Wednesday, July 10, 2019

भान्सामै पसेर बाँदरले भातको थाली खोस्दा, मकैबारीको याद

काठमाडौं । बाँदरको हक मानिसले खोसे, बाँदर कहाँ जाने ? पशुपति क्षेत्रका बाँदरले पनि मानिसको आहारा नै खोस्न थालेका छन् । बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् ।

बाँदरलाई भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित छ । बादरका लागि मकै उत्पादन गर्ने जमिन मानिसले कब्जा गरेपछि बाँदरले पनि भान्सामै पसेर मानिसको खाना कब्जा गर्न थालेका छन् ।

भान्सामा पसेर मानिसको भातको थालै खोस्न थालेका छन् । बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।

यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन् । यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ । लुगा सुकाउन पनि नपाइने अवस्था छ ।

जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ । ‘‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन् । रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन । व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog