Wednesday, July 10, 2019

प्राथमिक तह ६ जिल्लाको पुर्नयोगको नतिजा पनि प्रकाशित ( हेर्नुहोस पुर्नयोगको नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह लिखित परीक्षाको पुर्नयोग पनि प्रकाशित गरिएको छ । नतिजाप्रति असन्तुष्टी जनाएका परीक्षार्थीहरुले पुर्नयोगका लागि निवेदन दिएका थिए । परीक्षार्थीले दिएको निवेदन अनुसार ताप्लेजुङ पाँचथर इलाम कैलाली दार्चुला र डडेल्धुरा जिल्लाको पुनर्योगको नतिजा प्रकाशन गरिएको छ । हालसम्म ६२ जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

प्राथमिक तहको नतिजा शिक्षक सेवा आयोगले दैनिक प्रकाशित गरिरहेको छ । प्रकाशित जिल्लामा असन्तुष्ट परीक्षार्थीहले शिक्षक सेवा आयोगमा पुर्नयोगका लागि निवेदन पनि दिइरहेका छन् । आयोगले परीक्षाफलसँगै पुर्नयोगको नतिजा पनि प्रकाशित गर्न थालेको छ ।

बुधवार राति ताप्लेजुङ, पाँचथर, इलाम, कैलाली, दार्चुला र डडेल्धुरा जिल्लाको पुनर्योगको नतिजा प्रकाशन गरेको छ । पुनर्याेगमा केही परीक्षार्थीले सफलता पनि पाएका छन् । परीक्षाफल प्रकाशित हुँदा भूलबस छुटेकाको नाम समावेश गरिएको छ ।

आयोगले देशभर प्राथमिक तहमा रिक्त रहेका पदहरुको स्थायी पदपूर्ति गर्नको लागी गत वर्ष असोजमा परीक्षा लिएको थियो । प्राथमिक तहको खुल्लातर्फ लिइएको परीक्षा मध्ये ६१ जिल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा प्रत्येक दिन राति निकाल्ने गरेको छ ।
यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog