Sunday, July 7, 2019

विष्णु रिमालको ट्वीटमा दाहाल र नेपाल पक्षको निस्कर्ष : जहाज हल्लिदा मुसाहरु तर्सिए

काठमाडौं । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्र र बाहिर चर्काे आलोचना भइरहेका बेला उनका राजनीतिक सल्लाहकार बिष्णु रिमालले आइतवार गरेको एक ट्वीटले सनसनी मच्चाएको छ । ट्वीटबाट एकतिर दुई निशाना साँधेपछि सवैभन्दा बढी नेकपाभित्र खैलाबैला मच्चिएको छ । नेकपाका कार्यकर्ताहरु नै दुई धारमा विभाजित बनेका छन् ।

शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा सरकार र प्रधानमन्त्री ओलीको चर्काे आलोचना भएको थियो । सरकार र प्रधानमन्त्री आलोचन भएको दोस्रो दिन राजनीतिक सल्लाहकार रिमालले पार्टीभित्रका शीर्ष नेतालाई निशाना लगाउँदै ‘छौंडा’को संज्ञा दिए ।

रिमालले ट्वीट कसैप्रति लक्षित नभएको सफाई दिएपनि निशाना भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालप्रति लगाएको अनुमान गर्न कठिन छैन । दाहाल र नेपालले पनि रिमालको ट्वीट आफुहरुप्रति लक्षित भएको आँकलन गरेका छन् । सरकार ढाल्ने गरी नेकपाभित्र नै योजना बनेको अनुमान गर्दै राजनीतिक सल्लाहकार रिमालले तल्लो तहमा झरेर नेताहरुलाई छौडाको संज्ञा दिएका हुन् । ‘छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुस्ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’ उनले ट्वीटमा लेखेका छन् ।

वरिष्ठ नेता नेपाल पक्षले भने सरकार ढाल्ने अनुमान गर्दै राजनीतिक सल्लाहकारले यस्तो ट्वीट गरेको निस्कर्ष निकालेको छ । ‘माधव नेपाल पाँच बर्ष सरकार ढाल्ने पक्षमा हुनुहुन्न, तर केही साथीहरु तर्सेजस्तो छ’, नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले भने ‘सरकारलाई सुधार गर्दै लैजानु पर्छ भन्नेमा माधव कमरेड हुनुहुन्छ तर सरकार ढाल्ने वा संसदीय दलमा अविश्वास प्रस्ताव ल्याउने पक्षमा हुनुहुन्न ।’

प्रधानमन्त्री ओली भारत पुगेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने पुरानो सहमतिलाई फेरी सतहमा ल्याएका थिए । तर नेता नेपालले पाँच बर्ष नै यो सरकार चल्ने सार्वजनिक अभिब्यक्ति पनि दिएका थिए ।

दाहाल पक्ष पनि प्रधानमन्त्री ओली आत्तिएको निस्कर्ष निकालेको छ । ‘जहाज हल्लिदा मुसाहरु तर्सिए, दाहाल पक्षधर एक नेताले भने आत्तिएका मुसाहरु ट्वीटरबाट कराउँदैछन्’ दाहाल निकट एक नेताले भने ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog