Sunday, July 28, 2019

लेखक संघ अधिवेशन तयारीमा

काठमाडौं । नेपाली लेखक संघ फागुनमा अधिवेशन गर्ने तयारीमा लागेको छ । मंसिरभित्र जिल्ला अधिवेशन, माघमा प्रदेश र फागुनभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय सचिवालय बैठकले गरेको अध्यक्ष श्रवण मुकारुङले बताएका छन् । संघको मौजुदा विधान एवं नयाँ कार्यविधिअनुसार सदस्यता वितरण र नवीकरण गरी अधिवेशन गरिनेछ ।

उनका अनुसार एक महिनाभित्र कार्य सम्पन्न गर्ने गरी विधान संशोधन मस्यौदा समिति गठन गरिएको छ । समितिमा डा. तुलसी प्रसाद भट्टराई संयोजक, डा. रत्नमणि नेपाल, रामेश्वर राउत मातृदास, उमा सुवेदी, सूर्यप्रसाद लाकोजू सदस्य छन् ।

केन्द्रीय अधिवेशनअगावै प्रकाशन गरिसक्ने गरी ुलेखकु सम्पादन समिति गठन गरिएको छ । डा. रत्नमणि नेपाल, केशव सिग्देल रसोझो गाउँले समितिमा छन् । संघले नरहरि आचार्यद्वारा लिखित ुगणतन्त्रको यात्राु पुस्तकबारे साउन १७ गते लाजिम्पाटस्थित डिल्लीरमण रेग्मी पुस्तकालयमा विमर्श कार्यक्रम आयोजना गर्ने भएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog