Sunday, July 14, 2019

भाग्यशाली इङ्ल्यान्ड नयाँ बिश्व च्याम्पियन, दुर्भाग्यशाली न्युजिल्यान्ड बाउन्ड्रीका आधारमा पराजित

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा नयाँ इतिहास बन्दै इङ्ल्यान्ड विश्व च्याम्पियन बनेको छ । इङ्ल्यान्डकै घरेलु मैदान लर्डस्मा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच फाइनल खेल भएको थियो । न्युजिल्यान्डलाई रनमा जितेर इङ्ल्यान्ड विश्व च्यापियन भने बनेको होइन । प्राविधिक नियमका आधारमा इङ्ल्यान्ड १२ औं सस्करणको विश्व बिजेता बनेको छ ।

पहिले ब्याटिड गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरको खेलमा २४१ रन बनायो । जवाफी ब्याटिडमा उत्रेको इङ्ल्यान्डले पनि ५० ओभरमा २४१ रन नै बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा इङ्ल्यान्डले १५ रन बनाउँदै १६ रनको लक्ष्य दियो । सुपर ओभरमा पनि न्युजिल्यान्डले १५ रन नै बनायो । सुपर ओभरमा पनि टाई भएको थियो । त्यसपछि विजेताको निर्णय खेलभर बढी बाउन्ड्रि प्रहार गरेका आधारमा इङ्ल्यान्डलाई नयाँ बिश्व बिजेता घोषित गरियो ।

विश्वकप क्रिकेटको उपाधी इङ्ल्यान्डलाई गएपनि विश्वभरका दर्शकको मन भने न्यूजिल्यान्डले जितेको छ । इङ्ल्यान्ड खेललेभन्दा भाग्यले साथ लिएका कारण विश्व बिजेता बन्यो भने न्यूजिल्यान्डको खेल निकै आक्रमक र हेर्न लायक थियो । अन्तिम ओभरमा इङ्ल्यान्डलाई १५ रनको आवश्यकता थियो । तेस्रो बल न्यूजिल्याण्डका लागि दुर्भाग्य बन्यो । इङ्ल्यान्डका खेलाडीले दुई रन मात्र लिएका थिए तर स्टममा फालिएको बल इङ्ल्यान्डका खेलाडीको शरिरमा लागेर बाउन्ड्रि पार गरेको थियो । २ रन आउनु पर्ने ठाउँमा ४ रन अतिरिक्तसहित ६ रन आयो । यही बल नै न्यूजिल्यान्डका लागि दुर्भाग्यशाली बन्यो ।

लर्डस मैदानमा निकै रोमाञ्चक खेल भएको थियो । मैदानबाहिर बसेर हेरेका दर्शकहरु कोही रोमाञ्चक र कोही भाबुक बनेका थिए । २७ वर्षपछि फाइनल पुगेको इङ्ल्यान्ड एकदिवशीय विश्वकपमा नयाँ विजेता बनेको छ । यसपटक इङ्ल्यान्डको यो एतिहाँसिक सफलतामा स्टोक्स नायक बने। उनले अविजित ८४ रन जोडे। सुपर ओभरमा पनि उनले एक्लैले ८ रन जोडेका थिए।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog