Thursday, July 11, 2019

देशभर आज भारी बर्षा हुने, सर्तक रहन मौसम विभागको चेतावनी

काठमाडौँ । शुक्रवार देशभर ठुलो बर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्तक रहन सवैलाई आग्रह गरेको छ । देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जनाउँद नदीमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुने विभागले जनाएको छ । अत्याधिक बर्षाका कारण पहाडमा पहिरो र तराई डुवानमा पर्ने सक्ने भन्दै विभागले सर्तक रहन आग्रह गरेको छ । आज केही स्थानमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना रहेको छ ।

शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न जिल्लाका नदी आसपासका क्षेत्रमा बाढी तथा डुवानको खतरा रहने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog