Tuesday, July 9, 2019

विहानै प्रहरी र विप्लव समुहबीच भोजपुरमा भिडन्त, दुवैतर्फ एक/एक जनाको मृत्यु

काठमाडौं । प्रतिबन्धित विप्लव नेकपा र प्रहरीबीच बुधवार विहान भोजपुरमा गोली हानाहान भएको छ । गोली हानाहानमा दुई जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीको गोलीबाट विप्लव कार्यकर्ता र विप्लव कार्यकर्ताको गोलीबाट एक जना प्रहरीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जनाएका छन् ।

गोली हानाहानबाट प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । मारिने नीरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज हुन् । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो । बु्धवार विहानै गोली चल्दा दुई जनाको ज्यान गएको छ भने स्थानीयबासी त्रसित बनेका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog