Thursday, August 15, 2019

रवि लामिछानेसहित तीन जनालाई रातारात चितवन पुर्‍याइयो

काठमाडौँ । पत्रकार सालिकराम पुडासैनीको हत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रातारात चितवन पुरयाइएको छ । रविसहित तीन जनालाई विहीबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो । पक्राउ परेलगतै छानविनका लागि चितवन पुरयाइएको छ ।

पुडासैनीले आत्महत्या गर्नुभन्दा पहिले रविसहित तीन जनाले आफुलाई मर्न बाध्य बनाएको भिडियो रेकर्ड गरेका थिए । रेकर्ड भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको छ । रवि पक्राउ परेपछि विहीबार साँझदेखि सामाजिक सञ्जाल रंगिएको छ ।

चितवन प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको उनीहरुमाथी अभियोग लगाइएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog