Wednesday, July 10, 2019

भारतको पत्रबारे प्रधानमन्त्री भन्छन्: मलाई जानकारी नै दिइएन, अत्यन्त दुःखी छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा तरकारीलगायतका खाद्यान्नको प्रवेशका बारेमा हालै भारतबाट पत्र नआएको भन्दै संसदमा बोलेकामा गल्ती स्वीकार गरेका छन् ।

सरकारले भारतबाट आउने तरकारी सीमा क्षेत्रमा परीक्षण नगरी स्वेदशमा भित्रिन नदिने निर्णय गरेकोमा भारतका तर्फबाट पत्र आएको थियो । त्यसरी पत्र आए वगत्तै सरकारले तत्कालका लागि विषदी परिक्षण गर्ने निर्णय कार्यान्वयन नगर्ने बताएको थियो । यस विषयमा चौतर्फि विरोध आएपछि नेकपाको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले के को पत्र ? कस्तो पत्र ? भन्दै त्यस्तो पत्र नआएको बताएका थिए । तर, सञ्चार माध्यममा नै भारतको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीले बुधबार राति भूल भएको स्वीकार गरेका हुन् ।

नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए, “अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।”

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog