Wednesday, July 31, 2019

प्रधानमन्त्रीको एक शब्दले जब २४ मन्त्रीको  एकै पटक तालु सुक्यो…

काठमाडौं । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले २३ मन्त्री र २४ सचिवलाई अकस्मात सिंहदरवारमा बोलाए । प्रधानमन्त्री र मन्त्रीबीच एक बर्षे कार्यसम्पादनका लागि मन्त्री र सचिवालाई प्रधानमन्त्री कार्यालयमा बोलाईएको थियो । सवै मन्त्री र प्रधानमन्त्रीबीच छुट्टा छुट्टै कार्यसम्पादन सम्झौता पनि भयो । तर सम्झौता गर्नुभन्दा अघि प्रधानमन्त्री ओलीको एक बाक्यले मन्त्रीहरुको तालु नै सुक्यो ।

मन्त्री र सचिवहरुसँग प्रधानमन्त्री ओलीले एक बर्षे कार्ययोजनना मागेका थिए । कार्ययोजना लिएर सवै मन्त्री र सचिवहरु प्रधानमन्त्री कार्यालयमा पुगेका थिए । प्रधानमन्त्री ओलीले दुई तिहाईको सरकारसँग जनताको चाहना तिव्र भएको तर जनताको चाहनाअनुसार कार्यसम्पादन हुन नसकेको बताएका थिए । त्यही क्रममा उनले कार्ययोजना नै बनाएर अघि बढ्ने बताइरहँदा केही मन्त्रीतर्फ इंगित गर्दै मन्त्री फेरबदलको संकेत गरे ।

‘अहिले तपाईहरु कार्ययोजना पेश गर्नुहोस, सम्झौता पछि आउने मन्त्रीसँग गरौला’, प्रधानमन्त्री ओलीले यति भनेपछि केही मन्त्रीहरु तर्सेका थिए । मन्त्री फेरबदल हुने आँकलन धेरै मन्त्रीले गरेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले सम्झौता पछि आउने मन्त्रीसँग गरौला भनेपनि सवैमन्त्रीसँग पाँच बुँदे कार्यसम्पादन सम्झौता भने गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार मन्त्री परिवर्तनको अभिब्यक्ति दिइरहेका बेला ओलीले पनि फेरबदलको संकेत गरेका थिए । ओलीले पछि आउने मन्त्रीसँग सम्झौता गरौला भनेपछि केही मन्त्रीले आफ्नो पद धरापमा परेको अनुभूति पनि गरेका थिए । तर साँझ संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीका योगेश भट्टराईले नियुक्ति लिएपछि मन्त्रीहरु ढुक्क भएका थिए । पछि आउने मन्त्री भन्नुको अर्थ योगेश भट्राई भएको आँकलन उनीहरुले गरेका स्रोतले बताएको छ ।

नेकपा अध्यक्ष प्रचण्ड सरकार परिवर्तनको पक्षमा उभिएपनि प्रधानमन्त्री ओले भने अझै इच्छा देखाएका छैनन् । उनले बहालवाला अहिलेकै मन्त्रीसँग एक बर्षे कार्यसम्पादन सम्झौता गरेका छन् । एक बर्षसम्म मन्त्री फेरबदल हुने सम्भावना अब टरेको छ ।
मन्त्री बहाल भएपनि सचिवहरु भने सरुवा हुने गर्दछन् । तर सचिवहरुले आफु सरुवा वा अवकास हुनुभन्दा पहिले नयाँ आउने सचिवलाई कार्यसम्पादनको फाइलसहित प्रगति विवरण बुझाउनु पर्नेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog