Tuesday, July 9, 2019

शान्ता चौधरीले देखेको पर्दाभित्रको षड्यन्त्र माधव नेपाल र बामदेवले किन देखेनन् ?

काठमाडौं । भारतबाट आउने तरकारी र फलफुलमा विषादी परीक्षण रोकिएपछि सत्तारुढ दल नेकपाका प्रभावशाली नेताहरुले सार्वजनिक असन्तुष्टी जनाइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, प्रभावशाली नेता बामदेव गौतम र भीम रावलले भारतको दवावमा बिषादी परीक्षण रोक्न नहुने भन्दै सरकारको आलोचना र सुझाव दिइरहेका छन् । तर नेकपा सचेतक शान्ता चौधरीले विषादी परीक्षणमा भएको आलोचनालाई पर्दाभित्रको षड्यन्त्र देखेकी छिन् ।

‘यतिबेला सरकारलाई असफल बनाउने गिरोह पर्दाभित्र बसेर षड्यन्त्र रच्दैछ र जनतालाई भ्रमित पार्न कयौं नाजायज हर्कत गरिरहेको छ भन्ने बुझ्न कुनै गार्हो छैन’ मंगलबार साँझ सामाजिक सञ्जालमा आफ्नो भावना राख्दै सचेतक चौधरीले भनेकी छिन् ‘बिषादी परीक्षण हिजो मस्त निन्द्रामा सुतेका धेरै जनहितका इस्युहरु आज बिउँझिएका छन । अहिलेको सरकारले विउँझाएको छ । जनतालाई थाहा नै नदिईकन छोपिएका विषयलाई सरकारले विर्को खोलेर छर्लङ्ग देखाई दिएको छ । जनता सुसूचित हुने मौका पाएका छन । चाहे त्यो भु माफियाद्धारा सार्वजनिक जग्गा लुटिएको सबाल होस वा अन्य भ्रष्टाचारको सबाल या अहिले चर्चा चलाईको भारतबाट आउने तरकारी र फलफूलको विषय नै किन नहोस सरकारले चालेका कदमका कारण सबैको आँखा खुलेको छ , चेतनाको ढोका उघारिएको छ ।’

नेकपा सरकारबिरुद्ध पर्दाभत्रि भएको षड्यन्त्र सचेतक शान्ता चौधरीले देखिन तर माधव नेपाल, बामदेव गौतम र भीम रावलले किन देखेनन् ? प्रभावशाली नेताले गरेको आलोचना र सुझावलाई पनि चौधरीले पर्दाभित्रको गिरोह देखेकी त हैनन् ? पछिल्लो समय चौधरी सरकारको बचाउमा दिनदिनै सामाजिक सञ्जालमा आउने गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीकै भनाईमा उनी सच्चा अरिंगाल बनेकी छिन् ।

नेत्रृ चौधरी राजनीतिक सेलिब्रेटी हुन् । तर पछिल्लो समय अरिंगाल बन्ने चक्करमा आलोचनाकी पात्र बनेकी छिन् । मंगलबार उनले राखेको स्ट्याटसमै दर्जनौले आलोचना गरेका छन् । कतिपयले सभ्य शैलीमा र कतिपयले असभ्य शैलीमा आलोचना गरेका छन् । ‘निहित स्वार्थको लागि लाज्लाग्दो गुलामी गर्ने देखि ओलि सतर्क हुनु पर्दैनरु आसन्न अबसरलाई आफ्नो पोल्टामा पार्न अन्ध भक्तहरु किन प्राण पखेरु फालेर गुलामी गर्छन’, एमराज डिसीले उनलाई यसरी प्रतिक्रिया दिएका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog