Saturday, July 13, 2019

मलेसियाको मैदानमा मौनधारण, हातमा पट्टी बाँधेर नेपाली क्रिकेट टोली मैदान छिर्‍यो

काठमाडौं । मलेसियासँग टी २० सिरिज खेलिरहेको नेपाली राष्टिय क्रिकेट टोलीले बाढी र पहिरोबाट ज्यान गुमाउने देशबासीको सम्झनामा एक मिनेट मौनधारण गरी हातमा कालोपट्टी बाँधेर मैदान छिरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा आइतवार विहान दोस्रो टी २० खेल्न मैदान छिर्नूअघि नेपाली क्रिकेट टोलीले मौनधारण गरेको थियो । नेपालमा गइरहेको बाढी र पहिरोबाट ४३ जनाले ज्यान गुमाइसकेका छन् । मैदान छिर्नुअघि नेपाली खेलाडीहरुले मृतकको सम्झनामा मौनधारण गरेका थिए ।

मौन धारण गरेपछि सवै खेलाडीले हातमा कालो पट्टी बाँधेर मैदान छिरेका छन् । मलेसियासँग नेपालले आज दोस्रो टी २० सिरिज खेल्दैछ । कप्तान पारस खड्काको विस्फोटक ब्याटिडले नेपाललाई पहिलो खेल जिताइसकेका छ । शनिवार पहिलो खेल जितेको नेपाल आज दोस्रो खेल खेल्न मैदान छिरेको छ ।

टस जितेर नेपालले मलेसियालाई ब्याटिडको निम्तो दिएको छ । खेल विहानदेखि नै शुरु भइसकेको छ । आजको खेल नेपालले जिते दुई सिरिजमा नेपालले मलेसियालाई क्लिन स्वीप नै गर्नेछ भने आज पराजित भए वरावरी हुनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog