Thursday, July 11, 2019

बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द, बन्जरहालगायतका बस्ती डुबे

२७ असार, रौतहट । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

रौतहतको चन्द्रपुर लच्कामा आएको बाढी राजमार्गमा पसेपछि आवागमन अवरुद्ध बन्न पुगेको हो ।

अविरल वर्षापछि आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् । सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog