Monday, July 29, 2019

कक्षा १२ को नतिजा : कसैको आएन जीपीए ४

काठमाडौं । कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४।०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३।६१ देखि माथिको जीपीए ल्याएका छन् ।

National Examinations Board (NEB) Nepal. Photo: NEB

उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सबभन्दा बढी छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी थिए । गतवर्ष कक्षा ११ को परीक्षामा एक विद्यार्थीले मात्र उत्कृष्ट ४.०० जीपीए ल्याएका थिए । कान्तिपुरमा खबर छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog