Tuesday, July 16, 2019

नेकपा संगठन विभागमा प्रचण्ड गल्दा बामदेवलाई धोका, मुख्य विभागमा प्रभावशाली नेताको आँखा

काठमाडौं । लामो रस्साकस्सीपछि नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंग्गो लगाएपनि पार्टीका प्रभावशाली विभागमा भने सहमति जुट्न अझै सकेको छैन । पार्टी एकताको १४ महिनापछि नेकपाले एकताका महत्वपूर्ण कामहरु सकिसकेको छ । तर पार्टीका मुख्य विभागमा प्रभावशाली नेताहरुको चाहना बाझिएपछि टुंगो लाग्न नसकेको हो ।

विभागमा सवैभन्दा पेचिला ंसंगठन विभाग बनेको छ । संगठन विभागमा तीन शीर्ष नेताको चाहना बाझिएपछि पेचिलो बनेको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली महासचिव विष्णु पौडेललाई संगठन विभाग प्रमुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिनुपर्ने पक्षमा छन् ।

केही समयअघि पूर्वमाओवादीभित्र विभाजन ल्याउन प्रधानमन्त्री ओलीले संगठन विभागको प्रमुखमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रस्ताव गरेका थिए । तर बादलले पार्टी महासचिव भएका कारण संगठन विभागको जिम्मेवारी पौडेलेले नै लिनु पर्ने बताएपछि ओलीलाई सजिलो भएको छ । तर ओलीको चाहनालाई दाहाल र नेपालले स्वीकार गरिसकेका छ्रैनन् ।

तीन दिनसम्म लगातार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष, महासचिव पौडेल र सचिवालय सदस्य बादलबीच सम्वाद भएको थियो । सम्वादमा अन्य पदमा टुंगो लागेपनि संगठन विभागमा भने टुंगो लागिसकेको छैन । तर संगठन बिभागमा अध्यक्ष प्रचण्ड केही लचिलो बनेका छन् । दाहाल लचिलो बनेपछि फेरी बामदेव गौतममाथी धोका हुने भएको छ ।

दाहाल र नेपालले जिम्मेवारी नपाएका नेतालाई संगठन बिभागको जिम्मेवारी दिनुपर्ने भन्दै गौतमको नाम लिएका थिए । गौतमका पक्षमा नेपाल उभिएपनि दाहल भने गलेका छन् । उनी पछिल्लो समय संगठन विभागको प्रमुख महासचिव पौडेललाई दिन सहमत भएको बालुवाटार स्रोतले बताएको छ । तर महासचिव पौडेल भने आर्थिक विभागको जिम्मेवारी लिने पक्षमा छन् ।

पाटीको विदेश बिभाग, स्कुल विभाग, प्रचार विभाग, आर्थिक बिभागमा पार्टीका प्रभावशाली नेताले आँखा लगाएका छन् । विदेश बिभागमा बरिष्ठ नेता माधव नेपाललाई दिने यसअघि नै सहमति भइसकेको छ भने स्कुल विभागमा सचिवालय सदस्य इश्वर पोखरेलले चासो देखाएका छन् । त्यसैगरी प्रचार बिभागमा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog