Thursday, July 11, 2019

माधव नेपाल र श्रीलंकाली शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए । विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या,पूर्वराष्ट्रपतिमहिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाकोलुरसँग भेटघाट गरेका छन् ।

भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धकाबारेमा चर्चा भएको थियो भने बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशकाद्वन्द्व समाधानका अनुभवहरु साटासाट गरेका थिए । भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूतडा. विश्वम्भर प्याकुरेलको पनि सहभागी थिए । असार २३ गते कोलम्बो प्रस्थान गरेका वरिष्ठ नेता नेपाल २९ असारमा स्वदेश फर्किनेछन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog