Sunday, July 7, 2019

नेकपाकाे राजनीतिक दस्तावेजमा सहमति

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एक वर्षदेखि थाती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ ।

प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी दिएका छन्।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले भने, “एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ । एक वर्षदेखि पूर्ण रूपले सहमति भएर पनि प्रकाशनमा नआएको राजनीतिक प्रतिवेदन टुङ्ग्याएका छौँ र भोलि प्रकाशनमा जाँदै छ । ”

उनले राजनीतिक दस्तावेज प्रकाशन भएर सबैको हातहातमा जाने बताउँदै सबैले अध्ययन गरेपछि आएको प्रतिक्रियाका आधारमा पुनः सच्याउन सकिने धारणा राखे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन लाग्दा एकीकरणको मूल दस्तावेज राजनीतिक प्रतिवेदन तयार गर्न तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । यो खवर
आजको गोरखापत्र दैनिकमा खबर छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog