Monday, July 15, 2019

भेनेजुएलाका राष्ट्रपति पुत्र मादुरोले नेकपा अध्यक्ष प्रचण्ड र झलनाथ खनाललाई भेटे

काठमाडौं । नेपाल भ्रमणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरोले नेकपा नेताहरुसँग उच्चस्तरको राजनीतिक भेटघाट गरिरहेका छन् । दुई दिनअघि सुटुक्क नेपाल आएका मादुरोले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सरकारले त्यसको विरोध गरेको थियो । अमेरिकाको विरोध गरेपछि भेनेजुएला र नेपालबीचको सम्बन्ध राम्रो बन्दै गएको छ भने अमेरिकासँगको सम्बन्ध बिग्रिदै गएको छ ।

तीन मन्त्रीसहित नेपाल भ्रमणमा रहेका मादुरोले यसअघि नेकपा नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटर्वार्ता गरेका थिए । गौतम र श्रेष्ठसँग भेटवार्ता गरेको दोस्रो दिन प्रचण्ड र खनालसँग राजनीतिक भेटर्वार्ता गरेका हुन् ।

प्रमुख सत्तारुढ दल नेकपा युवा संगठनको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । नेपाल आएका मादुरो र प्रचण्डबीच भेटवार्ता भएको युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले पुष्टी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मादुरोले भेट्ने योजना बनाएका छन् । तर सोमबारसम्म भेटवार्ता भने भएको छैन ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog