Wednesday, July 10, 2019

बर्षको अन्तिममा विकास बजेट दैनिक ५ अर्ब खर्च, आधा काम आधा भ्रष्टाचार

काठमाडौ । बर्षको अन्तिमतिर मात्र विकास बजेट खर्चे गर्दा ब्यापक भ्रष्टाचार र अनिमितता हुनेमा राज्य सञ्चालकहरु नै पूर्णतया सहमत छन् । असार लागेपछि सडकमा कालोपत्रे गर्ने, विकास बजेट सिध्याउन विदेश भ्रमणदेखि घोडासम्म चड्ने चलन अब नेपाली संस्कार नै बनिसकेको छ ।

दुई तिहाईको कम्यूनिष्ट सरकारले बर्षको अन्तिममा विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य गर्नेमा धेरेको विश्वास थियो । तर अन्य सरकारभन्दा यो सरकारमा बढी विकास बजेट असारमा खर्च भएको तथ्य देखिएको छ । यतिबेला दैनिक ५ अर्बभन्दा बढी विकास बजेट खर्च भइरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

विगत एक सातायता दैनिक ५ अर्बभन्दा बढी विकास बजेट खर्च भइरहेको छ । बर्षको अन्तिम दुई दिन मंगलबार र बुधवार मात्र १३ अर्बभन्दा बढी विकास बजेट खर्च भएको छ । असार १५ पछि विकास बजेटको खर्चले तिव्रता पाएको थियो ।

असार लागेदेखि दैनिक एक अर्ब रकम खर्च हुँदै आएको थियो । तर १५ असारपछि दैनिक ३ देखि ५ अर्बसम्म खर्च भएको महालेखा परीक्षक कार्यालयका दामोदर पुडासैनीले बताए । यसरी खर्च भएको रकमको आधाभन्दा बढी भ्रष्टाचार हुनेमा राज्य सञ्चालकहरु नै सहमत छन् । तर त्यसलाई रोक्न भने उनीहरु पूर्णतया असफल भइसकेका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog