Sunday, July 14, 2019

कुलेखानीमा पानी भरिएपछि बाँध खोलिँदै, गृहले भन्यो- सतर्क रहनू

३० असार, काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ ।

गृहमन्त्रालयका अनुसार कुलेखानीको सरोवर भरिएर पानी २५.४ मिटर पुगेको छ ।

केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।

कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ ।

कुनै प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्छ । आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र हो ।

सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog