Sunday, July 7, 2019

पारसकी छोरी पूर्णिकाको हृदयस्पर्शी एउटा भावनाः बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ

काठमाडौं । पूर्जाराजा महेन्द्र शाह र पूर्वरानी एैश्वर्या दरवारभित्रका ख्यातिप्राप्त साहित्यकार थिए । पूर्वराजा महेन्द्र (म विवि शाह) का नामबाट आफ्नो साहित्य कार्दथे भने पूर्वरानी एैश्वर्या चाँदनी शाहका नामबाट गीत कविताको शिर्जना गथिन । त्यसयता पूर्व राजपरिवारभित्र कुनैपनि ब्यक्तिको रुचि साहित्यमा देखिएन । तर दरवारको शान सौकतमा नभएपनि पूर्वराजाको परिवारमा अर्काे साहित्यकारको उदय भएको छ । उनी हुन् पूर्वयुवराज पारस तथा हिमानी शाहकी छोरी पूर्णीका ।

पूर्णीकाको बाल्यकाल अरु पूर्बराजपरिवारका सदस्य जसरी वितेको थिएन । उनी थाहा पाउने बेलामा दरवारबाट उनीहरुको परिवार नागार्जुनको जंगलमा बसाई सरिसकेको थियो । नागार्जुनदेखि निर्मल निवास र त्यसपछि थाइल्याण्डमा अध्ययन गर्दै आएकी पूर्णीका एक असल कवि हुन् । उनीले हालसालै सामाजिक सञ्जालमा एक कविता सार्वजनिक गरेकी छिन् । जुन कबिता मर्मस्पर्शी मात्र छैन, देश प्रेममा पनि जोडिएको छ ।

उनको जीवन केही तनावमै वितेको छ । बाबु पारस र आमा हिमानीबीचको सम्बन्ध एक दशकदेखि राम्रो अबस्थामा छैन । बाबु अहिलेपनि पूर्णतया नशाको जीवनबाट बाहिर आउन सकेको छैनन् । आफ्ना घरमा आमा र बाबुलाई संगै देख्न उनले पाएकी छैनन् । कतिपय बेला दुखले पनि साहित्यको शिर्जना गर्दछ । पूर्णीकालाई पनि केही तनावले ै पछ्याएपछि उनको हृदयबाट कविता फुट्न थालेको छ ।

आफ्ना हजुर बा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले कविता लेखेकी छिन् । पूर्वराजाको ७३ जन्मदिन नजिकिदै गरेका बेला उनले देश प्रेममा जोडिएको कविता लेखेकी हुन् ।

उनले लेखेको कविता यस्तो छ ।
चुपचापको अर्थ जस्ले जसो लाएँ पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।
झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।
जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।
शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।
झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।
जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog