Wednesday, July 10, 2019

जीपसँगै कर्णाली नदीमा बेपत्ता खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शव २२ दिनपछि भेटियो

हुम्ला । हुम्लाको खार्पुनाथबाट हिडेको जीप कर्णाली नदीमा खसेपछि बेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव २२ दिनपछि भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको नागर स्थित कर्णाली नदीको किनारमा सिन्दुको शव भेटिएको प्रहरीले जनाएको छ ।

सर्केगार्डको नागरस्थित कर्णाली नदीको किनारमा महिलाको शव भेटिएको स्थानीयले खवर गरेपछि बुधबार सिमकोट विमान स्थलबाट हेलिकोप्टरमा घटनास्थल आफ्न्तलाई पुरयाइएको थियो । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार उपाध्यक्ष हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औँलामा लगाएको औँठीका आधारमा पहिचान गरेका थिए ।

श्रीमानले शव पहिचान गरेपछि आफन्तले उपाध्यक्ष शाहीको शवलाई हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरेका छन् । सिन्धु कर्णाली नदीमा बेपत्ता भएको चार दिनपछि घर परिवारले कुशको शव बनाएर अन्तिम संस्कार ६ असारमै गरिसकेका थिए ।

शव भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिँड्नु पर्छ । असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए । घटना भएको २२ दिन पछि उपाध्यक्षको शव भेटिएको हो । अन्य दश जना भने अझै बेपत्ता अवस्थामा नै रहका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog