Saturday, July 13, 2019

नेपालले दियो मलेसियालाई १७४ रनको लक्ष्य, विनोद भण्डारीको विस्फोटक पारी

काठमाडौं । मौनधारण गर्दै हातमा पट्टी बाँधेर ब्याटिड गर्न मैदान छिरेको नेपाली टोलीले निर्धारित २० ओभरमा १७३ रन बनाएएको छ । दोस्रो टी २० मा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि विनोद भण्डारीले ५१ रन बनाएका छन् । अन्तिम बलमा छक्का प्रहार गर्दै भण्डारीले अर्धशतक बनाए । २५ बलको सामना गरेका भण्डारीले ५ छक्का र ३ चौका प्रहार गरेका छन् । त्यसैगरी शरद भेषवाकरले २८ बलमा ४ चौका र २ छक्काको मदतले ४० रन बनाए ।

त्यसैगरी कप्तान पारस खड्काले २३ रन बनाए । पवन सरार्फ १० रन बनाउँदा रनआउट भएपनि आजपनि ज्ञानेन्द्र मल्ल क्रिजमा धेरै टिक्न सकेनन् । उनले एक छक्का प्रहार गरेपनि ७ रनमा आउट भए ।
मलेसियाका लागि फिटरी सामले २ विकेट लिए भने साहिद अजिजले एक विकेट लिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog