Thursday, August 15, 2019

नेकपा सचिवालय बैकठ बस्दै, विवादित विषयलाई टुङ्ग्याउने तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेरमा बस्दैछ ।यसअघिसचिवालय बैठक पटकपटक बोलाउँदै स्थगित गरिँदै आएको बैठक अहिले ११ बजे बस्ने भएको हो ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीको स्वास्थ्यमा समान्य समस्या देखिएपछि हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

अहिले ११ बजेका लागी बोलाइएको बैठकमा पार्टीभित्र लामो समयदेखि कुरा मिल्न नसकेका विभागहरु गठनको विषयमा छलफल बताइएको छ । नेकपामा पछिल्लो समय मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण कुरा मिल्न सकिरहेको छैन्।

स्कुल विभागमा सचिवालय सदस्य, ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसालको दाबी रहेको छ। त्यस्तै पार्टीको पोलिटब्युरो गठन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, जनवर्गीय संगठनको पूर्णता जस्ता विषयहरुमा समेत लामो समयदेखि छलफल भए पनि कुरा मिल्न सकिरहेको छैन्।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog