Thursday, July 11, 2019

वृद्धा शूटरको भूमिकामा तापसी र भूमि

बलिउडका अभिनेत्रीद्वय तापसी पन्नू तथा भूमि पेडनेकरको बहुप्रतिक्षित फिल्म ‘सान्ड कि आँख’ को टिजर सार्वजनिक गरिएको छ । फिल्ममा यी दुई अभिनेत्रीले विश्वकै सबैभन्दा बढि उमेरका शूटर चन्द्रो तोमर तथा प्रकाशी तोमरको भूमिका निर्वाह गरेका छन् । यो फिल्म तीनै शूटरहरुको जीवनमा आधारित छ ।

यो फिल्म छायांकनमा जानुअघि देखि नै चर्चामा छ । चर्चाकै बीच फिल्मको पहिलो झलक दर्शकमाझ आएको हो ।

तुषार हीरानन्दानीको निर्देशनमा बनिरहेको यो फिल्मको एक मिनेट २३ सेकेण्ड लामो क्लिप सार्वजनिक गरिएको हो ।

फिल्ममा भूमि पेडनेकर तथा तापसी पन्नू आफ्नो ग्ल्यामरस अवतारभन्दा ठिक उल्टो पश्चिमी उत्तर प्रदेशका ग्रामीण महिलाहरु जस्ता देखिएका छन् । फिल्ममा उनीहरुको अभिनय तथा बोलचाल पनि ठ्याक्कै गाउँले महिलाहरु झैं देखिएको छ ।

यो फिल्मको सुटिङ पनि उत्तर भातरको जौहरी गाउँमा गरिएको हो ।

फिल्मले प्रकाशी र चन्द्रो तोमरको कथा बोल्छ, जो आफ्ना छोरीहरुको उज्वल भविष्यका लागि ५० वर्षको उमेरमा शूटिङ गर्न थाल्छन् । रमाइलो कुरा छ भने प्रोफेशनल शूटिङमा उनीहरु दुबैले ३ सय ५२ वटा पदक जितेका छन् । यो फिल्म आगामी दिपावलीको मौका पारेर प्रदर्शन हुँदैछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog