Saturday, July 13, 2019

फास्टफुड पुस्ताले जान्नैपर्ने कुरा, खानेकुरा कसरी सेवन गर्ने ?

अहिलेका पुस्ता फास्टफुडमा लोभिएका छन् । उनीहरु आफ्नो भान्साको खानामा होइन, बजारको खानामा अभ्यस्त छन् । किनभने यो पुस्तालाई छिटो र मिठो खानेकुरा चाहिन्छ । राम्ररी चपाएर, आनन्दपूर्वक खाना खाने धैर्यता कहाँ छ र ?

जतिबेला कुनै खानेकुराको तलतल लाग्छ, हातैमा खानेकुरा आइपुग्नुपर्छ । यस्ता खानेकुरा उनीहरु उभिएरै सिध्याउँछन् । खानेकुरा कस्तो खाने, किन खाने प्रश्नहरुसँग उनीहरु अलमल गर्दैनन् । वस्, स्वादिलो चाहियो । जिब्रो लठ्याउने चाहियो ।

खानेकुरा किन सेवन गरिन्छ ? अघाउनका लागि ? पेट भर्नका लागि ? जिब्रोको तलतल मेट्नका लागि ? यी आशिंक कारण हुन् । मूल कारण भनेको शरीरलाई स्वस्थ्य एवं निरोगी राख्नका लागि हो । किनभने शरीरले खानेकुराबाटै पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हाम्रो शरीरलाई निरोगी, तन्दुरस्त राख्छ ।

तर, अहिलेका फास्टफुड पुस्तालाई पोषणयुक्त, सन्तुलित र सुपाच्य भन्दा पनि मिठोमसिनो चाहिन्छ । यही कारण सानै उमेरमा मोटोपनको समस्या देखापरेको छ । पाचन सम्बन्धी समस्या बढेको छ । अस्वस्थ्यकर खानपान र जीवनशैलीसँग सम्बन्धित समस्या बढेको छ ।

हाम्रो आफ्नै विशिष्ट खानपान शैली छन् । के खाने, कसरी खाने, कति खाने, कतिबेला खाने ? पूर्खाहरुले तय गरिदिएका छन् । अहिले खानपानप्रति सचेतहरुले त डाइट चार्ट बनाएरै सन्तुलित खानेकुरा सेवन गर्छन् । तर, हाम्रा फास्टफुड पुस्तालाई यी सबै कुरामा खास चासो र सरोकार छैन ।

खासमा हाम्रो खानपान शैली कस्तो छ त ?

खानपान शैली

हाम्रा पूर्खाहरुले खानाको शुद्धता र पोषणमा जोड दिएका छन् । खाना शुद्ध हुनका साथै पोषणयुक्त हुनुपर्छ । खाना खाइरहँदा अन्नदाता वा प्रकृतिप्रति कृतज्ञ हुनुपर्छ । प्रकृतिलाई धन्यवाद दिएर कृतज्ञ भावले खानेकुरा सेवन गर्नु राम्रो मानिन्छ ।

बिहानको खाना तिमी खानु, मध्यन्हको साथीसँग बाढेर खानु र रातको खाना सत्रुलाई दिनु

अहिलेका पुस्ता जहाँपनि बसेर खाना खाइरहेका हुन्छन् । टेलिभिजन हेर्दै खान्छन्, मोवाइल चलाउँदै खान्छन् । ओछ्यानमै ढल्किएर खान्छन् । खासमा खाना खाने ठाउँ पनि निश्चित हुन्छ । भान्सामा नै खानेकुरा सेवन गर्नुपर्छ । खानेकुरा सेवन गर्दा संभव भएसम्म घरका सबै परिवार संलग्न हुनुपर्छ ।

खाना खाने समय

अहिलेका फास्टफुड पुस्ता अबेरसम्म सुत्छन् । मध्यरातसम्म जागा रहन्छन् । उनीहरु मध्यन्ह खानेकुरा खान्छन् । रातभर  पनि खाइरहन्छन् । जबकी हाम्रो पाचन यन्त्र सूर्योदयको दुई घण्टापछि बढी सक्रिय र प्रबल हुन्छ भने साँझ सूर्योअस्तअघिसम्म यो अवस्था रहन्छ । त्यसैले यही समय अवधीमा खानेकुरा सेवन गर्नु शरीरका लागि बढी लाभदायक हुन्छ ।

एउटा लोक उक्ति के पनि छ भने, ‘बिहानको खाना तिमी खानु, मध्यन्हको साथीसँग बाढेर खानु र रातको खाना सत्रुलाई दिनु ।’ यसको अर्थ बिहानदेखि रातीसम्म खानाको मात्रा क्रमस घटाउँदै लानुपर्छ ।

कुन अवस्थामा खानेकुरा सेवन नगर्ने ?

हातमा राखेर, उभिएर खानेकुरा सेवन गर्नु राम्रो होइन । टुटेफुटेको भाँडावर्तनमा खानेकुरा सेवन गर्नु पनि ठिक होइन ।

दिसापिसाब लागेको बेला, कलहको माहौलमा खाना सेवन गर्नु हुँदैन ।

पस्किसकेको खानाप्रति कहिल्यै गुनासो गर्नु हुँदैन । इष्र्या, भय, क्रोध, रोग, दीनभाव, द्वेषभावका साथ गरिएको भोजन पच्दैन । उभिएर, जुत्ता लगाएर खानेकुरा सेवन गर्नु पनि ठिक होइन ।

यस्तो खानेकुरा सेवन नगरौं

धेरै गरिष्ठ भोजन, अर्थात माछामासु, गेडागुडी, चिल्लोचाप्लो लगायत धेरैथरीका परिकार एकसाथ सेवन नगरौं । धेरै तितो र धेरै गुलियो खानेकुरा सेवन नगरौं । अरुले छाडेको खानेकुरा सेवन नगरौं । अनादरयुक्त, अपहेलनायुक्त ढंगले पस्किएको खानेकुरा सेवन नगरौं ।

खाना खाइरहँदा के गर्ने ?

खाना खाएको समयमा मौन रहनुपर्छ । शान्त रहनुपर्छ । यतिबेला कुनैपनि समस्या, पीडाको चर्चा गर्नु हुँदैन । खानेकुरा एकदमै चपाएर सेवन गर्नुपर्छ । सबैभन्दा पहिला गुलियो, त्यसपछि नुनिलो र अन्त्यमा टर्रो खानेकुरा खानुपर्छ । सबैभन्दा पहिला रसिलो, त्यसपछि गरिष्ठ र अन्त्यमा द्रव्य पदार्थ ग्रहण गर्नुपर्छ । रातको समयमा थोरै खानुपर्छ । थोरै खानेकुरा सेवन गर्दा आरोग्य, आयु, बल, सुख, सुन्दरता बढ्छ ।

खानेकुरा खाइसकेपछि के नगर्ने ?

खाना खाएलगत्तै पानी वा चिया पिउनु हुँदैन । खाना खानसाथ दौड्नु, बस्नु, शौच क्रिया गर्नु हुँदैन । भोजन गरेपछि वज्रासनमा बस्नुपर्छ । त्यसके एक घण्टापछि मिठो दुध वा फल खानु राम्रो हो ।

के -के नखाने ?

राती दही, सातु, तील एवं गरिष्ठ भोजन नगरौं ।

दुधसँग नुनिलो, दही, टर्रो खानेकुरा सेवन गर्नु हुँदैन ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog