Thursday, August 15, 2019

नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा बम विस्फोट

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ।

रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा घरमा शुक्रबार विहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। बम ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर गराइएको प्रहरीले जनाएको छ ।

विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । सचेतक ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन । प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ ।

प्रहरी घटनास्थलमा पुगेर छानबीन थालेको छ। सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादीले बम हानेको हुन सक्ने प्रहरीको अनुमान छ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog