Sunday, July 28, 2019

कांग्रेस बैठक लगातार, अन्तरिम संरचना र १४ औं महाधिवेशनमा केन्द्रित

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केही दिनयता लगातार बसिरहेको छ । आइतबार केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा. डिला संग्रौला, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आआफ्नो विचार व्यक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । त्यसअघिको बैठकमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी., डा. मीनेन्द्र रिजाल, एनपी साउद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले बोलेका थिए।

File Photo

बैठक सोमबार दिउँसो २ बजे पनि बोलाइएको छ । असार २२ गते सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरिएको थियो । सुरुमा बैठक पार्टीको संशोधित नियमावलीमा केन्द्रित भएको थियो । बाढीपहिरोको विपत्पछि बस्न थालेको बैठकमा दोस्रो एजेन्डा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog