Wednesday, July 17, 2019

डेढ करोड लगानीमा डा. सीके राउतमाथी फिल्म, नासादेखि पृथकताबादीसम्म

काठमाडौँ । अमेरिकी बैज्ञानिक संस्था नासाको जागिरदेखि नेपालको मधेस क्षेत्रमा पृथकताबादी अभियानसम्म थालेका डा. सीके राउतको जीवनमा आधारित तीन भाषाको फिल्म बन्ने भएको छ । उनको जीवनीमा आधारित ‘डा. सिके राउत’ को टिजर सार्वजनिक भएको छ। ‘डा. सिके राउत – द प्यासन’ नामको चलचित्र बन्ने भएको छ ।

राधिका इन्टरनेशलन मुभिजले निर्माण गर्न लागेको फिल्मा नासादेखि पृथकताबादी अभियान र त्यसपछि नेपाल सरकारसँगको सफल बार्ता समेटिने भएको छ । भदौबाट छायांकन सुरु गर्न लागिएको फिल्म छठमा प्रदर्शन गर्ने तयारी गरिएको छ । सीके राउतको जीवनीमा आधारित फिल्मको कहानी सन्तोष साहले लेखन तथा निर्देशन गरेका छन् भने परदेशी शाहले राउतको भूमिका निर्वाह गर्ने भएका छन् । उनले अभिनित पछिल्लो चर्चित चलचित्र ‘एसपी खरेल’ हो।

चलचित्र तीन भाषामा बन्ने भएको छ । भोजपुरी, नेपालीसँग तीन भाषामा चलचित्र निर्माण हुने निर्माताले बताएका छन् । डेढ करोड लागतमा निर्माण गर्न लागिएको फिल्ममा महिला कलाकारहरुलाई भने अहिले गोप्य राखिएको छ ।

बुधवार टिजर सार्वजनिक कार्यक्रममा डा. सीके राउत पनि पुगेका थिए । उनले आफ्नो जीवनमा बन्न लागेको फिल्म इतिहास बन्ने बताएका छन् । केही विवाद भएपछि आफ्नो जीवनका बारेमा धेरै नेपालीले बुझन पाउने उनले बताए । प्रतिबन्धित भएका बेला आफुले गरेको काम, राजनीतिक भाषण गर्दा प्रहरी हस्तक्षेप जस्ता बिषयमा नागरिकले जान्न पाउने बताए । फिल्मले किन मानिस विद्रोहमा उत्रन्छ ? कोही मान्छे किन आफ्नो ज्यान दिन तयार हुन्छ। कोही मान्छे किन आफ्नो सुख सुविधा, घर परिवार छोड्न तयार हुन्छ ? यस्ता बिषय चलचित्रका समावेश हुने उनले बताए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog