Saturday, July 13, 2019

भारतीय दवावमा कोशी ब्यारेजका ६ ढोका बन्द, पानी पुलमाथी उक्लिदै

काठमाडौं । भारतीय दवावमा कोशी ब्यारेजका ६ ढोका बन्द गरिएका छन् । कोशीमा यतिबेला पानीको बहाव निकै उच्च रहेको छ । ४ लाख क्यूसेक पानी प्रतिसकेण्ड कोशी नदीमा बहाव भइरहेका बेला ६ वटा ढोका बन्द गरिएको स्थानीय प्रशासनले बताएको छ ।

कोशी ब्यारेजका ५६ ढोका छन् । ढोकाहरु बन्द हुँदा मधेश क्षेत्र जहिले पनि डुवानमा पर्ने गरेको छ । शनिवार विहानदेखि ५६ वटै ढोका खोलिएको थियो । तर भारतीय दवावपछि राति नै ६ ढोका बन्द गरिएको छ । १ नम्वरदेखि ६ नम्वरसम्मको ढोका बन्द गरिएको छ । नदीमा पानीको बहाव कम नभएपनि भारतीय दवावका कारण ढोकाहरु बन्द गरिएको स्थानीय प्रशासनले बताएको छ ।

कोशी ब्यारेजमा अहिले ५० ढोका खुल्ला गरिएको छ । ६ ढोका बन्द गर्दा नदीको पानी ब्यारेजमाथी आउन लागेको स्थानीय र प्राविधिकहरुले बताएका छन् । ढोका बन्द भएपछि फेरी डुवानको त्रास फैलिएको छ ।

कोशी ब्यारेजका सवै ढोका खोलेपछि भारतको विहार पनि डुवानमा परेको छ । यतिबेला कोशी नदीमा ३ लाख ८९ हजार क्यूसेक पानीको बहाव मापन गरिएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog