Tuesday, July 30, 2019

लोकसेवाद्धारा फेरी स्थानीय तहमा ६ हजार कर्मचारीको छिट्टै बिज्ञापनको तयारी

काठमाडौं । पहिलो चरणको परीक्षा सकिएलगतै सरकारले स्थानीय तहका लागि थप ६ हजार कर्मचारी भर्नाका लागि बिज्ञापन गर्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि फेरी लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ ।

गत जेठमा ९ हजार कर्मचारीका लागि विज्ञापन गरिएको थियो । जेठमा गरिएको बिज्ञापनको अहिले परीक्षा भइररहेको छ ।अहिले बिज्ञापनबाट आएका ९ हजार कर्मचारीलाई दशैँअगावै स्थानीय तहमा पठाउने तयारी सरकारले गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए ।

५१५ स्थानीय तहको लिखित मागअनुसार आयोगले ९ हजार १६१ पद लागि विज्ञापन गरेको थियो । अझै करिव ७ हजार कर्मचारी आवश्यक रहेको छ । सवै स्थानीय तहमा कर्मचारी पुरयाउन सरकारले ६ हजार बिज्ञापन गर्न लोकसेवा आयोगलाई आग्रह गरिसकेको छ । अबको तीन साताभित्र ६ हजार कर्मचारीका लागि फेरी बिज्ञापन गर्ने तयारी थालिएको छ ।

कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधाअनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।

कर्मचारी समायोजन ऐनले स्थानीय र प्रदेश तहमा समायोजन हुँदा दुई ग्रेड थप, तह वृद्धि तथा मिलान गर्दै सोहीअनुसार सेवासुविधा वृद्धि हुने व्यवस्था गरेको छ तर स्थानीय र प्रदेश तहमा समायोजन भएका निजामती कर्मचारीले अहिले ऐनमा उल्लेख भए अनुसारको सेवासुविधा नपाएकोमा उनीहरूले आपत्ति जनाउँदै आएका हुन् ।

निजामती कर्मचारीलाई तहगत रूपमा रूपान्तरण गर्दा पाँच वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका नायब सुब्बालाई माथिल्लो शैक्षिक योग्यता हासिल गरेका कर्मचारीलाई छैटौँ तहको अधिकृत बनाइएको थियो । त्यस्तै पाँच वर्षभन्दा कम सेवा अवधि भएका शाखा अधिकृतलाई अधिकृतस्तर सातौँ तह बनाई खाइपाई आएको तलबमा दुई ग्रेड थप गर्ने र पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेका शाखा अधिकृतलाई अधिकृतस्तर आठौँ तह बनाइएको थियो ।

सरकारले सङ्घमा ४० हजार ७६९ कर्मचारी समायोजन गरेको छ । त्यस्तै प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा निजामती सेवाका ३१ हजार ४३ तथा साविक स्थानीय निकायका १२ हजार ९७ जना गरी ४३ हजार १४० गरी जम्मा ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएको मन्त्रालयले जनाएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog