Wednesday, July 31, 2019

कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की, आफुहरु हिरो बन्ने मलाई भिलेन बनाउने ?

काठमाडौं । जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बुधवार चर्काचर्की भएको छ । १४ औं महाधिबेशनको कार्यतालिकालाई लिएर दुई नेताबीच चर्काचर्की भएको बैठकमा सहभागी एक नेताले बताए ।

बुधवार बैठक शुरु भएलगतै वरिष्ठ नेता पौडेलले १४ महाधिबेशनको कार्यतालिका सार्वजनिक गर्न सभापति देउवाले आनकानी गरिरहेको र पार्टीलाई संकटमा पुरयाएर यही नेतृत्वलाई फेरी कायम गर्न खोजेको बताएका थिए । बैठकमा महाधिबेशनको कार्यतालिका र पार्टीको अस्थायी संरचना बनाउन सभापति देउवाले नचाहेको भन्दै पौडेलले कडा आलोचना गरेका थिए ।

‘सभापतिले महाधिबेशन चाहनुभएको छैन । यही कार्यसमितिलाई निरन्तरता दिन खोज्नु भएको छ’, पौडेलले आक्रोस पोख्दै केन्द्रीय समितिको बैठकमा भने ‘सके पार्टीलाई संकटमा पारेर यही नेतृत्वलाई निरन्तरता दिने, नसके महाधिबेशन पछि सार्ने तयारीमा सभापति हुनुहुन्छ । यो हामीलाई सह्य छैन ।’

बैठकको शुरुमै बोलेका पौडेलले महाधिबेशनको कार्यतालिका नल्याएसम्म बैठकमा आफुहरु नबस्ने चेतावनी पनि दिएका थिए । महाधिबेशन गर्ने समय आएपनि सभापति देउवा समय घर्र्काउने पक्षमा रहेको पौडेलले बताए ।

पौडेलले आक्रोस पोखेलगतै देउवा पनि आक्रोसित बने । ‘मलाई भिलेन देखाएर आफुहरु हिरो बन्ने ?’ देउवाले बैठकमा भने ‘चार बर्षमा महाधिबेशन हुँदैन, पाँच बर्ष कट्दैन । मलाई मात्र शंका गरेर हुन्छ ।’

डेढ बर्षअघि भएको संसदीय निर्वाचनदेखि नेपाली कांग्रेसभित्रको विवाद चुलिदै गएको छ । निर्वाचनदेखिको विवाद महाधिबेशनसम्म आइपुगेको छ । देउवा आफ्नो अनकुल अबस्थामा मात्र पार्टीको महाधिबेशन गर्ने पक्षमा छन् भने पौडेल समय पुगेलगतै महाधिबेशन गर्नुपर्ने पक्षमा छन् । महाधिबेशन र पार्टीको अन्तरिम संरचनालाई लिएर कांग्रेसभित्र अहिले विवाद चर्किरहेको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog