Monday, July 8, 2019

नेपालले उपाधिको लागि हङकङसँग भिड्दै, कस्ले मार्ला बाजी ?

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो । नेपाल समूह एको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले समुह चरणको खेलमा सिंगापुर र चिनलाई पराजित गरेको थियो ।

हङकङ भने समुह बीको विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको थियो । हङकङले समुह चरणमा भुटान र थाइल्याण्डलाई हराएको थियो । उपाधि विजेता टिम यू(१९ एसिया कपमा छनोट हुने छन् ।

एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog