Saturday, July 13, 2019

प्राथमिक तह शिक्षक पदमा काठमाडौंसहित पाँच जिल्लाको नतिजा सार्वजनिक ( नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले काठमाडौंसहित थप पाँच जिल्लाको नतिजा सार्वजनिक गरेको छ । प्राथमिक तह खु्ल्ला तर्फमा काठमाडौं र ललितपुरसहित पाँच जिल्लाको नतिजा सार्वजनिक भएको छ । शनिवार साँझ आयोगले थप पाँच जिल्लाको नतिजा सार्वजनिक गरेको छ । योसँगै आयोगले ७४ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । अब ४ जिल्लाको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ ।


शनिवार राति काठमाडौ, दोलखा, ललितपुर, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लाको नतिजा सार्वजनिक भएको छ । देशकै ठुला जिल्लाको नतिजा निकालेको छ । काठमाडौं, ललितपुर सवैभन्दा बढी बिद्यार्थीले परीक्षा दिएको जिल्ला हो । तर दरवन्दी काठमाडौं, ललितपुरभन्दा बाहिरका अन्य जिल्लामा बढी थियो ।
आयोगल विगत तीन सातादेखि लगातार प्राथमिक तहको नतिजा सार्वजनिक गर्दै आएको छ । अब चार जिल्लाको मात्र नतिजा आउन बाँकी छ । चार जिल्लाको नतिजा आएपछि मौखिक परीक्षा हुने र त्यसपछि बिद्यालयहरुमा नयाँ शिक्षकहरु जानेछन् । शुक्रवार राती तीन जिल्लाको नतिजा निकालेको आयोगले शनिवार राति काठमाडौंसहित पाँच जिल्लाको नतिजा सार्वजनिक गरेको थियो ।

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog