांग्रेस सकियो’ भनिरहँदा हामीले सकिएको छैन त भन्न पाइयो नि । हामीले उहाँले जस्तो तितो शब्द त प्रयोग गरेका छैनौं । प्रवक्ता भएपछि विश्वप्रकाशले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरिरहँदा कहिल्यै तितो शब्द बोलेको भए देखाउनुस । प्रधानमन्त्रीले मर्यादामा बसेर बोल्नु पर्ने कि नपर्ने ? हामीले त उहाँजस्तो शालीनता नराखी बोलेका छैनौं । हामीले तार्किकरुपमा जवाफ दिएकै कुराले पनि उहाँहरुलाई अप्ठेरो लाग्छ भने बुझ्दा हुन्छ, यो उत्तर कोरिया होइन ।

शालीनता त तपाईंकै पार्टी सभापति शेरबहादुर देउवामा पनि कहाँ भेटिन्छ र ? प्रधानमन्त्री हुँदा पनि प्रश्न सोध्नेलाई गाली गरेको, थर्काएको भिडियो भाइरल भएकै हो ।

बीबीसीको कार्यक्रममा एउटा घटना भयो, अब त्यसैलाई लिएर कति उहाँलाई खेदिरहने ? एउटा कालखण्डको कुनै घटना सर्वकालसम्म आलोचनाको विषय बनिरहन सक्छ र ? म घटनाको होइन, प्रवृत्तिको कुरा गरिरहेको छु । एकाधपटक नेताहरुबाट त्यस्तो गल्ति हुन सक्छ । तर, यसले प्रवृत्तिको रुप लियो भने चिन्ताजनक हो ।

कामरेड केपी ओलीको हकमा प्रवृत्ति हो, भने सभापतिज्यूको हकमा घटना हो । सभापतिजयूले त्यस्तै खालको व्यवहार गरेको अर्को कुनै घटना भए देखाउनुस् ।

पत्रकारसित जंगिने र थर्काउने त बारम्बार गर्नुहुन्छ । हरेकजसो अन्तरवार्तामा एकपटक झोक्किनुभएकै हुन्छ । अस्ति भर्खरै पनि त एउटा भिडियो आएको थियो । त्यसमा उहाँलाई मेडिकल कलेजसम्वन्धी प्रश्न सोधिँदा पत्रकारमाथि कसरी खनिनुभयो, हेर्नुभएन ?

त्यो उहाँको शैली हो । हरेक नेताको शैली  र स्वाभाव आफ्नो–आफ्नो हुन्छ । गाली गरेको भनिरहँदा उहाँले कस्तो शब्द प्रयोग गर्नुभएको थियो, त्यसमा जाउँ न । उहाँले कुनै अपाच्य वा अपशब्द बोल्नुभएको थियो त ? बीबीसीको साझा सवालमा पनि उहाँले प्रश्न सोध्नेलाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्नुभएको थियो, कुनै अपशब्द त प्रयोग गर्नुभएको थिएन । त्यसो भन्दै गर्दा म उहाँको शैली ठीक हो भनिरहेको छैन । सकभर झोंक नदेखाउनु राम्रो हो ।

अपशब्द त प्रधानमन्त्रीले पनि कहाँ बोल्नुभएको छ र ? विपक्षीलाई झर्रो शब्दमा कटाक्ष गर्ने पनि त उहाँको शैली नै होला ।

अरिंगाल, नन्दीभृंगी, थला पार्छु, जस्ता शब्द सम्मानजनक हुन् ? प्रधानमन्त्री जस्तो गरिमामय पदमा भएको व्यक्तिमा शिष्टता हुनुपर्छ कि पर्दैन ? हाम्रो सभापति जंगिएर बोल्दा पनि खराब शब्द प्रयोग गर्नुहुन्न । प्रधानमन्त्रीज्यू मीठो लवजमा पनि तीतो शब्द प्रयोग गर्नुहुन्छ । शब्दमार्फत उहाँको प्रवृत्ति झल्किन्छ ।

प्रधानमन्त्रीले विपक्षी पार्टी र नेताहरुलाई कटाक्ष गर्ने त अरु देशमा पनि सामान्य नै मानिन्छ । अस्ति भारतमा चुनाव हुँदा मोदी र राहुल गान्धीबीच व्यक्तिगत स्तरमै कडा आरोप प्रत्यारोप भयो । तर, त्यहाँ मोदीको आलोचना भएन । नेपालमा चैं प्रधानमन्त्रीले केही बोल्नासाथ किन ज्वारभाटा आउँछ ? 

विदेशका नेताहरुबाट हामीले राम्रो कुरा सिक्ने कि खराब कुरा सिक्ने त ? विदेशका नेताले नराम्रो बोल्नुभयो भनेर हामीले पनि त्यही सिको गर्ने ? हाम्रो प्रधानमन्त्रीले त अरु देशका नेताहरुका लागि आफू उदाहरण बनेर देखाउन सक्नुपर्छ । प्रधानमन्त्रीले अनावश्यक बोलिरहनुभन्दा चुपचाप काम गर्नु राम्रो हो । हामी इतिहासकै सुन्दर घडीमा छौं ।

प्रधानमन्त्रीसँग इतिहास रच्नका लागि सबै अनुकुलताहरु छन् । दुई तिहाईको सरकार छ । मित्रवत प्रतिपक्षी छ । संबिधान बनेको छ । यो अवसरलाई सदुपयोग गर्नुपर्छ । प्रतिपक्षी दलको प्रवक्ता भन्दै छ कि यो अवसरको सदुपयोग गर्नुस, हामी सहयोग गर्न तयार छौं ।

मुखले त भन्नुभयो, तर सरकार बनेयता अहिलेसम्म रचनात्मक प्रतिपक्षको रुपमा सरकारको कुनै काममा समर्थन जनाएको वा सहयोगी भूमिका खेलेको रेकर्ड छ ?

किन छैन ? अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भइरहँदा कांग्रेसको फेसबुक पेजमा यो सकारात्मक छ भनेर लेखिएको अहिले पनि भेट्नुहुन्छ । तर, त्यो कार्यक्रमले पनि परिणाम त दिएन । ३ अर्ब १० करोड बजेट छुट्याइएको थियो, त्यसको १ प्रतिशत पनि खर्च हुन सकेको छैन । खर्च भएको पनि उत्पादनमूलक कार्यमा छैन । परिणाम नदिएपछि हामीले कसरी समर्थन गरिरहने ?

रचनात्मक प्रतिपक्ष भनेको आखिर के हो ? तपाईंले ४८ सालमा कांग्रेसको एकलौटी सरकार बनेपछिको डेढ वर्ष र यसपाली कम्युनिष्टको डेढ वर्षको अवधिमा प्रतिपक्षी भूमिकालाई तुलना गरेर हेर्नुस न ? त्यतिबेला कति बन्द–हड्ताल भएका थिए ? कति रेलिङ तोडिएका थिए ? अहिले केही भएको छ ? कांग्रेसले त कुनै बन्द हड्ताल गरेको छैन ।

सडकमा नआए पनि संसद त बारम्बार बन्द गराउनुभएको छ नि ।

संसदभित्र उभिएर फरक मत राख्नु संसदीय मर्यादाभन्दा बाहिरको कुरा होइन । संसदीय व्यवस्थामा यस्तो सामान्य हो । कुनै कुराको सुनुवाइ होस, देशको ध्यान तानियोस, सरकारलाई दवाव पुगोस भन्नका खातिर संसदभित्र कुर्सीबाट उभिएर असहमति राख्ने चलन सबैतिर छ । यदि संसदभित्र असंसदीय व्यवहार वा उद्दण्डता देखिएको छ भने त्यसलाई सच्याउन तयार छौं ।

कांग्रेस भन्नेबित्तिकै अहिले विश्वप्रकाश र गगन थापाको नाम मात्रै अगाडि आउँछ । सभापतिलाई समेत आफूहरुले ओझेलमा पारेको छु भन्ने कत्तिको खुशी लाग्छ ?

प्रवक्ता भनेको सञ्चारमाध्यममा आइरहनुपर्ने भएकाले हाइलाइट हुनु स्वभाविक नै हो । गगन थापाले पनि संसदभित्र र बाहिर प्रखर भूमिका निभाइरहँदा उहाँको चर्चा हुनु स्वभाविक हो ।

मिडियामा छाइरहने कला पनि त तपाईंहरु दुवैजनासित छ नि होइन ?

हामी मिडियामा आउनकै लागि कुनै कुरा बोल्ने लेख्ने गर्दैनौं । हामीमात्रै चर्चामा छौं भन्ने पनि होइन । अरु मिनेन्द्र रिजाल, बालकृष्णा खाँड, मीन विश्वकर्मालगायतले संसदमा प्रखर भूमिका निभाइरहनुभएको छ । कम बेसीको कुरा मात्रै हो ।

पार्टीभित्र र बाहिर गगन थापा र तपाईंलाई तुलना गर्ने र प्रतिस्पर्धीको रुपमा हेर्ने गरिएको पाइन्छ । तपाईंहरु आफैंमा चाहिँ प्रतिस्पर्धाको भावना कत्तिको छ ? 

त्यस्तो चर्चा सुन्छु म पनि । तपाईंलाई बताइहाल्छु, आज बिहान पनि हामी दुई भाइले एउटा अनलाइनको समाचार सँगै बसेर पढ्यौं र हाँस्यौं । गगन बिहान ९ देखि साढे १० बजेसम्म केन्द्रीय कार्यालयमा थिए । म पत्रकार सम्मेलनका लागि ९ बजे नै आएको थिएँ । हामीबीच केही विषयमा छलफल भयो । हाम्रो सम्वन्ध सधैं सुमधुर छ ।

के थियो तपाईंहरुलाई हँसाउने समाचार ?

‘हेर्नुस, गगन र विश्वप्रकाशले कसरी एक–अर्काको विरुद्ध धावा बोले’ भनेर लेखिएको थियो ।

केही त भएको थियो होला नि । हावा नचली पात हल्लिन्छ र ?

होला, नेतृत्व परिवर्तनको सन्दर्भमा हामीले फरक–फरक विचार अभिव्यक्त ग¥यौं होला । उहाँले तत्काल नेतृत्व परिवर्तनको वकालत गर्नुभयो होला । मैले नेतृत्व परिवर्तन महाधिवेशनले मात्र गर्नुपर्छ भनेँ होला । यसैलाई लिएर एकअर्कामाथि खनिएको भनेर समाचार लेख्नु त अतिरञ्जना भयो नि । गगन मेरा समकालिन हुन् । हामी दुवैमा एकअर्काप्रति कुनै तुष छैन ।

तपाईं उहाँभन्दा सिनियर होइन र ?

उमेरले ५-७ वर्षको फरक हो । हामीले सँगै विद्यार्थी राजनीति गर्‍यौं । म नेविसंघको अध्यक्ष हुँदा उनी मध्यमाञ्चल उपाध्यक्ष थिए । त्यतिबेलाको कार्यसमितिमा ५ उपाध्यक्षमध्ये गगन सबैभन्दा अगाडि गए । अरु चारजना पनि होनाहार थिए । उनीहरु सबैमा म गर्व गर्छु । गगनलाई पहिल्यैदेखि मैले उदाउँदो प्रतिभाका रुपमा हेरेँ । त्रिचन्द्र क्याम्पसमा नेविसंघको सभापतिमा उम्मेदवार बनाउँदा हस्ताक्षर गर्ने हात मेरै थिए ।

तपाईं लगातार चुनाव हारिरहँदा गगन दुईपटक सांसद र एकपटक मन्त्रीसमेत बनिसक्नुभयो । आफ्नो मातहतमा काम गरेको, अहिले आफूलाई ओभरटेक गरेको जस्तो लाग्दैन ?

त्यसो भए के मलाई ओभरटेक नगर्ने भनेर उहाँले जानीजानी चुनाव हार्नुपथ्र्यो ? झापाबाट मैले चुनाव हारेको समाचार आइरहँदा उहाँले पनि काठमाडौंमा जित्दाजित्दै हार स्वीकार गर्नुपथ्र्यो ? चुनावअघि मैले गगनका लागि मत मागेको छु । गगनले मेरा लागि मत मागेका छन् । झापामा मेरो सचिवालय र काठमाडौंमा मेरो सचिवालयले एकै समयमा भिडियो सन्देश जारी गरेर एक–अर्काका लागि भोट मागेका हौं कि होइनौं ?

म आफ्नो प्रतिस्पर्धी आफैंलाई मान्छु । म एक वर्ष अगाडि कहाँ थिएँ र अहिले कहाँ छु भनेर दाँज्छु । अरुसित दाँजेर समय खेर फाल्दिनँ । गगन भोलि कांग्रेसलाई र देशलाई नै नेतृत्व गर्न सक्ने नेता हुन् । हामी दुवैले एक–अर्कालाई स्वीकारेर नै अगाडि बढिरहेका छौं । उनको प्रगतिमा मलाई गर्व छ । यतिसम्म कि मलाई त भोलि यदि म रहिँन भने पनि गगन छन् भनेर ढुक्क लाग्छ ।

भन्नाले ?

मृत्यु कसले देखेको छ र ? कसले ग्यारेन्टी गर्न सक्छ, अबको १५ वर्षसम्म विश्वप्रकाश बाँचिरहन्छ भनेर ? रवीन्द्र अधिकारी मेरा परम भित्र थिए । कम्युनिष्ट पार्टीमा मेरो तँ, तिमी चल्ने उनीमात्रै हुन् । यति चाँडै जालान् भन्ने सोचिएको थियो र ? यदि कुनै घटना भएर म पनि अकश्मात गएँ भने मलाई यो कुरामा ढुक्क हुनेछ कि मेरो पुस्ताका भरोसायोग्य साथीहरु बढिरहेका छन् है ।

अलि बढी भावुक हुनुभयो कि ? 

कतिपय कुराहरुलाई आध्यात्मिक कोणबाट पनि सोच्नुपर्छ । जबसम्म हामी रहन्छौं, समाजको रुपान्तरणका लागि क्रियाशील हुन्छौं । मैले बेलाबेला भन्छु– मान्छे जिउँदो रहँदासम्म मात्रै समाजको सेवा गर्ने हो । मरेपछि सकियो । यदि भेडा भएको भए मरेपछि स्वीटर बनेर अरुलाई न्यानो दिन सक्थ्यो । भैंसी भएको भए कसैको जुत्ता बनेर सेवा दिन सक्थ्यो । बाख्री भएको भए मादलको छाला बनेर घिन्ताङघिन्ताङ बज्न सक्थ्यो । हामी मानिसको शरीर त मरेपछि खरानी हुने हो । हामीले छोडेको कीर्ति मात्रै बाँकी रहन्छन् ।

विश्वप्रकाश वा गगनले कांग्रेसको नेतृत्व गरेको हेर्न चाहने कांग्रेसभित्र र बाहिर पनि थुप्रै छन् । तपार्इंले आगामी महाधिवेशनलाई लिएर के सोच्नुभएको छ ?

मैले बोलेको कुरा जस्ताको तस्तै राख्नुहोला । व्यक्तिका रुपमा विश्वप्रकाशले बोल्न सक्छ तर, प्रवक्ताका रुपमा सार्वजनिकरुपमा बोल्दै गर्दा कुन विषयमा कहिले बोल्ने भन्ने प्रश्न आउँछ ।

कसैको न्वारनमा पुगेर ‘ह्यापि बर्थ डे’ भन्यो भने मानिसहरु हाँस्छन् नि । अहिले धेरै साथीहरु आफूलाई सभापतिको उम्मेदबार भन्दै हिँड्नुभएको छ । मैले उहाँहरुलाई भनेको छु पहिले सभापति को बन्नेभन्दा संगठन कस्तो बनाउने भन्ने सोच्नुस् । मृत कांग्रेसको होइन, जागृत कांग्रेसको नेता बन्नुस । ठीक समयमा त्यो विषय उठाउनु उपयुक्त हुन्छ ।

तर, पनि केही योजना त बनाउनुभएको होला ?

मलाई जिल्लामा जाँदा धेरै साथीहरुले यो प्रश्न सोध्नुहुन्छ  । तपाईं महामन्त्रीको उम्मेदवार हो कि सभापतिको कि के हो भन्नुहुन्छ ? म एउटै वाक्यमा जवाफ दिन्छु कि विश्वप्रकाश शर्मा कांग्रेसको प्रवक्ताबाटै मात्रै विदा हुने गरी चाहिँ राजनीतिमा आएको होइन ।

त्यसोभए आगामी महाधिवेशनमा कुन पदमा लड्ने ? 

मैले अघि उत्तर दिइसकें । समय भएको छैन बोल्ने । देशभरका साथीभाइको अपेक्षा के छ बुझ्नुपर्‍यो । सभापति वा महामन्त्रीको दौड सुरु नै भएको छैन । विवाहको मिति टुंगो नभई, कन्या फेला नपरिकन दौरा–सुरुवाल सिलाउन कुद्नु ठीक हुँदैन । अहिले मैले आफ्नो आकांक्षा व्यक्त गरेँ र अन्य उम्मेदवारहरुमाथि टिप्पणी गरेँ भने तपाईंको सबै अन्तरवार्ताको केन्द्रविन्दु यही बन्न पुग्छ र अरु सबै कुरा गौण बनिदिन्छन् । यो भनाइलाई पनि जस्ताको तस्तै राखिदिनुहोला ।

तपाईंको विचारमा कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ ?

म त नेतृत्व वा पदाधिकारीमा युवाको अधीकता हुने भन्दा पनि सिंगो कांग्रेसलाई तन्नेरी बनाउने सोच राख्छु । व्यक्ति युवा हुनेभन्दा सोच युवा हुनुपर्छ ।

कांग्रेसलाई पार्टीभन्दा पनि गुटहरुको महासंघको रुपमा हेर्ने गरिन्छ । तपाईं अहिले कुन गुटमा ?

पार्टीको प्रवक्ता कुनै गुटको हुँदैन । प्रवक्ताले त पार्टीभित्रका सबै मतहरुलाई समेटेर सबैको साझा बन्न सक्नुपर्छ । म त्यही प्रयत्न गरिरहेको छु । पार्टीभित्रका फरक समुहहरु भनेका फरक बोटमा फुलेका फूलहरु हुन् । हरेक फूलहरुसँग बेग्लै बास्ना हुन्छ । यी फूलहरुलाई गाँस्नका लागि जुन धागो प्रयोग हुन्छ, त्यसमा त बास्ना हुँदैन । प्रवक्ता भनेको पनि धागोजस्तै हो, यसमा कुनै गुटको बास्ना हुँदैन ।

पहिले शशांक कोइरालाको गुटमा हुनुहुन्थ्यो र प्रवक्ता पद पाएपछि देउवा गुटमा बसाईं सर्नुभयो भन्ने गरिन्छ नि ?

म कांग्रेसको कार्यकर्ताका रुपमा सबै नेतासँग उत्तिकै नजिक रहेँ । आफूलाई कुनै अमूक नेताको निकट राखेर हेरिनँ ।

देउवाले तपाईंलाई प्रवक्ताको भूमिकामा कसरी विश्वास गर्नुभयो, जबकि उहाँ पार्टीभित्रका प्रतिपक्षीप्रति त्यति उदार मानिनुहुन्न ।

म उहाँको प्रतिपक्षी थिइनँ । उहाँलाई सभापति बनाउन मत हालेको हुँ । देउवाले प्रवक्ता बनाएपछि अचानक गुट बदलेको होइन । प्रवक्ता बन्नुअघि विरोध र प्रवक्ता बनेपछि जयजयकार गरेर हिँडेको पनि छैन ।

मैले देउवालाई सभापति बनाउन लाग्दै गर्दा उहाँले ‘भोलि भाइले प्रवक्ता भएर काम गर्नुपर्छ’ भनेर त्यतिबेलै मलाई बचन दिनुभएको थियो । बरु दुई वर्ष किन ढिला गर्नुभयो भन्ने पो मेरो गुनासो थियो त । निर्वाचन अगाडि नै म प्रवक्ता हुनुपर्थ्यो ।

चुनाव अगाडि त प्रवक्तामा गगन थापाको नाम चर्चामा थियो । उहाँको नाममा चिठी पनि बनिसकेको तर पछि कार्यान्वयन नभएको कुरा कति सत्य हो ?

त्यो मैले पनि सुनेको हुँ । एकिन कुरा थाहा भएन । प्रवक्ता कसलाई बनाउने भन्ने सभापतिको कुरा हो ।

यो विषयलाई लिएर गगनसित तपाईंको मनमुटाब भएन ?

अहँ । त्यस्तो केही पनि भएन । गगन प्रवक्ता भएको भए पनि मेरो कुनै गुनासो हुन्नथ्यो । सायद उनले मैले भन्दा राम्रो गर्न सक्थे ।

त्यतिबेला कांग्रेसलाई रुपान्तरण गर्ने भन्दै तपाईं र गगनसहित सात भाइ युवाहरुको एउटा नयाँ गुट बनेको थियो । तर, तपाईं प्रवक्ताको पद खान दौडिएपछि उक्त गठवन्धन बिथोलियो र अरुले तपाईंबाट धोका पाएको महसुस गरे भन्ने छ नि ?

हा..हा.. । यो कुरा पहिलोचोटि तपाईंबाट सुन्दैछु । एकातर्फ कांग्रेसभित्र गुट धेरै भए भन्ने कुरा आउँछ । अर्कोतर्फ सात भाइ एकै ठाउँ टाँस्सिएर बस्नुपथ्र्यो भनिन्छ । त्यो सात भाइको जुन साझेदारी थियो, दीर्घकालका लागि थिएन । त्यसलाई सातबाट ८ पनि बनाउन नहुने वा ६ मा झार्न पनि नहुनेखालको होइन ।

तपाईं प्रवक्ता भएपछि त्यो समूह त बिथोलियो नि ?

गलत हो । खासमा त्यस सोचको प्रस्तावक नै म थिएँ । मैले चन्द्र भण्डारीसित पहिले यो प्रस्ताव राखेपछि २ बाट ३ हुँदै सात जना भएका हौं ।

वीपीले ४१ वर्ष अगाडिको पुस १६ गते मेलमिलापको नीति ल्याउनुभयो । त्यही स्पिरिटमा उभिएर हामीले पुस १६ गते नै हामीले विज्ञप्ति निकाल्यौं । सात जनाको विज्ञप्तिमा के थियो हेरौं । ‘विगतका अप्रिय कुराहरु बिर्सिएर नविन ढंगले अगाडि बढौं । हामी हारेका छौं, तर थाकेका छैनौं । ढलेका हौंला, तर मरेका छैनौं । हामी छौं, नविन ढंगले आउँछौं । म बदलिन्छु, हामी बदलिन्छौं, हाम्रो देश बदल्छौं ।’ विज्ञप्तिको सार यही थियो । यही गुटलाई सदासर्वदा कायम राखेर सबै चिजमा भाग खोज्ने खालको अवधारणा थिएन । आज जागरण अभियानसम्म आइरहँदा त्यतिबेला हामीले अघि सारेको नविन सोचको रिफ्लेक्सन यसमा केही न केही छ भन्ने लाग्छ ।

तपाईंको अन्तरवार्ता लिन आउनुअघि इन्टरनेटमा तपाईंको प्रोफाइल चेक गरेको थिएँ । के भेटेँ भने तपाईंले ०४३ सालयता पार्टीभित्र र बाहिर ५ वटा चुनाव हारिसक्नुभएको रहेछ । ०४३ सालमा मेची क्याम्पसको स्ववियू सदस्य हार्नुभयो । ०४५ सालमा सहसचिवमा हार्नुभयो । झापाको कांग्रेस सभापतिमा हार्नुभयो । पछिल्ला दुईवटा संसदीय चुनावमा हार्नुभयो । लगातारको पराजयलाई विश्लेषण गर्दा तपाईं आफूलाई अभागी मान्नुहुन्छ कि अलोकप्रिय ?

मैले अहिलेसम्म ६÷७ वटा चुनाव लडेकोमा केही हारेँ होला । तर, सबै हारेको छैन । नेविसंघको केन्द्रीय सदस्य र अध्यक्ष जितेकै हुँ । पछिल्लो दुई संसदीय चुनावमा लगातार पराजय व्यहोरेको हुँ । तर, म आफूलाई अभागी भन्न चाहन्न । चुनावमा धेरै फ्याक्टरहरुले काम गर्छन् । मेरो क्षेत्रमा कांग्रेस बलियो थियो, तर एमाले र माओवादी मिलेपछि हामी पछि धकेलियौं । दोस्रो र तेस्रो मिलेपछि पहिलोलाई गाह्रो त भइहाल्छ ।

म आफूले पाएको मतबाट खुशी छु । समानुपातिकमा भन्दा प्रत्यक्षमा ९ हजार बढी भोट आएको छ, तीन हजार चानचुनले हारेको हुँ । झापामा सबैभन्दा कम मतान्तरले हारेको मैले नै हो । हारलाई स्वभाविकरुपमा लिएको छु । जनताले अझै केही समय पार्टीमा नै भूमिका निर्वाह गर भनेर अह्राएको अर्थमा बुझेको छु । फेरि, चुनावी जितहारले मात्रै समग्र लोकप्रियतालाई प्रतिविम्वित नगर्न सक्छ । यो एउटा महत्वपूर्ण सूचक त हो, तर सबैथोक होइन ।

त्यसो त तपाईं केपी ओलीसितै चुनाव लड्न तम्सिनुभएको थियो क्यार । नलडेर ठीक गरेंछु भन्ने लाग्छ ?

म आफूले त्यो कुरा उठाएको थिइनँ । केपी ओलीको क्षेत्रमा कसलाई चुनाव लडाउने भन्ने सन्दर्भमा मेरो नाम चर्चामा आएको हो ।

तपाईंले पार्टीभित्र खुलेरै ओलीसित लड्ने इच्छा व्यक्त गर्नुभएको होइन र ?

त्यसरी भन्दा पनि मैले पार्टीभित्र ‘आवश्यक परे त्यहाँ लड्न तयार छु’ भनेको हो । पार्टीले निर्णय गरेको भए लड्ने थिएँ । तर, मेरो पहिलो प्राथमिकता केपी ओलीको क्षेत्र थिएन । आफ्नो क्षेत्र, जहाँ म जन्मेको, हुर्केको, पढेको छु, जहाँको नदिमा आफ्ना पितामातालाई जलाएको छु, त्यही मेरो पहिलो प्राथमिकता हो । भविश्यमा कुनै दिन प्रधानमन्त्री पदमा पुगेँ भने पनि मरेपछि मलाई काठमाडौंको आर्यघाटमा होइन, यहीँको माटोमा विलीन होउँ भन्ने चाहन्छु । त्यसैले चुनाव लड्ने सवालमा पनि झापा १ नै मेरो पहिलो प्राथमिकता थियो ।

दोस्रो प्राथमिकता चाहिँ केपी ओलीको क्षेत्र ?

आफ्नो क्षेत्र छाडेर जानुप¥यो भने अन्त किन जाने ? त्यतिबेलाको लोकप्रिय नेता । पूर्वप्रधानमन्त्री । जनताले उहाँबाट आशा निकै राखेका थिए । आशा राखेको नेतालाई हराउनैपर्छ भन्ने पनि मेरो मनमा थिएनँ । उहाँलाई जित्छु भन्ने नै थिएनँ । म आफ्नै क्षेत्रमा त हारेँ भने उहाँको क्षेत्रमा के जित्थेँ होला ? तर, पार्टीले लड् भन्यो भने मैले जितको खोजी मात्रै गर्नु हुँदैनथ्यो । उहाँसँग हारे पनि मेरो विजय नै हुन्थ्यो । जिते त झन् दिग्विजय हुन्थ्यो ।

हार्दा कसरी विजय हुन्थ्यो ?

हार्दा पनि केपी ओलीसित प्रतिस्पर्धा गर्नुको बेग्लै महत्व हुन्थ्यो । केही विचारले, केही सिद्धान्तले, केही फरक मतले, केही व्यक्तित्वको विकासले, केही पहिचानको अभिवृद्धिले मैले मानसिक जित हासिल गर्थेँ होला ।

पूर्वप्रधानमन्त्रीसित लडेर चर्चामा आउने लोभ पनि त थियो होला ?

विल्कुलै होइन । त्यस्तो खालको लोभबाट राजनीतिको दिर्घजिवन हुन्छ भन्ने सोच्दिनँ । मैले त झापा १ मा हार्दैगर्दा सबैले देख्दादेख्दै बगैंचाबाट फूल टिप्न लगाएर, सबैले देख्दादेख्दै माला उनेर, सबैको अगाडि कम्युनिष्ट मित्र राम कार्कीको गलामा माला पहि¥याइदिएर बधाई दिएको हुँ नि । त्यतिबेला मैले उहाँलाई भनेको थिएँ, ‘मैले लगाइदिएको फूलको माला ओइलिएर झरे पनि जनताको विश्वासको माला ओइलिएर नझरोस् ।’

मैले सस्तो लोकप्रियताका लागि त्यसो गरेको थिइनँ ।

राम कार्कीले चुनाव जितेर तपाईंको क्षेत्रमा कस्तो काम गर्नुभएको छ त ?

राम्रै गर्नुहोला भन्ने अपेक्षा गर्छु ।

अहिलेसम्म चाहिँ कस्तो गरिरहनुभएको छ ?

अहिलेसम्म आलोचना नै गर्नुपर्ने खालको छैन । बेलाबेलामा पुग्नुभएको सुन्छु । उहाँको आफ्नै व्यक्तित्व छ । विचार राम्रो सम्प्रेषण गर्नुहुन्छ । माक्र्सवादको गहिरो अध्येता हुनुहुन्छ । चिन्तन गर्नुहुन्छ । कोही बेला माक्र्सवादको गहिरो विश्लेषण गर्दागर्दै गाउँको माटो कता दुखेको छ भन्ने बारेमा ध्यान दिन पाउनुभएन भने पनि त्यहाँका जनताले गुनासो गर्नुहुन्न ।

यद्यपि, आफ्नो पार्टीको सरकार भएका बेला अलि बढी गर्न सकिन्थ्यो होला । कांग्रेसको सरकार थियो जतिबेला, विश्वप्रकाशले चुनाव हार्दा पनि आफ्नो क्षेत्रका लागि काम गरेको हो । अहिले पनि गएर सोध्दा हुन्छ । आज उहाँको सरकार छ । उहाँ संसदमा हुनुहुन्छ । डाडुपुन्यू दुवै हातमा भएका बेला अलि बढी गर्न सक्नुहुन्थ्यो कि भन्ने मात्र अपेक्षा हो ।

सत्तारुढ नेताहरुले आफ्नो क्षेत्रमा बढी बजेट लैजँदा पनि त आलोचना हुन्छ । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमका लागि बजेट सिफारिस गर्दा तपाईंले नै कटाक्ष गर्नुभएको थियो । यदि कुनै कार्यक्रम नलगेको भए प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा समेत केही गरेन भनेर आलोचना गर्नुहुन्थ्यो होला होइन ? 

हामी कुन समयमा छौं भनेर हेर्नुपर्छ । हिजो संघीयता थिएन । प्रदेश सरकार, स्थानीय सरकारहरु थिएनन् । सांसद नै विकासको मेसिनरी थिए । जसको बल पुग्छ उसले नै धेरै बजेट लैजान्थे ।  अहिले न्यायोचित ढंगले शक्ति विकेन्द्रित गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा अलि बढी विकास लैजाँदै गर्दा माफ गरौंला । तर, यसो सोचौं न । नेपालमा संसारको सबैभन्दा अग्लो बुद्धको मूर्ति बनाउनु त राम्रो हो । तर, त्यो मूर्ति कहाँ बनाउने ? कि मेचीको किनारमा कि महाकालीको किनारमा हुनुपर्ने हो । वा लुम्बिनीमा हुनुपर्ने ? तर उहाँलाई दमकै बनाउनुप¥यो । यसमा पनि मेरो विरोध छैन ।

तर, अर्बौं रुपैयाँको सपिङ मल पनि दमकै चाहियो । यो पनि ठिकै छ । भ्यू टावर पनि दमकमा चाहियो । यहाँ बन्ने भ्यूटावरबाट के हेर्ने ? दुर्बिन लगाएर दमकमा दर्ता भएका पाँच हजारभन्दा बढी सुकुम्बासीको करङ गन्ने ?

ल, ठीक छ यसलाई पनि माफ गरौं । नेपालमा भूकम्प कहाँ गयो भन्दा सिन्धुपाल्चोकमा । असर बढी कहाँ पर्‍यो भन्दा सिन्धुपाल्चोक, गोर्खा, धादिङ नुवाकोट, भक्तपुर लगायतमा । तर, भूकम्पको स्मृति संग्रहालय कहाँ बन्ने भयो भने दमकमा । भूकम्पले मान्छे मर्ने अरु जिल्लामा, स्मृति संग्रहालय किन दमकमा ? दमकमा कति घर चर्कियो ? कति मान्छे मरे भन्दा छैन । तर, भूकम्प गएकोमा साह्रै दुखी भएको चाहिँ दमक रे ! त्यसैले मैले ट्विट गरेर सोधेँ– सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

भनेपछि दमकमा छुट्याइएको बजेटलाई लिएर तपाईंको ठूलो असन्तोष ?

बजेट छुट्याइएकोमा भन्दा बजेटको प्राथमिकतालाई लिएर हो । म दमकविरोधी होइन । तर, त्यहाँको प्राथमिकता र आवश्यकता हेर्नुपथ्र्यो । नदी कटान, सुकम्बासी समस्या, भित्री बाटोहरु, बेरोजगारी आदि समस्याहरु पो प्रमुख हुन् त यहाँ । भूकम्प संग्रहालयले दमकवासीको कुन समस्या हल गर्छ ? प्रधानमन्त्रीले संघीयताको मर्म नै नबुझेको देखियो ।

नबुझेको कि नरुचाएको ?

नरुचाएको भन्दिनँ । जीवनको प्रारम्भमा जुँगाको रेखी नबस्दै उहाँले माक्र्स, लेनिन र स्टालिनको तस्वीरमुनि बसेर सपथ खाँदै गर्दा त्यो दस्तावेजमा संघीयता थिएन नि । संघीयता उहाँले नचिताएको कुरा हो । यो उहाँको दर्शनमै पर्दैनथ्यो । अहिले वाध्यता भयो ।

उहाँको मनस्थितिमा सर्वहारा अधिनायकबाद छ, परिस्थितिमा संसदीय प्रणाली । मनस्थितिमा उत्तर कोरिया छ, परिस्थितिमा दक्षिण कोरिया । मनस्थितिमा बल प्रयोगबाट सत्ता हासिल गर्ने छ, परिस्थितिमा निर्वाचन । मनस्थितिमा रेड बुक छ, परिस्थितिमा नेपालको संविधान । यसरी उहाँ दोसाँधमा नउभिए हुन्थ्यो ।

प्रसंग बदलौं । तपार्इं कुनै लाभको पदमा हुनुहुन्न । म्याडम गृहणी । परिवारको आयश्रोत के हो ?

उनी गृहिणी मात्र होइनन् । मेचीनगरमा लेडिज जेसीसको फाउन्डर प्रेसिडेन्ट हुन् । पहिले स्कुल पनि पढाउँथिन् । अहिले ट्रेनिङ कार्यक्रमबाट सामान्य आयआर्जन गर्छिन् । वर्षमा २०-२५ वटा तालिम हुन्छन्, तीन महिनाजति त्यसमा व्यस्त रहन्छिन् ।

भनेपछि आयआर्जनको पाटो म्याडमको जिम्मेवारीमा छ ?

त्यस्तो पनि होइन । हाम्रो परिवार विगतमा कृषिमा आधारित हो । स्वर्गीय मातापिताले जग्गाजमिन मनग्गे छोडेर जानुभएको थियो । त्यही जमिनको बलमा मैले अहिलेसम्मको राजनीति अघि बढाएँ । तर, विस्तारै खेती गर्न नसकिने अवस्था आएपछि जग्गाहरु विक्री गरेर बस्ती बसालियो ।

मैले आन्तरिक प्रशिक्षणहरुमा भन्ने गर्छु कि तीन दिन पार्टीका लागि, ४ दिन रोटीका लागि दिउँ । यो कुरा मैले आफूमा पनि लागू गरेको छु । त्यो राजनीतिकर्मी नै असल हुन्छ, जसले अन्य पेशाबाट आफ्नो परिवारको भरणपोषण गर्न सक्छ । राजनीति नै मुख्य पेशा भयो भने समस्या हुन्छ । दोकान खोल्नुस, पत्रिका पसल चलाउनुस, वा जग्गा खरिदविक्री नै गर्नुस् । तर, राजनीतिलाई आयआर्जनको स्रोत नबनाउनुस् ।

सात दिन र तीन दिनको सूत्र आफूमा लागू गर्नुभएको छ त ?

पक्कै पनि प्रयास गरेको छु । मेरा केही व्यवसायहरु छन् । ट्राभल एजेन्सी छ । बिर्तामोडमा कलेज छ । । झापाको सिद्धी हाइड्रोमा सेयर छ । यस्तो कुरामा गाँसिने कर्म गरिनँ भने भविश्यमा अख्तियारको अघिल्तिर अनुहार रुमालले छोपेर÷बाँधर उभिनुपर्ने अवस्था आइहाल्छ नि । छोराछोरीले कमाउने बेला पनि भएको छैन ।

कत्रा भए छोराछोरी ?

छोरो कक्षा ९ मा र छोरी युकेजीमा पढ्छिन् ।

राजनीतिमा के सोचेर लाग्नुभएको थियो ? आजको स्थानसम्म आइपुग्ने कल्पना थियो कि थिएन ?

वातावरण र परिस्थिति अनि मनिस्थितिले मलाई राजनीतिमा धकेलेको हो । पारिवारिक वातावरण राजनीतिक थियो । परिस्थिति पञ्चायत थियो । यो व्यवस्था ढाल्यो भने राम्रो व्यवस्था आउँछ भन्ने सोचाई भयो । ०४१ सालको चैत्र १४ गते ८ कक्षा पढ्दा पहिलोचोटि थुनिएँ । पुलिसको हिरासतमा बसेर आउँदै गर्दा सबैले वाहवाही गरे । ए, यो त राम्रै कर्म पो रहेछ भन्ने मनस्थिति भयो । त्यसबेला लाग्दै गर्दा यो जिम्मेवारीसम्म पुगौंला भन्ने थिएन । आकांक्षाहरु पछि जन्मेका हुन् ।

बुवाआमाले राजनीतिमा नलाग् भन्नुभएन ?

परिवारको पूर्ण समर्थन रह्यो । पञ्चायतकालमा एक दर्जनपटक हिरासतमा बसेँ । हरेकचोटि मातापिताको आशिर्वाद पाएँ । पिताजी पनि राजनीतिमा हुनुहुन्थ्यो । म जन्मेको केही समयपछि जेल पर्नुभएको थियो । मेरो जिन्दगीको पहिलो दशैंमा बुवाले जेलमै टीका लगाइदिनुभएको थियो रे । यो ०२८ सालको कुरा हो ।

मेरी आमा पनि सुशिक्षित हुनुहुन्थ्यो । बुवा र आमा दुवैले बीए पास गर्नुभएको छ । त्यतिबेला बीएको पढाइ चानचुने थिएन । मेरा बुवा–आमाको बिहे हुँदाको निमन्त्रणा कार्ड अहिले पनि सुरक्षित छ, जसमा बरको नाम पर्शुराम शर्मा (बीए) र बधु सावित्री शर्मा (बीए) लेखिएको छ ।

मेरी आमा स्थायी शिक्षिका हुनुहुन्थ्यो । उहाँलाई पनि पञ्चायतले निकै दुःख दियो । धेरै पढेको र स्थायी भएको जागिरबाट हटाउन त सम्भव भएन । त्यसैले दुख दिने नियतले जिल्लाभित्रै घरभन्दा निकै टाढाको स्कुलमा सरुवा गरिदियो । आमाले तैपनि जागिर छोड्नुभएन । म सानो छँदा उहाँ घोडा चढेर स्कुल धाउनुहुन्थ्यो रे । मलाई पनि स्कुलमै लैजानुहुन्थ्यो । मलाई क्यान्टिनमा सुताइदिएर आफू पढाउन जानुहुन्थ्यो । रोएँ भने क्यान्टिनको साहुनीले बोलाइदिने र आमाले आएर दूध चुसाउनुहुन्थ्यो ।

यसरी बुवा र आमाले गरेको संघर्षले मलाई आजपर्यन्त प्रेरणा दिएको छ । मेरा एक दाजु हुनुहुन्छ र एक दिदी हुनुहुन्छ । उहाँहरुको पनि साथ र सहयोग छ ।

भाषण कलामा पहिलेदेखि नै पोख्त हो कि पछि निखारिनुभएको ?

भाषण त म अहिलेभन्दा पनि ०४३÷०४४ सालतिर मेची क्याम्पसको सभापति हुँदा राम्रो गर्थेँ जस्तो लाग्छ । अहिले सरकारको प्रतिपक्षी छौं । तर, त्यतिबेला सिंगै व्यवस्थाको प्रतिपक्षी थियौं । मनभित्र व्यग्रता हुन्थ्यो, विद्रोह हुन्थ्यो । भाषण गर्दा अन्तरआत्माबाट गरिन्थ्यो । बोल्नुको पनि मज्जा थियो ।

तपाईंलाई कहिलेदेखि आफू राम्रो भाषण गर्छु भन्ने लाग्न थाल्यो ?

म राम्रो भाषण गर्छु भनेर त अहिले पनि भन्दिनँ । तर, इमान्दार भएर बोल्छु ।

तपाईं आफैंलाई चाहिँ कसको भाषण मन पर्छ ?

भाषण भनेको शब्दहरुको थुप्रो मात्रै होइन । यसलाई धेरै डाइमेन्सनबाट हेर्नुपर्छ । मीठोसँग प्रस्तुत गर्नेभन्दा पनि कस्तो विचार अभिव्यक्त गरिरहेको छ भन्ने महत्वपूर्ण हुन्छ, भाषण शैलीमा प्रभावित हुने एउटा कुरा हो । भाषण कलामा मात्रै केन्द्रित भएर भन्नुपर्दा म निसन्देह मदन भण्डारीबाट प्रभावित छु । उहाँको भाषणमा आवेग हुन्थ्यो, शब्दचयन उत्कृष्ट थियो, बेजोड ढंगले उठान गर्नुहुन्थ्यो र त्यस्तै रुपमा टुंग्याउनुहुन्थ्यो ।

उहाँको भाषण प्रत्यक्ष सुन्नुभएको छ ?

सुनेको मात्र होइन, उहाँसित एकपटक मञ्च सेयर पनि गरेको छु । ०४९ सालमा मीनभवन क्याम्पसमा भएको एउटा कार्यक्रममा उहाँ आउनुभएको थियो । पछि उहाँका भाषणहरु मैले युट्युवमा पनि हेरेको छु ।

समकालीन नेताहरुमा चाहिँ कसको भाषण राम्रो छ ?

कांग्रेसभित्र राम्रो भाषण गर्ने गगन थापा नै हो । अन्य पार्टीका नेताको कुरा गर्दा म केपी ओलीको पनि नाम लिन चाहन्छु । उहाँको भाषणमा बेग्लै मजा हुन्छ । कतिपय शब्द चयनको पक्षलाई बिर्सिने हो भने उहाँको भाषणमा पनि एकप्रकारको आकर्षण छ । भो, यसमा धेरै नजाउँ ।

पहिलोचोटि केपी ओलीको विषयमा राम्रो टिप्पणी गर्नुभयो ।

राम्रोलाई राम्रो भन्न म हिच्किचाउँदिनँ । म आफैं चुनाव लड्दा पनि भाषणमा प्रतिस्पर्धी उम्मेदवारको प्रशंसा गर्थेँ ।

कमरेड केपी ओलीप्रति सहानुभूति राखेर विगतमा लेखेको पनि छु । तत्कालीन एमालेभित्रको विवादलाई लिएर ‘संस्कारको समाधि’ भन्ने लेखे लेखेको थिएँ । त्यतिबेला बिरामी नेताले पार्टीको नेतृत्व दिनु हुँदैन भनेर माधव नेपाल गुटले केपी ओलीलाई खेदिरहेको अवस्था थियो । मैले लेखेँ कि राजनीतिमा कसलाई अध्यक्ष बनाउने भन्ने कुरा मेडिकल रिपोर्टले होइन, पोलिटिकल रिपोर्टले तय गर्छ । वीपी कोइरालालाई ३२ वर्षमा क्यान्सर भयो । के अरु नेताले उहाँलाई ‘हे क्यान्सर रोगी ब्राम्हण, तिमीले हाम्रो नेतृत्व गर्न पाउँदैनौं’ भनेर भने ?

सक्रिय नेतृत्व गर्नलाई त राजनीतिकसँगै मेडिकल रिपोर्ट पनि त राम्रो हुनुपर्ला नि ?

स्वस्थ शरीर पनि चाहिन्छ । तर, एउटाले हाछ्यूँ ग¥यो त्यसलाई हटाउँ भन्नु ठीक होइन । केपी ओली किड्नीको समस्यामा हुनुहुन्थ्यो, तर पछि माधव नेपालका पनि धेरैथरी रोग बाहिर आए । मैले उहाँरुलाई के भनेँ भने माधव नेपाललाई बनाउनुस् वा केपी ओलीलाई बनाउनुस् दुवै जना योग्य हुनुहुन्छ । दुवैको राजनीतिक रिपोर्ट तुलना गर्नुस् । एउटा रोग बढी भए अयोग्य र एउटा रोग कम भए योग्य हुने हो र ?

यसरी एउटा पार्टीको आन्तरिक विषयमा अर्क पार्टीको नेताले सार्वजनिक टिप्पणी गरिहनु कत्तिको जायज हो ? अस्ति भर्खर पनि मदन भण्डारीलाई एमालेले बिर्सियो भनेर पनि टिप्पणी गर्नुभयो ।

मानौं मेरो छिमेकी दुश्मन छ । अब उसले घर बनाउँदै गर्दा मैले चासो राख्नुपर्छ कि पर्दैन ? उसले ६ तल्लाको घर बनायो रे । उ नभएका बेलामा मिस्त्रिले बालुवा बढी हाल्यो वा ईंटा कम भिजायो भने मेरो दुश्मन त हो नि भनेर चुप बस्न सक्छु ? भूकम्प आएका बेला उसको घर ढलेर मलाई किच्न सक्दैन ?

राजनीति आम सरोकारको विषय हो । एउटा राजनीतिक दल राम्रो भयो भने अर्को दललाई बेफाइदा हुने होइन । समग्रमा राजनीति सङ्लो हुनुपर्छ । हामीले जागरण अभियानमा ब्याच नलगाउने, आसन ग्रहण कम गराउने कुराहरु लागू गर्दा अन्य पार्टीहरुले पनि स्वागत गर्नुभयो । हामीले लेख्दै के लेखेका छौं भने केजीमा तौलिने माला नलगाउने । नेतालाई केवल एउटा फूलको थुँगाले स्वागत गर्न सकिन्छ । सारा बगैंचा फाँडेर माला लगाइदिनु आवश्यक छैन । यो समग्र राजनीतिक चरित्र र व्यवहारलाई सच्याउने सोच हो । हामी राम्रो हुँदा कम्युनिष्ट पार्टीलाई र कम्युनिष्ट राम्रो भए हामीलाई पनि फाइदा छ ।

राजनीतिबाहेक तपाईको रुची ?

फुर्सदको समयमा म लेखपढ नै गर्न रुचाउँछु । हातमा ह्वीस्कीको गिलास लिएर तास खेल्दै दिन काट्न मन पर्दैन । बरु संगीतमा मेरो गहिरो अभिरुची छ । गीत लेखन र संगीत दुवै गर्छु । हालै नेपाली कांग्रेसको जागरण अभियानका लागि १२ वटा भाषामा गीत लेखेँ ।

तपाईंलाई १२ भाषाको ज्ञान छ ?

भन्नाले मैले नेपालीमा लेखेर अरु अनुवाद गराइएको हो । लिम्बु, राई, मैथली, भोजपुरी, नेवारी, थारु, तामाङ लगायत भाषामा अनुवाद गरेर गाइएको छ । संगीत चाहिँ मैले नै भरेको हुँ ।

संगीत पनि सिक्नुभएको छ ?

नेपाल संगीत विद्यालयमा केही समय सिकेको हुँ ।

सामाजिक सञ्जालमा जता हावा चल्छ, विश्वप्रकाश त्यतै दौडिन्छ भनिन्छ नि ? 

विल्कुल गलत । म कहिल्यै सामाजिक सञ्जालका आधारमा धारणा बनाउँदिनँ । त्यस्तो उदाहरण कुनै एउटा दिनुस् ।

सामाजिक सञ्जालभन्दा बाहिर गएर धारणा राखेको एउटा उदाहरण तपाईं दिनुस त ?

(सम्झिन खोज्दै) अहिले झट्ट सम्झिन सकिनँ । तर, म प्रमुख प्रतिपक्षी पार्टीको प्रवक्ता भएर सामाजिक सञ्जालमा लेखिरहँदा मैले हचुवा टिप्पणी गर्दिनँ । अरुले कुनै कुरा सुनेको आधारमा एक थोक लेखिदेलान् र त्यसको थप खोजीमा नलाग्लान् । मैले त्यस्तो अपुष्ट कुरामा टिप्पणी गर्न मिल्दैन, किनकी मैले अगाडि र पछाडिको सोच्नुपर्छ । मैले लेखेको कुरा सामाजिक सञ्जालसँग मेल खाने एउटा कुरा हो । आखिर समाज यही हो । धेरैको सोचाई मेरोजस्तै हुन सक्छ ।

प्रचार र प्रशंसाको भोको हुनुहुन्छ भनिन्छ नि ?

प्रचार त मेरो जिम्मेवारीकै कुरा हो । तर, व्यक्तिगत आफ्नो प्रचारमा कहिल्यै रमाइनँ । सामाजिक सञ्जालमा आफ्नो प्रशंसा हुँदा आल्हादित भइहाल्दिनँ । नेगेटिभ आउँदा पनि निराश बन्दिनँ । आफ्नो ठाउँमा ठीक बन्ने प्रयत्न गर्छु । मैले कुनै नेताको विरोधमा लेख्दा सामाजिक सञ्जालमा ‘क्यावात’ भनियो भने त्यो मेरो प्रशंसा भन्दा पनि उक्त नेताप्रतिको असन्तुष्टिको मनोविज्ञान हो भनेर बुझ्छु ।

कसैले सामाजिक सञ्जालमा कटु आलोचना गर्‍यो भने डीएम (डाइरेक्ट म्यासेज) गरेरै उसलाई जवाफ फर्काउनुहुन्छ रे नि ?

हो । मलाई अति नै चित्त बुझेन भने त्यस्तो पनि गर्छु । जवाफ फर्काउनेभन्दा पनि डीएम गरेर उसलाई प्रेमपूर्वक सम्झाउने गर्छु ।

एउटा उदाहरण दिन्छु । एकजना हात काटिएकी महिला छिन् देवीमाया, जसको काखमा सात दिनको र अर्को अढाई बर्षको बच्चा थिए । सात दिनको सुत्केरी भएका बेला उनकका श्रीमानको मृत्यु भयो । सासू आमा पनि आँखा नदेख्ने । छोराको न्वारान गर्ने बेलामा कोरामा बस्नुप¥यो । उनको घर छैन । आठ महिनादेखि कोठाको भाडा तिरेको छैन । अब म उनलाई अरुले जस्तै एक–दुई बोरा चामल दिएर आफ्नो कर्तव्य पूरा भएको त मान्न सक्दिनँ । त्यसैले मैले उनलाई एक टुक्रा जग्गा दिएँ । धेरै जना मिलेर त्यसमा एउटा घर बनायौं ।

यस्तो कुरालाई पनि कसैले ‘कांग्रेसको नाटक’ भनेर लेखिदियो भने नरमाइलो लाग्छ । त्यस्तो कमेन्ट गर्नेलाई मैले डीएम गरेर भनेँ, ‘प्रिय फलाना, तपाईंले यसरी लेख्नुभएको रहेछ । खुशी लाग्यो । सल्लाह सुझावका लागि धन्यवाद । तर, अलि बढी नकारात्मक हुनुभयो कि ?’

अब मैले यति लेखेपछि उसलाई स्ट्राइक त हुन्छ नि । प्रतिपक्षी पार्टीको प्रवक्ताका रुपमा जवाफ दिइरहँदा मैले आफ्नो रीस प्रकट गर्न मिल्दैन । फोन गरेर ‘ए फलाना, किन जथाभावी लेखेको ?’ त भन्न सक्दिनँ । त्यसैले म्यासेज गर्छु ।

कुनै राजनीतिक विषयमा नकारात्मक टिप्पणी गरिएको छ भने धेरै वास्ता गर्दिनँ । तर, निश्वार्थ ढंगले गरिएको सामाजिक काममा पनि यसरी गाली खानुप¥यो भने चित्त अवश्य दुख्छ ।

अन्त्यमा, एउटा राजनीतिक प्रसंग । पछिल्लो समय विप्लव माओवादीले हत्या, हिंसा र चन्दा आतंक झन् बढाइरहेको छ । सरकारले लगाएको प्रतिवन्ध ठिकै रहेछ भन्ने अहिले तपाईंलाई महसुस भएको छ कि छैन ?

त्यस्तो विल्कुल छैन । आक्रमण त कांग्रेसमाथि पनि उहाँहरुले गर्नुभएको छ । चुनावका बेलामा कांग्रेसका उम्मेदवारमाथि बम पड्काइएका छन् । तर, कुनै घटनाका कारण प्रतिवन्ध लगाउने हो भने त सत्तारुढ नेकपालाई पहिले प्रतिवन्ध लगाउनुपर्छ । किनकि, बितेको एक वर्षमा पटक–पटक कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट आक्रमण भएको छ । रोल्पामा तरुण दलका नगर सभापति पूर्वमाओवादीबाट मारिए । सर्लाहीमा रामविलास महतो पनि विप्लवबाट नभएर पूर्वएमालेबाट मारिएका हुन् । त्यसो भए के नेकपामाथि प्रतिवन्ध लगाइदिने त ?

पूर्वमाओवादी र पूर्वएमालेबाट भएका आक्रमण पार्टी नेतृत्वकै निर्देशनमा त भएका होइनन् । विप्लव माओवादी त रणनीतिकरुपमै हिंसात्मक अभियानमा छ । छिटफुट घटनालाई लिएर नेकपा र विप्लवलाई एउटै तराजुमा जोख्न मिल्छ ?

कांग्रेस कार्यकर्ताको ज्यान जाँदै गर्दा छिटपुट घटना भनेर सहने ? पार्टीको निर्देशन होइन भनेर उहाँहरुका मातापिताले आफ्नो गुमाएको छोरा फिर्ता पाउन सक्नुहुन्छ ? राज्य संरक्षित ढंगले यस्तो अपराध भइरहँदा कांग्रेस चुप बस्न सक्छ ?

विप्लव समस्याको हल कसरी गर्ने त उसोभए ?

मिलाएर लैजानुप¥यो । कसैलाई निषेध गरेर हुँदैन । यदि निषेध नै समाधान हुन्थ्यो भने सरकारले प्रतिवन्ध लगाइसकेपछि मान्छे मारिनु नपर्ने । त्यस्तो स्थिति त छैन । हामी अभ्यासबाटै निषेध गलत हो भनिरहेका छौं । हामीले तत्कालीन माओवादीलाई बल प्रयोग गरेर सिध्याउन संकटकाल लगायौं । तर, सिद्धिए त ? झन् समस्या चर्कियो नि । अन्ततः वार्ताबाटै समस्या हल भयो कि भएन ?

कांग्रेसले प्रचण्ड, बाबुराम, वैद्य, विप्लवसहितको पहाडजस्तो माओवादीलाई विश्वासमा लियो । आज कमरेड केपी ओलीले निषेध मात्रै गरेर हामी समाधानमा पुग्न सक्छौं भन्दै गर्दा के त्यसले समाधान दिएको छ त ? यसबीचमा वार्ता गरेको भए बरु समाधानउन्मुख हुन्थ्यौं कि ? अनुभवबाट सिक्नुप¥यो ।

प्रतिवन्ध त कानून अनुसार पनि छैन । जो संविधानको परिधिभित्र छ, उसलाई प्रतिवन्ध लाग्छ । जसले संविधानै मानेको छैन, उसलाई प्रतिवन्धले के फरक पार्छ ? बरु यसले राज्यको प्रहरीलाई असर गरेको छ । उनीहरुको मनोबल घटाइदिएको छ । अस्ति ओखलढुंगामा विप्लवले आक्रमण गर्दैछ भन्ने सूचना आउँदै गर्दा प्रहरीहरु सतर्क भएर बसे कि चौकी छोडेर भागे ? यस्तो त्रस्त मनोविज्ञान प्रहरीमा सिर्जना गरिएको छ ।

तस्वीरहरुः शंकर गिरी

 

Continue Reading…

युरोप भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो  विदेश भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।

युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आइतबार बिहान कतार एयरवेजको विमानबाट काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायत पुगेका थिए ।

ओलीले आफ्नो भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै छन् ।

Continue Reading…

न्युरोडमा सुरु भो स्मार्ट पार्किङ, चार पांग्रेको शुल्क ८०

१ असार, काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए ।

मेयर शाक्यले यसलाई अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको उक्त अवसरमा जानकारी दिए । पहिलोपटक यस्तो प्रोजेक्ट सुरु गरिएकाले यसलाई परिस्कृत गर्दै लगिने उनको भनाइ छ ।

सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्याको रुपमा रहेको उल्लेख गर्दै उनले यो सेवाबाट सडकमा पार्किङ गर्ने निरत्साहित हुने विश्वास व्यक्त गरे ।

‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं । यसले १०० जनालाई रोजगारी दिनेछ’, मेयर शाक्यले उद्घाटन कार्यक्रममा भने ।

मेयर शाक्यले महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको र त्यो लोकप्रिय बन्दै गएको दाबी पनि उक्त अवसरमा गरे । पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ । स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए ।

स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ । महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० तोकिएको छ ।

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्त्रिmन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

Continue Reading…

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु

१ असार, डडेल्धुरा । ट्याक्टर दुर्घटनामा परी डडेल्धुरामा एक शिक्षकको ज्यान गएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–८, कुर्जेनियामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको हो ।

गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।  दुर्घटनामा आलिताल गाउँपालिका–८ का पदम राना समान्य घाइते छन् ।

दुर्घटनापछि चालक धनजित धामी फरार रहेको र उनको खोजी भइरहेको आलीताल प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए ।

Continue Reading…

काठमाडौंका चोकमा ‘मोटरसाइकल बक्स’को परीक्षण गरिँदै

१ असार, काठमाडौं । बढ्दो सवारी जाम र दुर्घटनाको समस्या कम गर्न सरकारले काठमाडौंको मुख्य चोकमा ‘मोटरसाइकल बक्स’ बनाउने भएको छ । यसको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदैछ ।

सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो ।

यही क्रममा जापानी सहयोग नियोग (जाइका) को सुझावअनुसार चोकमा मोटरसाइकल बक्सको परीक्षण गर्न लागिएको विभागका ट्राफिक इकाइका प्रमुख दीप बाराहीले जानकारी दिए ।

यसअनुसार बानेश्वर चोकमा यो परीक्षणले सकारात्मक नतिजा दिए अन्य मुख्य चोकहरुमा यस्तो बक्स बनाएर नियम लागू गर्ने सरकारको योजना छ । सडक विभागले नयाँ बानेश्वरमा यस्तो बक्स बनाउन काम थालिसकेकको छ ।

यसअनुसार मुख्य चोकको अघिल्लो भागमा बक्स निर्माण गर्नेछ । यस्तो बक्समा मोटरसाइकल मात्रै बस्न पाउनेछन् । हाल चोकको नजिकै आएर बस्ने जाममा मोटरसाइकलहरु जथाभावी बीचमा छिर्ने गरेका छन् । जसका कारण जाममा फसेका अन्य साना सवारीलाई समस्या पर्ने गरेको छ ।

यसैलाई ध्यानमा राखे मुख्य चोकमा मोटरसाइकल बस्ने छुट्टै बक्स निर्माण गर्न लागिएको हो । मोटरसाइकल अघि बक्समा आएर बस्दा जाम खुल्नासाथै छिट्टै अघि गइहाल्ने र पछि रहेका साना सवारीलाई पनि सजिलो हुने तर्क विभागको छ ।

विभागले हाल पीआर विनायक जेभीलाई काठमाडौंमा सकडमा सिग्नलहरु पेन्ट गर्न ठेक्का दिएको छ । विभागले ९ हजार ९ सय वर्गा मिटरमा रोडका थर्मो प्लाप्टिक सिग्नलहरु पेन्ट गर्ने बाराहीले बताए ।

यस्तै ७ सय मिटर रेलिङ र ४५ सय वर्गमिटरको फुटपाथसँगैको विभिन्न भागमा इनामेल पेन्ट गरिनेछ । काठमाडौंमा मुख्य सडक खण्ड र चोकहरुमा यो काम गरिने बताइएको छ ।

Continue Reading…

प्रदेश १ मा सांसदलाई प्याकेज : समानुपातिकलाई ५० लाख, निर्वाचित ३ करोड

१ असार, बिराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आज असार १ गते बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षका लागि करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३५ अर्व २ करोडको बजेट सार्बजनिक गरेको थियो । आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि गरी बजेट ल्याउन लागिएको हो ।

प्रदेश सरकारले सार्बजनिक गर्ने बजेटमा बहुवर्षीय आयोजनाहरु प्राथमिकतामा छन् । सरकारले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएका आयोजनाकालागि बजेट विनियोजन गरेको छ ।

सांसदलाई विकास योजना

प्रदेश सरकारले प्रदेश सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने छ । चालु आर्थिक वर्षमा समानुपातिक तर्फका सदस्यहरुलाई यस्तो रकम नदिँदा विभेद भएको भन्दै बिरोध भएको थियो ।

आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई ३ करोडको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि दिने तयारी रहेको आर्थिक मामिला मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षकालागि प्रत्यक्ष तर्फका ५६ जना प्रदेश सभा सदस्यले २ करोडका दरले यस्तो रकम प्राप्त गरेका थिए । आगामी वर्ष प्रत्यक्ष तर्फबाट निर्वाचितले ३ करोड ५० लाख रुपैयाँको योजना प्राप्त गर्ने छन् ।

प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको करिव ४० प्रतिशत भन्दा बढी रकम पूर्वाधार विकासमा खर्च गर्ने योजना अनुसार बजेट विनियोजन गरेको छ ।

सगरमाथासम्म सडक !

प्रदेश गौरवका रुपमा सरकारले झापाको केचनाकवलदेखि सगरमाथासम्मको सडकलाई विशेष प्राथमिकतामा राखेर चालु आर्थिक वर्ष भित्रै डीपीआर बनाई निर्माण प्रकृया अघि बढाइने बताएको छ ।

त्यसैगरी सुनसरीको धरानदेखि धनकुटाको मूलघाटसम्म सुरुङ मार्ग निर्माण गर्ने योजनालाई पनि प्रदेश सरकारले महत्वका साथ अगाडि बढाउने मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

Continue Reading…

प्रदेश ५ का मुख्यमन्त्रीले ३४ अर्बको बजेट प्रस्तुत गर्ने

१ असार, बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् ।

प्रदेश सभामा बजेट प्रस्तुत गर्नुअघि दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बसेर बजेटलाई स्वीकृति दिइने छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राति नै ३४ अर्ब रुपैयाँ हाराहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् ।

त्यसमा मुख्यमन्त्रीले हेरफेर र पुनरावलोकन नगरे ३४ अर्बकै बजेट आउने मन्त्रालयको स्रोतले जनाएको छ । प्रदेश योजना आयोगले तयार गरेको पाँच वर्षे आवधिक योजना र सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको छ । कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आउँदो आर्थिक वर्षभित्र पूरा गर्ने गरी रकम विनियोजन भएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख बजेट विनियोजन भएको छ ।

गत वर्ष संघीय सरकारबाट यी तीन शीर्षकमा १७ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

प्रदेश सरकारको राजस्व बाँडफाँटको १० अर्ब ९५ करोड ३० लाख जोडेर प्रदेश सरकारले गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

Continue Reading…

आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरुले बताएका छन् ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउँदैछन् । यस आधारमा सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान गरिएको छ । आइतबार अपरान्ह प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

कुन प्रदेशको बजेट कत्रो ?

सबै प्रदेशले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउन लागेका छन् ।

प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा उसले ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो ।

प्रदेश २ को बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । यो प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश ५ को बजेट करिब ३४ अर्बको हाराहारीमा आउने प्रदेश मन्त्रालय स्रोतको भनाइ छ । यस प्रदेशले पहिलो आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी सुदुर पश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २५ अर्बको बजेट बनाएको थियो ।

Continue Reading…

सकियो प्रधनमन्त्रीको युरोप भ्रमण, आज स्वदेश आइपुग्ने

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश आइपुग्ने भएका छन् ।

युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका लागि यही जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट अहिले बिहान काठमाडौं एयरपोर्टमा आइपुग्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए । स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

यस्तै बेलायत भ्रमणका क्रममा त्यहाँकी प्रधानमन्त्री टेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग पनि ओलीले भेटघाट गरेका थिए ।

बेलायतपछि फ्रान्स पुगेका ओलीले त्यहाँको विकास अवलोकन गर्नुक साथै आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत सहभागी छन् ।

Continue Reading…

कोपा अमेरिका फुटबलमा कोलम्बियासँग अर्जेन्टिना स्तब्ध

१ असार, काठमाडौं । विश्व चर्चित खेलाडी लियोनल मेस्सी कप्तानी रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ ।

ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । खेल आफ्नो पकडमा राखे पनि अर्जेन्टिनाले कोलम्बियालाई हराउन सकेन ।

खेलको ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा कोलम्बियाले अर्को गोल गर्न सफल भयो । योपटक भने जापटाले गोल गर्दै कोलम्बियालाई दोब्बर अग्रता दिलाए । बाँकी समयमा दवै टिमले गोल गर्न नसकेपछि खेल कोलम्बियाले २–० को जित निकालेको हो ।

त्यस्तै, अर्को खेलमा भने पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।

Continue Reading…

विश्वकप क्रिकेटमा आज दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिँदै जित हात पार्ने दाउमा छन् ।

विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ ।

जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ ।

यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ । अष्ट्रेलियाविरुद्धको हारमा पनि फिल्डिङ मुख्य कारण बन्यो ।

आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ ।

यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ । भारतको तीनै पक्ष बलियो देखिएको छ । ब्याटिङ र बलिङ उत्कृष्ट छ । भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन् । बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या उच्च लयमा छन् ।

यता, पाकिस्तानको पनि मोहम्मद अमिर, वाहब रियाज, हसन अलीजस्ता बलर लयमा देखिन्छन् भने ब्याट्सम्यान चले भारतलाई खतरा हुन सक्छ ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

Continue Reading…

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको पहिलो जित, अफगानिस्तानले फेरि हार्‍यो

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १२७ रनको सामान्य चुनौती पछ्याँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २८.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाका लागि डि ककले ६८ रन बनाए । त्यस्तै, हसिम अमला ४१ रनमा अविजित रहे । बलिङतर्फ गुल्बादिन नाइबले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाएको थियो । अफगानिस्तानका लागि राशिद खानले ३५ रन बनाए । नोर अली जाड्रानले ३२ र हज्रतउल्लाह जाजईले २२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् ।

बलिङतर्फ इमरान ताहिरले चार विकेट लिए । उनले ७ ओभर बलिङ गर्दै मात्र २९ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, क्रिस मोरिसले तीन विकेट लिए ।

दक्षिण अफ्रिकाले जारी विश्वकप क्रिकेटमा पाँचौ खेलमा आरएर मात्रै जित हात पारेको हो । यसअघि भएको तीन खेलमा हार र एक खेलमा वर्षाको कारण खेल रद्द भएको थियो ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध १०४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा दक्षिण अफ्रिका बंगलादेशसँग पनि २१ रनले पराजित भएको थियो । लगातार दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा दक्षिण अफ्रिका ६ विकेटले पराजित भयो । आफ्नो चौथो खेलमा भने वर्षा भएपछि वेष्ट इन्डिजसँग अंक बाँडेको थियो ।

यता अफगानिस्तानले भने लगातार चार खेलमा हार ब्यहोरेको छ । अफगानिस्तानले अष्ट्रेलियासँग सात विकेटले र दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

Continue Reading…

विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग श्रीलंका पराजित

१ असार, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा विश्वविजेता अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकामाथि सहज जित हात पारेको हो । ३३५ रनको चुनौती पछ्याउँदै ब्यािटङ गरेको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २४७ रन मात्रै बनाउन सकेपछि अष्ट्रेलियाले जित हात पारेको हो ।

श्रीलंकाका लागि कप्तान दिमुख करुनरत्नेले ९७ रन बनाए । शतक बनाउनबाट तीन रनले चुककेका करुनरत्नेले टिमलाई जिततर्फ लगेका थिए । उनले कुशल परेरासँग मिलेर पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कुशलले मात्र ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए ।

१५.३ ओभरमै ११५ रन बनाएको श्रीलंकाले सुरुवाती उत्कृष्ट ब्याटिङ गरेको थियो । यही स्थितिमा गएको भए श्रीलंकाको जित शुनिश्चित थियो , तर अन्य खेलाडीले राम्रो गर्न सकेनन् । कुशल मेन्डिसले ३६ रन बनाए ।

बलिङतर्फ मिचेल स्टार्कले चार विकेट लिए । त्यस्तै केन रिचार्डशनले तीन र पट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १५३ रन बनाए । उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, स्टिेभन स्मिथले ७३ रन बनाउँदा ग्लेन म्याक्श्वेल ४६ रनमा अविजित रहे ।

बलिङतर्फ श्रीलंकाका इसुरु उदना र धनन्जय डे सिल्भाले समान २–२ विकेट लिए ।

Continue Reading…

ओली सरकार चौतर्फी घेराबन्दीमा, सत्तारुढ सांसद् नै विरोधमा

१ असार, काठमाडौं । समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयसँगै सरकारको कार्यशैलीमाथि आजका दैनिक पत्रिकाहरुले समाचार बनाएका छन् ।

नयाँ पत्रिका दैनिकले आज ‘सरकार चौतर्फी मुठभेडमा’ शीर्षक दिएर सरकार आलोचित बन्नुका कारणबारे विश्लेषण गरेको गरेको छ । मिडिया काउन्सिल विधेयक, लोकसेवा विज्ञापन, गुठी विधेयक, इन्डो–प्यासिफिक रणनीतिको विवादले सरकारलाई मुठभेठतर्फ डोहो¥याएको नयाँ पत्रिकाको निष्कर्ष छ । मानव अधिकार आयोगको अधिकार कटौती र सत्तारुढ समाजवादी दलको आन्दोलन गर्ने चेतावनीले पनि केपी ओली नेतृत्वको सरकारलाई सकसमा पार्दै लगेको उसको ठम्याइ छ ।

सत्तारुढ सांसद् नै पछिल्लो समय सरकारको बचाउ गर्न नलागेर विरोधमा देखिएका छन् । नेता योगेश भट्टराई, झपट रावल मात्र होइन, जनार्दन शर्मा, कृष्णभक्त पोखरेल र टेकबहादुर बस्नेत सरकारको आलोचनामा उत्रिएका छन् । कृष्णप्रसाद दाहाल, पम्फा भुसाल, रामनारायण बिडारी सरकारसँग गुनासा नै गुनासा छन् ।

नयाँ पत्रिका लेख्छ– एकीकृत जनमत पाएको सरकार सिंगल–सिंगल भिड्न खोज्दा आफैं घेराबन्दीमा परेको छ र समृद्धिको यात्रासमेत बरालिएको छ ।’

आइतबार प्रकाशित हुने हिमाल साप्ताहिकले पनि सरकार आलोचित बन्नुका कारणबारे लेखाजोखा गरेको छ । नयाँ पत्रिकाले जस्तै हिमालले पनि नागरिकको असन्तुष्टिप्रति बेवास्ता गर्दै पछिल्लो समय ल्याइएका विधेयकले सकस पार्दै लगेको लेखेको छ । ‘नागरिकको असन्तुष्टिप्रति गरिएको बेवास्ता दुईतिहाइ बहुमतप्राप्त सरकारलाई भारी पर्दैछ’, छोपिँदै सरकार शीर्षकको आवरण स्टोरीको निष्कर्षमा हिमालले लेखेको छ ।

विद्युत् प्राधिकरणले र्दुइवटा वृहत जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेकोलाई अन्नपूर्णले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले १०६० मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाट क्षमताको दूधकोसी आयोजना एकैसाथ अघि बढाएको हो ।

सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिङ तीव्र पारेको कान्तिपुरले लेखेको छ ।

समाचार अनुसार गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिकसम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् ।

नागरिकले माथिल्लो तामाकोसी आयोजना लम्बिँदा लागत दोब्बरले बढेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रमा नागढुंगा सुरुङमार्गको निर्माण असोजदेखि सुरु हुने खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

Continue Reading…

कथा : हाउगुजी

बिहानको ठीक ९ बजेर ४५ मिनेटमा गेटअगाडि उभिने महाशयको पहिरनले ऊ कहीँ कतैबाट त्यही संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी होला भनी कल्पनाको धर्सोसम्म तान्न सकिँदैनथ्यो ।

उसले झल्ट्याङ आसमानी रङको पाइन्ट, पकेटमा मसीका पचासौँ थोप्ला र कलरमा मयलको नमेटिने पोतो भएको सेतो सर्ट भिरेको थियो । भन्नु परोइन, उसले लगाएका कपडा डाँडा पारिको जुन भइसकेकी बूढी आमैका चाउरी परेका छालाभन्दा कम थिएनन् ।

कपडाको गति यस्तो तन्नम भएपछि जीउबाट झन् एक–दुई तोला मालदार चरेस निक्लिनु अस्वाभाविक भएन । राजधानीमा चैत्र महिनापछि न्यायो कपडा नचाहिने हेक्का नभएर हो कि ? बैशाख महिनामा समेत उसले झुत्रो हाफ स्वेटर पहिरिन बिर्सेको थिएन ।

पिठ्यूँमा फुटपाथे झोला झुन्ड्याएको थियो । झोला भने नयाँ देखिन्थो । फुटपाथबाट भर्खरै किनेको हुनुपथ्र्यो, आवश्यक सरसामान र खर्चपर्च थन्क्याउनलाई हुनुपर्छ ।

ऊ भवनभित्र नपसेकै त भन्न मिल्दैन । ‘ग्याप’ धेरै भएर होला, अत्यन्त उत्सुकताका साथ गेट भित्रबाहिर गुड्ने सवारीसाधन, आवतजावत गरिरहेका मानिसहरू र उनीहरूका क्रियाकलापलाई गहिरो अभिरुचिपूर्वक अवलोकन गर्दै थियो । हेराइमा जिज्ञासाको साथमा ‘नर्भसनेस’ मिलावट थियो । यस्तो भाव प्रकट हुनुमा ‘‘केही’ अवश्य हुनुपथ्र्यो । तर्कका गेडा तन्काउन सकिन्छ ।

— पहिरनले जेसुकै देखावस् । हेराइमा अपार अपनत्व छचल्किएकाले ऊ यसै संस्थामा कार्यरत हुनुपथ्र्योे । यद्यपि अज्ञात लघुताभासले होला, भित्र पसूँ कि नपसूँ भन्ने दोधारे मनस्थितिमा गेटअगाडि उभिएको भान हुन्थ्यो ।

— भनिहालियो, उसलाई भित्र पस्न अज्ञात मनोविज्ञानले महासकस परिरहेको चेहराले दर्साउँथ्यो । सायद बाहिरबाटै कुलेलम ठोक्ने मनसुवा पलाइसकेको हुँदो हो ।

— उसको फटेहाल, राउटे लवाइ तथा ‘नर्भस’ हेराइबाट अर्को अनुमान लगाउन सकिन्थ्यो कि ऊ अझै राज्यको दृष्टि परिनसकेको कुनाकन्दराको जिल्लामा वर्षौंदेखि कार्यरत हुनुपथ्र्यो र राजधानी पस्नैपर्ने समस्याले गाँजेर बस चढेको हुन सक्थ्यो । त्यसैले उसलाई राजधानी खासगरी कार्यरत संस्थाको परिवर्तित समग्र वातावरणका बारेमा भनक र छनक नहुन सक्थ्यो ।

००००

अँ त, विशाल संस्थाको भव्य भवनको मुल गेटअगाडि पुगेपछि उसका पाइला स्वतः न्युट्रल गियरमा आइहाले र अन्तर्मनले उसले विशाल भवनलाई परेला ढ्याप्प बन्द गरी, जुम्ल्याहा हात जोडी, चिउँडो छातीमा अड्याई नमन गर्‍यो । प्रणाम गर्दा पूरै श्रद्धाभक्तिपूर्वक ‘त्वमेव माता च पिता त्वमेव’ मन्त्रोउच्चारण गर्न भ्यायो ।

शानदार र भव्य भवनलाई यति तनमनका साथ उसले पूजा गर्नुका पछाडिका अन्तर्निहित सुर्केगाँठा एक होइन अनेक थिए ।

· ठीक पन्ध्र वर्षअगाडि ऊ यही भवनबाटै नोकरीको चिर्कट्टो हातमा लिई बाइरोडको बाटोबाट पहाडतर्फ हानिएको थियो । यति लामो नोकरी अवधिमा आक्कलझुक्कल भन्दा जम्माजम्मी दुई पटकमात्र उसले यस भवनभित्र छिर्ने दुर्लभ सौभाग्य पाएको थियो । त्यो पनि व्यक्तिगत कामले होइन कि अफिसकै पोकापुन्तुरा ल्याउन र पुर्‍याउन । त्यसैले ऊ भवनभित्रका यावत् विशेषताका बारेमा थोरै जानकार थियो ।

· ‘संस्था दुहुनु गाई हो । यसलाई जति हरियोपरियो, दानापानी ख्वाउन सक्यो, त्यति बढी दूध दिन्छ ।’ उसको परम्परागत, शास्त्रीय, पुरातनी मान्यता थियो । यही मान्यता बमोजिम ऊ परिवारलाई कम अफिसलाई बढी समय दिन्थ्यो । जुनसुकै फाँटमा काम गर्न तम्सिहाल्थ्यो । हाकिमहरू मालपानी आउने फाँटमा अर्कैलाई ‘फिट’ गर्थे । मरमसला आउने काम अथवा तालिमसालिममा हुक्के, बैठकेलाई पठाउँथे । उसलाई धाप मार्न भने कदापि बिर्सिंदैनथे— ‘तिमीलाई पठाए अफिसमा ताल्चै ठोक्नुपर्छ । विश्वास गर, अर्को पटक त…… ।’

विडम्बना ! उनीहरूले भन्ने गरेको ‘अर्को पटक’ पन्ध्र वर्षमा सात कार्यालयमा सरुवा हुँदासम्म आएन । तथापि बर्सात र खडेरीमा छाताको काम गर्ने संस्था भएकाले यसै संस्थालाई त्रिपाल मान्थ्यो । यसैले संस्थाको बारेमा उल्टोपाल्टो सोच उसले सपनामा समेत ल्याएन ।

· उसले आक्रोश व्यक्त गर्न त जानेकै थिएन । बेखुसीसम्म जाहेर गरेन । ‘मलाई खान दिने, लाउन दिने, बाटोमा हिँड्दा नमस्कार ख्वाउने संस्था यही हो । किन गुनासो गर्ने ?’ उक्साउन खोज्नेलाई ऊ उल्टै प्रतिप्रश्नले लोप्पा ख्वाउँथ्यो ।

· रोल्पाबाट डोल्पा हुत्याउँदा उसको मार्मिक र मननयोग्य भनाइ थियो—‘भारत, पाकिस्तान सरुवा भएको छैन । देशभित्रै भएको छ । फेरि मजस्तो सामान्य कर्मचारीले खल्ती भ्वाँङ पारी कहाँ फोक्सुण्डो ताल घुम्न पाउनु ? म त कम्मर मर्काउँदै जान्छु ।’ यही मेसोमा ससानो जोक मारिहाल्थ्यो— ‘यार्सागुम्बा र हार्म च्याउ खाएर झन् तन्दुरुस्त र फुर्तिलो हुन्छु, हाम्रो सदाबहार हिरो राजेश हमालजस्तो ।’

· ‘काठमाडौँ ! काठमाडौँ किन जाने ? दिन पुगे बढुवा स्वतः भइहाल्छ । हाकिम साहेबले प्रत्येक वर्ष कार्यसम्पादन भर्दा पूरा नम्बर दिएर पठाउनुभएकै छ । सिफारिस तिमीहरूलाई आवश्यक पर्छ । मलाई पर्दैन ।’ ऊ आत्मविश्वास ओकल्थ्यो ।

दुर्भाग्य ! हरेक वर्षको बढुवामा उसको नाममाथि कालो मसी पोतिएकै हुन्थ्यो ।

००००

लामो समयदेखि गेटअगाडि दोधारे मनस्थितिमा उभिएर लाटोकोसेरोको चोला धारण गरी ट्वालट्वाल्ती नियालिरहेको मनुष्य अरू कोही नभएर आत्मविश्वासी, कर्तव्यपरायण, संस्थामा पन्ध्र वर्षसम्म अनवरत हाड घोटिसकेको र नोकरी अवधिमा थोपो दाग नलागेको भनी कहलिएको लेखापाल कपिलबहादुर खाती थियो जो ट्वाँ… परी दृश्यावलोकन गर्दै थियो ।

· बीस थान जति गाडी हुइकिँदै भित्र पसे ।

· पचास थान मोटरसाइकल हुर्रिदै गए ।

· साधन नभएकाहरू साइडको गेटबाट लुसुलुसु पसे ।

‘होइन, केन्द्रमा जुनसुकै बेला पनि दसै बज्दो रहेछ कि क्या ?’ उसले नाडी उचाल्यो, चानचुन साढे एघार बज्नै लागेको थियो । यद्यपि ड्रेस लगाएकाहरूको भित्र पस्ने लर्को थामिएको थिएन । दस बजे भित्रिने र साढे एघार बजे कष्ट बिसाउने कर्मचारीहरूमा थोरै भिन्नता थियो । ठीक समयमा आउनेहरू कछुवा तालमा
हि“ड्थे । ढिला आउनेहरू मलामी जाने हतारमा ।

‘ए कता, कता ?’ डेढ घण्टाको म्याराथुन अवलोकनपछि ऊभित्र सायद एक पित्को आत्मविश्वास पलायो र गेटभित्र पस्नलाई दुई–चार पाइला अगाडि बढायो । ऊ त्यस्तै आठ या नौ मिटरजति हिँडेको थियो होला, गार्डले पछाडिबाट झोला च्याप्प समातिहाल्यो, आतङ्ककारीलाई पकडेझैँ । अर्कोले त सिटी बजाउन भ्याइहाल्यो । धन्न ! अलार्म बजाएन, नभएर होला ।

‘म यही ……।’

ऊ टुटी खोलेको धारो हुन खोज्यो—‘म यही संस्थाको खाँटी कर्मचारी हुँ । उपशाखा, डोल्पामा कार्यरत छु । मेरा कुनै गुनासा छैनन् । केवल सोधनी गर्नु छ, चित्त बुझाउनका लागि ।’ वाक्य फुटेन । चोरी गरेको थिएन । डकैती गरेको थिएन । भित्र पस्ने कुनियत थिएन । यसैले भकभकाउनुपर्ने आवश्यकता थिएन । तैपनि भकभकाइर≈यो ।

‘क्या माड्साप …. । पहिल्यै भन्नु पर्दैन ?’ गार्डले झोलाको खानतलासी लिइसकेपछि झर्किंदै लाजकाजले ‘माड्साप’ सम्बोधन गर्‍यो । माड्साप सम्बोधन कदापि उसलाई गरिएको थिएन । झोलाभित्रको खुइलिएको फोटोसहितको उसको परिचय पत्रलाई हुन सक्थ्यो ।

गार्डबाट मुक्ति पाएपछि ऊ स्याँस्याँ गर्दै भवनको तेस्रो तलामा रहेको जनशक्ति विभागमा पुग्यो र विभागीय प्रमुखको नेम प्लेट झुन्ड्याइएको कोठाभित्र लुसुक्क छिर्‍यो । कोठामा दुइटा सोफा र चार वटा काठका कुर्सी थिए । एउटा कुर्सीबाहेक सोफा र कुर्सी ‘प्याक’ थिए । ऊ खाली कुर्सीमाथि नबसी कुनामा अडेस लाएर ठिङ्ग उभियो र द्रौपदीको चीरहरणजस्तो लम्बेतान छलफल सुन्न बाध्य भयो ।

· सरकार आफ्नो छ भन्दैमा मनपरी गर्न पाइन्छ ?

· कठाल्नो समात्नुपर्छ । थुतेर च्याम्बरबाट बाहिर निकाल्नुपर्छ ।

· ताला ठोक्नुपर्छ । अख्तियार भित्रउनुपर्छ ।

· यदि हाम्रा मान्छेलाई अपाइक …।

· कट्टुमा मुत्ने नबनाए त …।

‘आ… सबै व्यथा निवेदनमा पोखेर जान्छु । पढि त हाल्लान् ।’ उनीहरूको पटरपटरले कान टट्टाउन थालेपछि उसलाई हाकिमको कोठाभित्र नपसेरै टाप ठोक्न मन लाग्यो । ‘त्यति टाढाबाट आइयो । अर्को पटक कहिले हो कहिले ? कोसिस गरी हेर्दा के फरक पर्ला ? माग्ने केही होइन । जिज्ञासा मात्रै राख्ने हो ।’ आफैँलाई थुमथुम्यायो ।

‘सर ! म हाकिम साहाबलाई भेट्न आ’को, धेरै टाढाबाट ।’ उसले हिम्मतका मट्याङ्ग्रा बटुल्यो ।

‘नेताजीहरूले त भेट्न पाउनु भा’छैन । तपाईंले …….।’ सोफामाथि उपरखुट्टी लाएर बसेकालाई इङ्गित गर्दै पियले ओठ लेब्य्रायो ।

‘म जाऊ“ कि बसौँ ?’ उसले फेरि फुत्किने सोच बनायो ।

‘बस्न चाहनुहुन्छ, बस्नुस् । जाने मन छ, जानुस् । विचार तपाईंको ।’ पियले शुष्क जवाफ दियो ।

‘बस्नैपर्‍यो । त्यति टाढाबाट आएको ।’ उसले खुइय सुस्केरा काढ्यो । एउटा खुट्टा फुस्किनै लागेको काठको कुर्सीमाथि होसियारीपूर्वक टुसुक्क बस्यो र चार वर्ष अगाडिको दिन झलझली सम्झिन थाल्यो ।

हो, ठीक चार वर्षअगाडि ऊ यही कोठामा पसेको थियो ।

‘पिय बदलिएको रहेछ । हाकिम पनि फेरियो कि ? फेरियोस् ।’ उसले प्रार्थना मुद्रा बनायो ।

‘कहा“बाट आएको ? किन आएको ?’ चिलले चल्लो झम्टेझैँ पियले झम्टेको थियो । मानौँ ऊ कोढ लागेको मगन्ते थियो अथवा माओवादीको रसिदको प्याड लिएर चन्दा माग्न आएको वाइसिएल ।

पुलिसेशैलीको केरकारपश्चात् सौभाग्यले उसले हाकिमको कोठाभित्र पस्ने अनुमति पाएको थियो । सुनेको थियो, केन्द्रका हाकिमहरू अफिस टाइमभरि अ.ज. मिटिङमा हुन्छन् । हतारमै हुन्छन् । थप सौभाग्य, हाकिम सहिसलामत कुर्सीमै आसिन थियो । दुर्भाग्य झुङिरहेको अवस्थामा ।

‘जान्नँ भनेको त हो । क्या फसाद !’ देख्नेलाई भन्दा के गर्नेलाई लाज, उखान सम्झेर अत्यधिक शरमका साथ उसले टाउको निहुराएको थियो ।

फसादको भुमरीमा फस्नुको कारण ऊ यहाँ रहरले पसेको थिएन । दशा बिग्रेर पसेको थियो । दशा सानोतिनो, जस्तोतस्तो हो र ! चार वर्षे छोरालाई औषधी गराउन काठमाडौँ ल्याउनैपर्ने शनिग्रह लागिपरेको थियो ।

छोराको पहिलो पटकको निमोनिया धामीझाँक्री, फुकफाकको साथमा जडीबुटीको रस सेवनले सन्चो भइहालेको थियो । दोस्रो पटकको निमोनियाले राजधानी देखाएरै छाड्ने किरिया खाएजस्तै गर्‍यो ।

‘एक पन्थ दुई काज । अरू बेला घुमाउन सकिँदैन । यही मौकामा परिवारलाई राजधानीका दुई–चार ठाउँ घुमाउँछु । पशुपतिको दर्शन गराउँछु ।’ उसले लामो जोडघटाउपछि निर्णय गरेको थियो ।

पशुपति परिक्रमा गरी टीकाप्रसाद ग्रहण गरेकै दिनमा कैलाशीको दिमागमा कस्तो पिलो उठ्यो कुन्नि ! करकर गर्न थालिन्— ‘हाकिम भनेका हाकिम हुन् । एक पटक भेट्दैमा केही बिग्रिने छैन । घटिने छैन । खिइने छैन । चौबिसै घण्टा काम, काम भन्ने मान्छेले पशुपतिनाथको दर्शन गर्ने समय निकालेका छौ । हो न हो, प्रमोसनरूपी वरदान पोल्टामा परिहाल्छ कि ?’

उनैको जिद्दीले ऊ कोठामा उभिएको थियो ।

‘मेरो नाम रामबहादुर खाती । डोल्पाजस्तो दुर्गम कार्यालयमा बसेको चार वर्ष भयो । यस अवधिमा मैले सरुवाको ‘स’ मुखमा ल्याउने धृष्टता गरेको छैन । मेरो एउटा ससानो गुनासो छ । पन्ध्र वर्ष भयो, पदोन्नति भएको छैन । काम बिगारेजस्तो लाग्दैन । त्यसैले म बढुवाका लागि अयोग्य उम्मेदवार होइन होला । गएको वर्ष जे भयो, सो भयो । यसपालिको बढुवामा ….. ।’ उसको चलमलाहटले हो वा उसको उपस्थितिले हो ? हाकिमका अङ्ग थोरै चल्मलाए । हाकिमको नजर उसमाथि पर्नासाथ उसले रातभरि पढाएका र बाटोभरि कण्ठ गरेका वाक्य उभिएरै फररर भन्न भ्याएको थियो ।

‘कामको सिजनमा यहाँ किन ?’ हाकिमले स्पष्टीकरण सोध्ने मुडमा घुम्ने मेच तेर्छो पारी बाङ्गो मुन्टो लगाएको थियो । ढाड र गर्घन तनक्क तन्काउँदै लामो जम्हाइ काढेको थियो । भाते निद्रा खचपच भएको झोँकले होला, बकेटमा प्याच्च थुकेको थियो । उसको जोडको खोकाइले लाग्थ्यो, हाकिम उसको मुखमै थुक्न चाहान्थ्यो ।

‘सर ! छोरो सिकिस्त बिरामी भएर आ’को । रहरले आएको हैन । हामीजस्तालाई रहरले राजधानी पस्न कहाँ पुग्छ र ?’ उसले जतिसक्दो नरम र विनम्र भएर जवाफ फर्काएको थियो ।

‘समय आएपछि बढुवा भइहाल्छ । केन्द्रमा आउँदैमा बढुवा हुन्छ ? काम गर्ने काम । मैले सब नोट गरिसकेँ ।’ उसले डायरी त खुलै राखेको थियो । लेख्यो लेखेन राम जाने । तर माग्नेलाई भगाउने स्वरमा हप्काएको थियो ।

‘पन्ध्र वर्षमा नआएको समय कहिले आउँछ हो, सर ¤’ उसको मुखमा ओठे जवाफ आइसकेको थियो । उसले माथिल्ला दाँतले तल्लो ओठ टोकेर बोली बाहिर आउन दिएको थिएन । उसको टाउकोभित्र पहिलोपल्ट रिस र आक्रोशका कीराहरूले फुटबल खेलेका थिए । दुवै हात पछाडि लिएर उसले मुठी कसेको थियो । ‘मुर्दारको कठाल्नो खिँचेर थुत्दै बाहिर चउरमा निकाली जीउमा नीलडाम पर्ने गरी गोरु चुटाइ गर्नुपर्‍यो कि क्या !’ उसले मगरे लाटो रिसका झिल्का निकाल्न नखोजेको होइन । के सोचेर हो ? संयमित हुँदै बाहिरिएको थियो ।

त्यस दिनदेखि ऊ भवनलाई नतमस्तक भएर नमस्कार गथ्र्यो । तर भवनभित्र रजगज गरी बस्नेलाई भित्रैदेखि घृणा ।

०००००

आज पनि बिना सित्तिमा फट्कार खानुपर्ने त होला ।’ उसले विगतको अभागी दिन सम्झिँदै चरम निराशाका साथ ढाड चिलायो । निराशाको थप कारण त्यहाँको वातावरण थियो । पियद्वारा नेता सम्बोधन गरिएकाहरू शक्ति कपूर स्टाइलमा पाखुरा सुर्किंदै भित्रिएका थिए, मर्नेमार्ने तेवरमा । उनीहरू भित्रिएको दुई घण्टाभन्दा बढ्तै भइसकेको थियो । छलफल टुङ्गिएको थिएन । तीन–चार पटक चियाबिस्कुट भित्रिइसकेको थियो ।

‘हा….हा…..हा…।’ तथाकथित नेताहरूको उन्मुक्त हाँसोले उसको ध्यान खल्बलियो । उसले नोटिस गर्‍यो— भिलेन स्टाइलमा भित्रिएका नेता भनाउँदाहरू बाहिँरिदा जोनी लिभरझैँ दाह्रा फट्टाइरहेका थिए ।

‘अब पस्दा हुन्छ ?’ अलिकति उज्यालिँदै उसले पियको मुखमा हेर्‍यो ।

‘जानुस् । विचार पुर्‍याएर समस्या राख्नुहोला …..।’ पियले सुझाव पस्केर ‘राजधानी’ ले मुख ढपक्कै छोप्यो । यतिन्जेल उसले कान्तिपुरको मुख्य समाचार कण्ठस्त पारिसकेको हुनुपथ्र्यो ।

‘यसको माने… ?’ उसले अप्ठ्यारो मान्दै सोध्यो ।

‘समस्या छोटकरीमा राख्नुहोला । हाकिम भन्ने जातले धेरै गन्थन गरेको रुचाउँदैनन् क्या ।’ पियले उसको पिठ्यूँमा धाप मार्‍यो ।

‘मभन्दा अगाडिकाले दुई घण्टा फोकटमा बिताउन हुने । म त्यति दुर्गमबाट आएको मान्छेले जाबो दुई मिनेट दुःख बेसाउन नपाउने ?’ उसको ओठ चिलाइसकेको थियो । चलाएन । मुख सनासोले चपक्क च्याप्यो र बन्द ढोकाको अगाडि उभियो ।

हाकिमको ढोका खोल्नुभन्दा अगाडि उसले तीन वटा काम गर्न बिर्सेन ।

एक, पाइन्ट तानतुन पारी कपाल मिलाउन ।

दुई, देब्रे हातको हत्केलाको मुठी मुखअगाडि राखी खाकखुक गर्न ।

तीन, भित्र पस्नुअगाडि दाहिने हातको माझीऔँलाको गाँठोले ठ्याकठ्याक पार्न ।

‘हजुर मेरो फाइल …।’ फौजी पाराले भित्र पसिसकेपछि उसले मात्र तीन शब्द बोल्यो । तर वाक्य पूरा थियो ।

‘कस्तो मुला रहेछ ? फाइल खोज्ने ठाउँ हो यो ? बस र नडराएर सबै भन ।’ हाकिमले पूरै बत्तिसी देखायो, सायद ऊ मुडमा थियो । सायद ऊभन्दा अगाडि निक्लिने कर्मचारी नेताहरूले धकेलपकेल नगरेका हुन सक्थे । आमा चकारी गाली नबकेका हुन सक्थे । यो पनि सम्भव थियो, िउनीहरूलाई गुलियो चटाएर पठाउन सकेकोमा ऊ फुरुङ्ग थियो ।

‘पन्ध्र दिनअगाडि सरले बढुवाको परिणाम निकाल्नुभएको छ । म यसपाली नाम निक्लिन्छ भनी ढुक्क थिएँ । साथीहरूलाई भोज ख्वाउन भनी स–सानो पाठोसमेत किनिसकेको थिएँ । मेरो अभाग हो कि अरू थोक नपुगेर हो ? विगतमा जे हुन्थ्यो, त्यही भयो । त्यसैले मलाई भित्रैदेखि दुबिधा छ, मेरो फायलै पो गायब भयो कि ?’ हाकिमको नरम व्यवहारले होला, ऊ अलिकति आश्वस्त देखियो । निधारको पसिना पुछ्यो । सोफामाथि टुसुक्क बस्यो र नोकरी पाएको दिनदेखि हालसम्म बसेका दुर्गम स्थानलगायतका कार्यालयका हाकिमहरूले दिएका प्रशंसापत्रको बयान गर्न भ्यायो ।

‘…।’ हाकिमले नबोलेरै ओठ चोसो पार्‍यो ।

‘जनआन्दोलनको एउटा घटना भनूँ सर ! सरको टाइम छ भने….. ?’ उसले अन्कनाउदै हिम्मत बटुल्यो ।

‘अलि छिटो, छोटकरीमा भन, ल ।’ हाकिमले घडी हेर्दै सदाशयता देखायो ।

‘धन्यवाद ।’ समयको ख्याल गर्दै उसले रामकहानीलाई सङ्क्षेपीकरण गर्‍यो ।

०००

ऊ डोटीमा कार्यरत थियो । कार्यालय पन्ध्र दिनदेखि हाकिमविहीन थियो । हाकिम लामै बिदामा थिए । उनको आउने छाँटकाँट थिएन । कार्यालयमा बाँकी कर्मचारी ऊ र पिउन मात्र थिए । उसलाई निमित्तको पगरी भिडाइएको थियो, जुन उसलाई घाँडो साबित भयो ।

हाकिम बेलाबेलामा स्यालसिँ भइरहन्थे । उनी हराएको समयमा कार्यालयको भारी उसैले बोक्दै आएको थियो । एक–दुई महिना हराउँथे । फेरि देखा पर्थे । यसले खासै असर पर्दैनथ्यो । जिल्ला स्थित सबै कार्यालय यसरी नै चल्दै आएका थिए । उनै पशुपतिनाथको कृपा ।

माओवादी आन्दोलन उत्कर्षमा भएकाले पछिल्लो समयको निमित्तको पगरी उसलाई ‘सर्पको मुखमा छुचुन्द्रो’ बन्दै गएको थियो । आन्दोलनले गर्दा यातायात ठप्प थियो । कार्यालय, बजार, यहाँसम्म कि चिया पसलसमेत बन्द थिए । हाकिमलाई बलियो निहँु भइहाल्यो । उनी आन्दोलन साम्य नहुन्जेल नआउने पक्का थियो । सायद केन्द्रमै हाजिर बजाएर बसेका हुँदाहुन् ।

ऊ दोहरो चपेटामा थियो ।

‘खबर्दार ! अफिस खोलिस् कि तेरो छाला काढ्छौँ ।’ आन्दोलनकारी घण्टैपिच्छे धम्की दिन्थे ।

‘सरकारको नुन खाएर ‘नमक हरामी’ गर्ने । अफिस खोल्ने र दैनिक कार्य सुचारु गर्ने । अन्यथा ….।’ प्रशासन चाबुक हिर्काउँथ्यो ।

ऊ जस्तो अधिकारविहीन कर्मचारीले कसको आदेश मान्नू ? एउटाको आदेश नमानोस्, छ इन्ची घटि जो हाल्थ्यो । अर्कोको आदेश नमानोस्, सदाको लागि नोकरी चिलिम हुन्थ्यो । दुवैलाई ऊ तिजाञ्जली दिन सक्दैनथ्यो । समस्या एक दिन हो र ! लगातार उन्नाइस दिनसम्म र≈यो । ती कालरात्रिहरूमा उसले कसरी सास फेर्‍यो ? कुन मुटुले रोटीको कलो टिप्यो ? पिपिरालाई के भनी सम्झायो ? सम्झिँदा जीउ सिरिङ्ग हुन्थ्यो ।

उसको रणकौशल मान्नुपर्छ । धन्न ! अनेक तिकडम गरी, हातपाउ जोडी अफिसलाई दुवैतर्फको बाङ्गो नजर पर्न दिएन । अफिस तोडफोड हुन दिएन । कागजात जलाउन दिएन । पछि हाकिम आएर स्वाबासी दिँदै केन्द्रमा लामो सिफारिस पत्र पठाए ।

०००

‘मेरै अगाडि सिफासि पत्र लेख्नुभएको हो । यदि मिल्छ…..। म सिफरिसपत्र हेर्न चाहान्छु ।’ उसले उत्तेजित हुँदै गर्विलो अनुहार लगायो ।

‘टिनिनिनि …।’ उसको मर्मस्पर्शी बयान सुनेर हो वा छिटो भगाउने मनसायले हो, हाकिमले घण्टी थिच्यो ।

‘सर !’ पिउन अर्को कोठामा हाकिमको उछित्तो काट्दै थियो वा चार–पाँच पटक घण्टी नबजाएर नआउने स्थापित परम्परा थियो, ऊ तेस्रो पटक घन्टी बजाउँदा बल्ल झुल्कियो ।

‘के रे ! अँ, भाइको व्यक्तिगत फायल लेऊ त ।’ हाकिमले चिट दिएर पठायो । सम्भवतः चिटमा उसको नाम लेखिएको हुनुपथ्र्यो ।

०००

‘…।’ करिब एक घण्टापछि उही पिउन खाली हात देखा पर्‍यो र हाकिमको दाहिने कानमा खासखुस गर्‍यो ।

‘ए तिम्रो फायल त अख्तियारले लगेछ, ‘इन्भेस्टिगेसन’का लागि ।’ हाकिमले ≈याङ्गरबाट कोट उठायो र ऊतर्फ हेर्दै नहेरी लुसुक्क बाहिरियो ।

Continue Reading…

नेपालीलाई विदेश लगेर बन्धक बनाउने २ पक्राउ

३२ जेठ, काठमाडौं । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाइ रु पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको जानकारी दिए ।

‘बन्दक बनाएका नागरिकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ’, उनले भने ।

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरो प्रमुख कार्कीले बताए । पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएको ब्यूरोले जनाएको छ ।

Continue Reading…

Friday, June 14, 2019

ट्याक्सी दुर्घटनामा एक जनाको मृत्यु

३२ जेठ, बागलुङ । जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ध १ ज ५१३ नम्बरको ट्याक्सी गएराति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहेका छन् । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए ।

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog