Tuesday, July 9, 2019

प्राथमिक तहमा पर्सादेखि बागलुङसम्म ५ जिल्लाको नतिजा सार्वजनिक (नाम र नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह लिखित परीक्षाको नतिजा दैनिक प्रकाशित गरिरहेको छ । मगलबार राति थप जिल्लाको नतिजा सार्वजनिक गरेको छ । यो सहित ५८ जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

मंगलवार राति प्राथमिक तह खुल्लातर्फको थप पाँच जिल्लाको नतिजा सार्वजनिक गरेको हो । मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले देशभर प्राथमिक तहमा रिक्त रहेका पदहरुको स्थायी पदपूर्ति गर्नको लागी गत वर्ष असोजमा परीक्षा लिएको थियो । प्राथमिक तहको खुल्लातर्फ लिइएको परीक्षा मध्ये ५८ जिल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा प्रत्यक दिन राति निकाल्ने गरेको छ ।

सुर्खेत, खोटाङ, सिरहा, जाजरकोट, सोलुखुम्बु, बर्दिया, बाँके, प्युठान, ओखलढुंगा, सप्तरी, दैलेख, डोल्पा, उदयपुर, भोजपुर, संखुवासभा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, तेह्रथुम, सुनसरी र धनकुटाको नतिजा प्रकाशन गरेको हो । यस्तै अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डोटी, झापा, मोरङ, बाजुरा, बैतडी, डडेल्धुरा, ईलाम, पाँचथर, ताप्लेजुङ र दार्चुलाको मंगलबारभन्दा अगाडी प्रकाशन भइसकेको थियो ।
यस्तै आयोगले बिहिबार राति मात्रै महोत्तरी, धनुषा, रोल्पा र दाङ जिल्लाको नतिजा प्रकाशन गरेको थियो भने, शुक्रबार राति पनि आयोगले रुकुम, मुस्ताङ, म्याग्दी, कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा प्रकाशन गरेको थियो।

आयोगले आईतबार राति अर्घाखाँची, रुपन्देहि, रामेछाप र सर्लाही जिल्लाको नतिजा प्रकाशित गरेको हो । यस्तै आयोगले सोमबार राति मात्रै गुल्मी, पाल्पा र रौतहट जिल्लाको नतिजा प्रकाशन गरेको हो । अब यो सँगै ५३ जिल्लाको नतिजा प्रकाशन भएको छ ।
यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog