Sunday, July 14, 2019

सरकारलाई झुकाएर कर्णाली प्रदेश सांसदले लिए १५ करोड, शाही सरकारबिरुद्ध मोर्चाबन्दी

काठमाडौं । संघिय बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सांसदलाई ६ करोड रकम दिने घोषणा गरेपछि चौतर्फी विरोध भएको थियो । तर देशकै गरीव प्रदेश कर्णालीमा भने प्रति सांसद १५ करोड रकम वितरण गरिएको छ ।

कर्णालीका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बजेटमा प्रति सांसद २ करोड रकम दिने ब्यवस्था गरेका थिए । तर नेकपाका सांसदहरुले मोर्चाबन्दी नै गरेर आफुखुसी खर्च गर्ने बजेट १५ करोड पुरयाएका छन् । अघिल्लो बर्षको बजेटमा ५ करोड दिइएको थियो । सांसदलाई दिएको बजेटमा आधाभन्दा बढी भ्रष्टाचार भएको छ ।

कर्णाली सरकारले ल्याएको बजेटमा २ करोड दिने ब्यवस्था गरिएको थियो । नेकपा सांसदहरुले १५ करोड रकम नदिए बजेट नै पारित नगर्ने भन्दै मोर्चाबन्दी कसेका थिए । वर्तमान महेन्द्रबहादुर शाहीको सरकारलाई अप्ठेरोमा पार्न नेकपाका सांसदहरुले सरकारलाई झुकाएका छन् । मुख्यमन्त्री कार्यालय अन्र्तगत रहेको बजेटबाट सांसदलाई बजेट छुट्याइएको छ । प्रतिसांसद १५करोड रकम वितरण गरेपछि कर्णाली सरकारको बजेट आइतबार पारित भएको छ ।

सत्तापक्षका सांसदहरुले मोर्चाबन्दी गरेपछि कर्णाली सरकारले बजेटमा पाँच बुँदे संशोधन गरेको छ । एउटा सांसदले १५ करोड पाउने भएपछि संसद्मा पेस गरेको संशोधनसहितको बजेटलाई प्रतिपक्षी कांग्रेसका सांसदले मौन बसेर समर्थन गरेका छन् । संशोधित बजेटअनुसार जनता सडक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले एक अर्ब ९२ करोड थप गर्नेछ । यसअघि यो शीर्षकमा सरकारले ४८ करोड मात्र विनियोजन गरेको थियो । बजेट थपेपछि कर्णालीका २४ निर्वाचन क्षेत्रका सांसदले प्रतिसांसद १५ करोड रुपैयाँ पाउनेछन् ।

त्यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेट पनि पाँच करोड पुर्‍याइएको छ । यसका लागि एक अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ । यसरी प्रदेश सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने रकम १५ करोड पुगेको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog