Wednesday, July 17, 2019

कंगोमा इबोला महामारी, स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगोमा फैलिएको इबोला महामारीलाई ‘स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल’ भनि घोषणा गरेको छ। डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न विकसित देशहरुलाई आह्वानसमेत गरेको छ।

स्वास्थ्यमा संकटकाल घोषणा गरिएको भएपनि कंगोका इबोलाग्रस्त क्षेत्रभन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाइ छ। इबोला महामारीका कारण कंगोमा हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यहि हप्ता १० लाखभन्दा बढि मानसको बसोबास रहदै आएको गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो। इबोला विरुद्धको खोप हालसम्म १ लाख ६१ हजारलाई लगाइसकेको डब्लुएचओले उल्लेख गरेको छ।

कंगोका नर्थ किभू र इतुरी प्रान्तमा अहिले इबोलाको महामारी छ । हालसम्म २५ सयभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा १६ सय भन्दा बढीको मृत्यु भइसकेको छ। हाल दैनिक १२ जनामा इबोलाको नयाँ संक्रमण पुष्टि हुने गरेको छ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog