Sunday, July 7, 2019

ब्राजिल कोपा अमेरिका च्याम्पियन !

एजेन्सी । घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल र एक असिस्ट गर्नुका साथै दोस्रो हाफमा रातो कार्ड खाए ।

ब्राजिललाई १२ बर्षपछि कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि ब्राजिलले फाईनल खेलमा सहज जित दर्ता गरेको हो ।

खेलको १५ औ मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । बायाँबाट जिससको उपलब्ध गराएको क्रसलाई सोरेसले पोस्टको दिशा दिएका थिए ।

पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए । ब्राजिली डिफेन्डर थिएगो शिल्भाले ट्याकल गर्ने समय बलले उनको हातलाइ छोएपछि पेरुले पेनाल्टीको अवसर पाएको थियो ।

तर पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याएका थिए । डिबक्सभित्र खाली रहेका जिससले सहजै गर्न सफल रहेका थिए ।

७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ । सन् २०१६ को ओलम्पिक खेलमा स्वर्ण जितेपछि ब्राजिलको यो पहिलो उपाधि हो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog