Sunday, July 14, 2019

प्राथमिक तह शिक्षक पदमा धादिङ र सिन्धुपाल्चोकको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह खुल्लातर्फ थप दुई जिल्लाको नतिजा सार्वजनिक गरेको छ । प्राथमिक तह शिक्षक पदको खु्ल्लातर्फ धादिङ र सिन्धुपाल्चोकको नतिजा सार्वजनिक गरेको हो । शनिवार राति काठमाडौं र ललितपुरसहित पाँच जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले आइतवार राति धादिङ र सिन्धुपाल्चोकको नतिजा सार्वजनिक गरेको छ । दुई जिल्लाको नतिजासँग आयोगले ७६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । अब एउटा जिल्लाको मात्र नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।

शिक्षक सेवा आयोगले खुल्लातर्फको लगभग सबै जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । खुल्लातर्फको लिखित नतिजा सार्वजनिक भएपछि अब मौखिक परीक्षाको मिति र केन्द्र तोक्न थालेको छ । लिखितको नतिजा निस्केपछि देशभरका अधिकाँस बिद्यालयले नयाँ र स्थायी शिक्षक पाउने भएका छन् ।

साथै शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्सका लागि पनि दरखास्त आह्वान गरिसकेको छ । शिक्षकमा आउन चाहने नयाँ ब्यक्तिका लागि लाइलेन्स अनिवार्य चाहिन्छ । लाइसेन्स लिनका लागि दरखास्त आह्वान पनि गरि सकिएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog