Sunday, July 28, 2019

व्यापारघाटा १३ खर्ब २१ अर्ब, विलासिताका वस्तुको आयात वृद्धि

काठमाडौं । मुलुकको व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । यो गत वर्षको बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो । भन्सार विभागका अनुसार अर्थिक २०७५/७६ मा व्यापारघाटा १३.५५ प्रतिशतले बढेको छ । आव २०७४/७५ मा व्यापारघाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो ।

२०७५/७६ मा मुलुकको कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो । जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात भएको छ । आयात व्यापार १३.९३ र निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको विभागले जनाएको छ ।

न्यून उत्पादनसँगै विलासिताका वस्तुको आयात वृद्धिले व्यापारघाटा बढाउन सघाएको छ । विज्ञहरूका अनुसार मुलुकभित्र उत्पादनसँगै उत्पादकत्व वृद्धि हुन सकेको छैन । कृषि क्षेत्रको जनशक्तिसमेत पलायन हुँदै गएको छ । यसले मुलुक कृषिजन्य वस्तुमा समेत परनिर्भर हुनुपरेको छ । ‘मुख्यतः उत्पादन नै छैन । कृषिका लागि जनशक्ति छैन । खेतीका लागि मौसममा भर पर्नुपर्ने बाध्यता छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘खेतबारी बाझिएर कृषिजन्य वस्तुमै परनिर्भर बन्नुपर्ने बाध्यता छ ।’ कान्तिपुरमा खबर छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog