Monday, July 15, 2019

बाढी र पहिरो पीडितलाई पाँच दिनको तलव दिने कांग्रेस सांसदको घोषणा

काठमाडौं । अविरल बर्षासँगै आएको बाढी र पहिरोमा परी बिचल्लीमा परेका परिवारलाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले पाँच दिनको तलव दिने भएका छन् । बाढी, पहिरो र डुबान पीडितलाई राहत दिन कांग्रेस सांसदहरुले पाँच दिनको तलव दिने भएका हुन् । काङ्ग्रेस संसदीय दलको बैठकले राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान पनि गरेको छ ।

पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका ६५ नागरिकले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् । १० हजारभन्दा बढीले घरबास गुमाएका छन् । उनीहरुलाई राहत स्वरुप कांग्रेस सांसदले पाँच दिनको तलव दिने भएका छन् । महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौैँ रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नष्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापना सम्बन्धी विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक भएको कांग्रेसल जनाएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog