Sunday, July 14, 2019

भेनेजुएलाका राष्ट्रपति निकोलसका छोरा तीन मन्त्रीसहित सुटुक्क नेपालमा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तीन मन्त्रीसहित छापामार शैलीमा राजधानी काठमाडौं आइपुगेका छन् । भेनेजुएलामा चर्केको आन्दोलनको विपक्षमा र सरकारका पक्षमा नेपालले प्रतिबद्धता जनाएपछि राष्ट्रपति मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो नेपाल आइपुगेका हुन् । नेपाल आएका निकोलस अर्नेस्टो मादुरोको छोराले नेकपाका प्रभावशाली नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।


नेपालमा कम्यूनिष्ट पार्टीले सञ्चालन गरेको राजनीति र सत्ता रणनीति बुझन उनीहरु नेपाल आएका हुन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्। चार दिने नेपाल बसाईमा निकोलस अर्नेस्टोले नेकपाका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरेका छन् । आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए । सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उनीहरु काठमाडौं आएका हुन् ।
भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए। नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए।

राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (वर्कस अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन्। राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षण उनले गर्ने गरेका छन् । साम्राज्यवादविरोधी युवा–विद्यार्थी संगठनहरूसँगको भाइचार सम्बन्ध विकास गर्ने उद्देश्यसाथ उनीहरू काठमाडौं आइपुगेका हुन्। आइतबार उनीहरूले राजधानीको पाँचतारे होटल ‘याक एन्ड यती’मा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई रामप्रसाद सापकोटा ९दीपशिखा० लगायतको उपस्थितिमा दुई देशबीचको सम्बन्ध विस्तार र विकासका सन्दर्भमा युवा–विद्यार्थीका नेताहरूसँग अन्तक्र्रिया गरेका थिए।
त्यसपछि नेकपा सचिवालय सदस्य गौतमसँग भेटघाट गरे। भैंसेपाटी आवास क्षेत्रमा रहेको निवासमै पुगेर उनीहरूले नेता गौतमसँग करिब साढे दुई घण्टा कुराकानी गरेका थिए। उक्त भेटघाटमा नेकपाकै केन्द्रीय सदस्य बलराम बास्कोटा पनि सहभागी थिए।

कार्यक्रममा ७२ देशका सरकारी र कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए। नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीले नेकपाका प्रवक्ता श्रेष्ठसँग पनि आइतबारै कुपन्डोलस्थित होटल समिटमा भेटघाट गरेको थियो। साँझ भने सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेतासँग डिल्लीबजारस्थित भोजनगृहमा भेटघाट भएको थियो।

भेनेजुएलाको मन्त्रिमण्डलमा ५० प्रतिशत युवाको प्रतिनिधित्व गराइन्छ। टोलीमा आएकामध्ये तीन जना युवामन्त्री रहेको स्रोतले जनायो। तर, तिनको विस्तृत विवरण खुल्न सकेन। युवा संघका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले टोलीमा रहेकाहरू को–को के हुन् भन्ने जानकारी आफूहरूसँग पनि नरहेको बताए।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog