Saturday, July 20, 2019

विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

५ साउन, काठमाडौं । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा गएराति १२:२० बजे पक्राउ परेको पुष्टि गरे । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दिए ।

माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।

काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog