Saturday, July 13, 2019

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २७ अझै बेपत्ता

काठमाडौं । चार दिनदेखिको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको ४३ पुगेको छ । बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम अझै रोकिएको छैन, भने २७ जना अझै बेपत्ता भएका छन् । प्रदेश नम्वर १, २ र ३ मा सवैभन्दा बढी मानवीय क्षति भएको छ भने अर्बाैको धनमाल नष्ट भएको छ ।

काठमाडौं, ललितपुर, खोटाड, धार्दिड, रौतहत, पूर्वी रुकुम र डोल्पामा गरी ४३ जनाको ज्यान गएको छ । बर्षा नरोकिएका बाढी र पहिरोको सम्भावना अझै टरेको छैन । देशका विभिन्न स्थानमा नेपाली सेनाले ८ हजारको जनशक्ति परिचालन गरेको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि ठुलो मात्रामा परिचालन गरिएको छ । तीन सुरक्षा निकायले जोखिममा परेका ३५८ जनाको सकुशल उद्धार गरिएको छ ।

राजधानी काठमाडौंमा शुक्रवार बढी क्षति भएको थियो भने प्रदेश २ का ८ जिल्ला शनिवार बिचल्ली नै भयो । सवै जिल्ला डुवानमा परेका छन् । रौतहटको सीमा भारतले बाँधेको बाँधका कारण मधेस क्षेत्र डुवानमा परेको हो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog